Tuesday, May 13, 2014

यौनकाण्ड : पुरुष छुटे, महिला हिरासतमा

यौनकाण्ड : पुरुष छुटे, महिला हिरासतमा

धनगढी : कैलालीको धनगढीमा रहेको एक होटलमा शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका पुरुषलाई प्रहरीले छोडे पनि युवतीलाई भने अहिलेसम्म पनि हिरासतमै राखिएको छ।
श्रीमतीले दिएको सुराकीका आधारमा प्रहरीले धनगढीको अत्तरियास्थित ज्ञानु प्लाजाबाट डोटीको घण्टेश्वर ३ बसन्तपुरका ४५ वर्षीय कमल ओलीलाई र डोटी बुडरकी रमिता बुढा (नाम परिवर्तन) सँग शुक्रबार आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो।
शुक्रबार अपरान्ह साढे पाँच बजे दुवैजना पक्राउ परे पनि पुरुष राजनीतिक दबाबमा छोडिएका छन्। डोटीमा शिक्षक समेत रहेका ओली एमालेको तर्फबाट समानुपातिक सभासद् गौरी ओलीका दाई भएकाले राजनीतिक दबाबका कारण प्रहरीले छोडेको ओलीकी श्रीमती जानकी ओलीले अन्नपूर्णसँग बताइन्।
उनीहरूले होटलको प्रवेश रेकर्डमा आफूहरू श्रीमान श्रीमती भनेर कोठा बुक गराएका थिए। कमल ओलीकी श्रीमती जानकी ओलीले होटलमा पसेको थाहा पाएपछि वडा प्रहरी कार्यालय धनगढीलाई तुरुन्त खबर गरेकी थिइन् र दुवैजनालाई प्रहरीले लजको कोठाबाटै समातेको थियो। प्रहरीले ढोका खोल्न लगाउँदा कमल शरिरमा सामान्य कपडा बेरेको अवस्थामा र रमिता बाथरूमभित्र कपडाविहीन अवस्था फेला परेको वडा प्रहरीले जनाएको छ। ओलीको घरमा श्रीमती जानकी र ६ जना छोराछोरी छन्।
ओलीकी श्रीमती जानकीले आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गर्न गएपनि मुद्दा दर्ता नगरिएको बताइन्। 'प्रहरी उपरीक्षक मोहनराज जोशीले जे पायो त्यही मुद्दा दर्ता हुन्छ ? एक हजार तिर्दैमा मुद्दा दर्ता हुँदैन भनेर हप्काएर पठाए' जानकीले भनिन्।
तर कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले भने ओलीसँगै पक्राउ परेकी महिलालाई प्रहरीले हिराशतमा नराखेको तर उनी आफै नै सुरक्षा कारणभित्रै बसिरहको बताए। ' शिक्षक कमल ओली र उनकी श्रीमतीका बीचमा लामो समयदेखि विवाद थियो, शुक्रबार उनीहरुले खबर गरेपछि नै प्रहरीले पक्राउ पनि गरेको हो, तीन वर्षदेखि श्रीमतीसँग सम्पर्क नभएको बताउँदै ओलीले बुढासँग विवाह गर्ने बताएका छन्, ओलीलाई उधृत गर्दै उपरीक्षक जोशीले भने।

No comments:

Post a Comment