पढ्ने बानी कसरी बसाल्ने?
मिति : २०७१ वैशाख, ३० मंगलबार [2816 पटक पढिएको]
अध्ययन गर्ने बानी विज्ञता प्राप्तिको एउटा आधार हो। बिनाअध्ययन कुनै पनि कुरामा विज्ञ हुन सकिन्न, न त परीक्षामै सफल हुन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा यो युगमा गाँस, बास, कपासजस्तै अध्ययन अर्को आधारभूत आवश्यकताभित्रै पर्न थालेको छ। मान्छेले विद्यालयदेखि विश्वविद्यालयस्तरसम्मको अध्ययन पूरा गर्ने क्रममा जीवनको लामो कालखण्ड पढाइमा बिताउने गर्छ। तैपनि कतिपयमा अध्ययन गर्ने बानी बसेको हुँदैन। अध्ययन गर्ने बानी पनि नशाजस्तै हो। झन पढ्यो झनै पढ्न मन लाग्छ।
कतिपय विद्यार्थी पढ्ने कामलाई बोझ सम्झने
गर्छन। त्यो ठूलो भूल हो र गलत प्रवृत्ति पनि। खासगरी विद्यार्थीमा कसरी
अध्ययन गर्ने बानी बसाल्ने भन्ने ज्ञान हुन आवश्यक छ। जसका कारण कतिपय
विद्यार्थी न धेरै पढ्न सक्छन् न त चाहेअनुसारको सफलता नै पाउन सक्छन्।
पढ्ने बानी बसाल्ने केही तरिका यहाँ उल्लेख छ :
- अध्ययन गर्ने बानी बसाउन सुरुका केही दिन वा महिना आफूलाई मन पर्ने पुस्तक, पत्रिका वा अन्य रुचिका सामग्रीमात्रै पढ्नुपर्छ।
- जबरजस्ती धेरै समय वा सामग्री पढ्नु
हुन्न। सुरुका केही दिन दैनिक आधा घन्टामात्रै पढे हुन्छ। तर, यो समयलाई
विस्तारै बढाउँदै लैजानुपर्छ।
- कुनै पनि पुस्तक, पत्रिका वा अन्य
सामग्री पढिसकेपछि यसबाट के ज्ञान वा जानकारी पाएँ भन्ने कुराको हेक्का
राख्नुपर्छ। त्यो ज्ञान वा जानकारी कहाँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने
सोच्नुपर्छ। यसले तपाईंलाई बौद्धिक विश्लेषण गर्ने बानीमात्रै होइन,
आत्मविश्वास पनि बढाउँछ।
- विद्यार्थीले पाठ्यसामग्री अध्ययन
गरिसकेपछि त्यससम्बन्धी कति ज्ञान वा जानकारी पाउन सकेँ भन्ने मूल्यांकन
गर्न र त्यसलाई अझ स्मरणीय बनाउन लेख्ने बानी गर्नुपर्छ। कतिपय
विद्यार्थीमा पुस्तक पढ्दा बुझिसकेजस्तो लाग्ने तर लेख्ने बेलामा केही पनि
नआउने प्रवृत्ति हुन्छ।
- परीक्षाका बेला जबरजस्ती धेरै पढ्ने र
अन्य समयमा किताब नै नहेर्ने बानी राम्रो होइन। त्यसले अध्ययन गर्ने बानी
बिगार्नुका साथै मानसिक तनाव, अनिद्रा र अनावश्यक बोझ महसुस गराउँछ।
त्यसैले परीक्षा आउनुभन्दा अगाडि नै अध्ययन गर्ने बानी बसालिसक्नुपर्छ।
- चिया खाने बेला वा अन्य फुर्सदको समयमा
साथीहरूसँग पाठ्यसामग्रीका कुनै विषयमा छलफल गर्नु राम्रो हुन्छ। यसले
विषयगत ज्ञान बढाउनुका साथै छलफलमा आफ्नो तर्क सशक्त बनाउन पढ्नुपर्छ भन्ने
भावना विकास हुन्छ।
- कतिपयमा अनिद्राको समस्या हुनसक्छ। यदि
राति राम्ररी निद्रा लागेन भने छट्पटाउनुको सट्टा उठेर पढ्ने बानी
बसाउनुपर्छ। अध्ययनप्रतिको एकाग्रताले निद्रा ल्याउनुका साथै पढ्ने बानी
पनि बस्छ।
थापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासद् समेत रहेका गगन चर्का भाषण गर्न माहिर छन् ।
काठमाडौं ४ बाट अत्याधिक मतका साथ सभासद् निर्वाचित भएका गगनको काठमाडौंको रातोपुलमा भव्य महल छ । तर, अरुलाई आदर्शको पाठ सिकाउने गगन आफैले गैरकानुनी रुपमा राज्यको सुविधा लिएको बताइएको छ ।
काठमाडौंमा घर हुँदाहुँदै उनले राज्यलाई ढाँट्दै आवासका लागि घरभाडाको सुविधा लिएको संसद सचिवालय स्रोतले जनायो । आफूलाई निकै ‘स्मार्ट’ नेता ठान्ने गगनले मासिक जम्मा ६ हजार पाँच सय रुपैयाँ घरभाडामा र्याल काडेका हुन् । जबकि रातो पुलमा उनको चारतले बंगला छ ।
अघिल्लो संविधानसभामा धेरै सभासद्हरूले आवास सुविधा लिएका थिएनन् । गगनसँगै रामनाथ ढकाल लगायतका सभासद्ले अघिल्लोपटक यो सुविधा लिएका छैनन् । तर, गगन जस्ता ‘आशालाग्दा’ नेताहरुले समेत ढाँटेर यो सुविधा लिएको देख्दा संसद सचिवालयकै कर्मचारी दंग परेका छन् ।
चुनाव भएको ६ महिना बित्दा पनि गगनजस्ता सभासद्हरूको ध्यान संविधानलेखन भन्दा बिदेश सयर र सुविधा लिनमै केन्द्रित छ । सुविधा लिनमा सभासद्हरूको कतिसम्म लालचा देखाएका छन् भने राजधानीमा करोडौंका महल भएकाहरूले समेत घरभाडा लिएर पदकै बेइज्जत गरिरहेका छन् ।
संसद सचिवालय स्रोतका अनुसार राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा बाहेक सबै सभासद्हरूले घरभाडा बुझ्दै आएका छन् । जबकि एक सय भन्दा धेरै सभासद्हरूको काठमाडौंमा ठूला महल छन् । खासगरी घरभाडाका लागि भनेर संसद सचिवालयले सभासद्हरूलाई मासिक ६ हजार पाँच सय रुपैयाँ आवास खर्च दिने गरेको छ । तर घर भएकाहरूले पनि त्यो सुविधा लिइरहेका छन् ।
हुन त कानुनमा घर हुने सभासद्हरूले लिन नपाउने भन्ने व्यवस्था छैन । त्यसैको फाइदा उठाउँदै सभासद्हरूले नैतिकता बिर्सेर आफ्नै घरमा बसेर घरभाडा लिइरहेका छन् । ‘सुविधा कसैलाई दिने कसैलाई नदिने कुरो भएन,’ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा भन्छन्, ‘त्यसकारण घर भएका कतिपय माननियहरूले लिनुहुन्छ, कसैले लिनुहुन्न ।’
संसदले सभासद्हरूलाई धारा, पानी तथा टेलिफोनको समेत खर्च बहोर्ने गर्दछ । त्यसकारण घर भएकाहरूलाई आवास खर्च भनेर छुट्टै दिइराख्नु आवश्यक नपर्ने संसद सचिवालयका लेखा शाखाका एक कर्मचारीको भनाइ छ । पीएको सुविधासहित सभासद्हरूले मासिक ७४ हजारसम्म तलब बुझ्ने गरेका छन् ।
कांग्रेस नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेलको ठूला ठूला घर छन् । तर ६५ सय घरभाडा छोडेका छैनन् । मन्त्री भएकाहरूले पनि मन्त्रीपरिषद् कार्यालयबाट तलब भत्ता लिने गर्दछन् । एमाले अध्यक्ष झलनान खनाल, नेता माधव नेपालले पनि घर भाडा लिँदै आएका छन् । पुरुष सभासद्ले सुत्केरी खर्च लिने घटनासमेत संसदमा भएका छन् । नक्कली बिलहरू पेश गरी भ्रमण भत्ता लिने प्रचलन त नौलो भएन । तर अझै पनि नेताहरूले पैसाका लागि राष्ट्रिय ढुकुटी लुट्न छाडेका छैनन् ।
- See more at: http://dainiknepal.com/2014/05/2761.html#sthash.YO2c66UL.dpuf

नर्वे, वैशाख ३० - नेपाली मूलकी अमृता यति बेला खासगरी पश्चिमी दुनियाँका नया पुस्ताका लागि सेलिब्रिटी भएकी छन् । लन्डन स्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स बाट नाटक अभिनय कलामा स्नातक उनी यतिबेला पश्चिमेली अभिनय संसारमा छाएकी छन् । विश्व प्रख्यात अमेरिकी टेलिभिजन (एचबिओ) शृंखला 'गेम अफ थ्रोन' बाट ब्यबसायिक अभिनय यात्रा प्रारम्भ गरेकी अमृताको पछिल्लो नर्वेली फिल्म याई आर दिन ९ म तिम्रो हो ० नर्वे बाट गत बर्ष ओस्कारको लागि मनोनयनमा परेको थियो । नाटक विधाकी तेजस्वी तिनै ग्लामरस नेपाली युवती हाल ४-५ वटा फिल्म अभिनयबाट हलिउडमा स्थापित नायिकाका बन्न संघर्षरत छिन् ।
युक्रेनी मुलकी बरिष्ट आर्किटेक्चर आमा लारिसा आचार्यको कोखबाट २६ बर्ष अघि जन्मिएकी अमृताले आफ्नो बाल्यकाल काठमाण्डौमा बिताएकी थिइन् । उनका पिता डा।गणेश आचार्य युरोपमा स्त्रि तथा प्रसुति रोग विशेषज्ञको रुपमा कहलिएका छन् । 'काठमाण्डौमा आफन्त र परिवारको साथ बिताएको बाल्यकालको सम्झनाले अझै उत्साहित हुन्छु', आफ्नो बाल्यकालका दिनहरु सम्झदै उनले भनिन् 'त्यो बेला नेपाली गीत,संगीत र फिल्महरु मेरा दिनचर्या थिए तर अहिले भने बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा उपलब्ध नेपाली फिल्महरु रुचिपूर्वक हेर्ने गरेको छु । 'गेम अफ थ्रोन' मा अमृताले अभिनय गरेकी महारानीकी सुसारे इर्रि को दुखद अवसानसँगै उनको भूमिका अन्त्य भएको छ । उनको अभिनय गेम अफ थ्रोनको दुई भागसम्म देख्न पाइन्छ । तर बास्तविक जीवनमा भने अभिनयको त्यो दुखद घटनापछि अमृता भने अझ चम्किदै गएकी छन् । पर्दा र स्टेज दुवै बाट आफ्नो अभिनय कलाको जादुले दर्शकको मन जित्न सफल अमृताको इर्रि भूमिकाको सो अन्तिम दृश्य यु ट्युबमा ३० लाख भन्दा बढी दर्शकले हेरी सकेका छन् ।
प्रसिद्ध अनलाइन म्यागाजिन आस्कमेनले गरेको एक सर्वेक्षण अनुसार, सन् २०१३ मा विश्वको ९९ जना सबैभन्दा बढी रुचाइएकि महिलाको सुचिमा पर्न अमृता सफल भएकी थइन् । सम्भवत उक्त सुचिमा पर्ने अमृता पहिली नेपाली महिला हुन् । 'सानी छँदा राम्रो नेपाली बोल्न सिकेकी थिएँ ,केही समय नेपाल बस्न पाए बोल्न गाह्रो पक्कै हुन्नँ', अभिनयकै सिलसिला नर्वे ,बेलायत र अमेरिकामा उत्तिकै समय बिताइरहेकी अमृताले भनिन्, 'राम्रो प्रोजेक्ट पाए बलिउड र कलिउड बारे पनि सोच्न सक्छु ।'
प्रकाशित मिति: २०७१ वैशाख ३० ०९:२२
- See more at: http://www.ekantipur.com/np/2071/1/30/full-story/389126.html#sthash.nXdj85k8.dpuf
No comments:
Post a Comment