पीआर-ग्रिनकार्ड प्रकरण: 'कारबाही गर्न नसके मेरो लास फ्यालिदिनु'
मिति : २०७१ वैशाख, २८ आइतबार [982 पटक पढिएको]
चिरञ्जीवी ढुंगाना
|
काठमाडौं : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी, पीआर, ग्रिनकार्ड लिने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'डीभी, पीआर, ग्रिन कार्ड लिने कुनै पनि राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने क्रममा आफू प्राणसम्म त्याग्न तयार छु। राष्ट्र र जनताका लागि आफू सगरमाथाझैं अडिग रहेकाले कुनै पार्टी वा नेताबाट आफूलाई जस्तोसुकै निर्देशन आए पनि स्वीकार्दिनँ।'
व्यवस्थापिका संसद् राज्य व्यवस्था
समितिको आइतबार बसेको बैठकमा मन्त्रालयको कामकारबाहीबारे जानकारी दिँदै
मन्त्री पण्डितले भने, 'डीभी, पीआर, ग्रिनकार्ड लिने कुनै पनि राष्ट्र सेवक
कर्मचारीलाई कारबाही गर्न बनेको निजामती कर्मचारी चौथो संशोधन विधेयक
संसद्बाट पारित गराई कार्यान्वयन गर्न म लायक भए मेरो शवमा राष्ट्रिय झन्डा
ओढाइदिनु होला अन्यथा मेरो लासै फालिदिनु होला।' विधेयक कार्यान्यन हुन
नदिन धेरै चलखेल भइरहेको उनले जानकारी दिए।
उनले अध्यादेशमार्फत विधयेक ल्याउन खोजेको
बताए। उनले भने, 'आगामी ५ गतेबाट संसद् बैठक बस्ने हुँदा अध्यादेशबाट नभएर
संसद्को नियमित अधिवेशनबाटै विधेयक आउनेछ।' डीभी, पीआर, ग्रिनकार्डलगायतका
आवासीय अनुमति लिने कार्यको सर्वत्र विरोध भइहरेकाले तत्काल विधेयक
ल्याउनुपरेको दाबी गर्दै मन्त्री पण्डितले भने, 'निजामती सेवा परराष्ट्र
सेवा समेत विशिष्टीकृत नगर्दा हाल परराष्ट्र मन्त्रालयअन्तर्गत विशिष्ट
श्रेणीको सचिवमा नियुक्ति गर्न नसकिएकाले समस्या आएको हो।'
एमाले सचिव विष्णु पौडेलले मन्त्री
पण्डितको अभियान पार्टी नीति निर्णयअनुसार भएको दाबी गरे। डीभी, पीआर,
ग्रिन कार्ड लिने राष्ट्र सेवक कर्मचारीलाई कारबाही गर्ने पक्षमा पार्टी
रहेको पौडेलले बताए।
No comments:
Post a Comment