Thursday, May 15, 2014

नेपाल मानव विकास सूचकांक: काठमाडौं उत्कृष्ट, बाजुरा कमजोर

नेपाल मानव विकास सूचकांक: काठमाडौं उत्कृष्ट, बाजुरा कमजोर

काठमाडौं : मानव विकास सूचकांकका आधारमा काठमाडौं उत्कृष्ट र बाजुरा ७५औं अर्थात् अन्तिम जिल्ला भएका छन्। काठमाडौंमा बिहीबार सार्वजनिक गरिएको 'नेपाल मानव विकास सूचकांक २०१४' का अनुसार ०.६३२ अंकसहित काठमाडौंको विकास सूचकांकको अवस्था सबैभन्दा राम्रो र ०.३६४ अंकसहित बाजुराको सबैभन्दा कमजोर भएको हो।
मानव विकास सूचकांकमा एकलाई पूर्णांक मानिन्छ र एकबाट जति टाढाको अंक पायो उतिनै कमजोर अवस्था भन्ने बुझिन्छ। शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आयलगायतका मापदण्डका आधारमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले मानव विकास सूचकांक प्रकाशित गर्छ।
प्रतिवेदनका अनुसार, शिक्षा र प्रतिव्यक्ति आयका कारण काठमाडौं पहिलो, ललितपुर दोस्रो, कास्की तेस्रो र भक्तपुर चौथो स्थान ओगट्न सफल भएका छन्। पर्यटन र रेमिटेन्स (आय) को कारण मनाङ जिल्ला पाँचौं स्थानमा पर्न सफल भएको छ। रामेछाप जिल्ला र गोर्खा सरदर आयुको तुलनामा अगाडि रहेका छन्।
सन् २०११ को तथ्यांकको आधारमा तयार पारिएको प्रतिवेदनका अनुसार, दुई हजार सात सय ६४ अमेरिकी डलर प्रतिव्यक्ति आय भएको काठमाडौं सबैभन्दा सम्पन्न जिल्ला हो। यसैगरी सबै भन्दा न्यून बाजुराको पाँच सय २३ प्रतिव्यक्ति आय छ। पर्चेजिङ पावर प्यारिटीका आधारमा सबै नेपालीको औसत प्रतिव्यक्ति आय एक हजार एक सय ६० अमेरिकी डलर पुगेको प्रतिवेदनले देखाएको छ।
सहरी क्षेत्रको प्रतिव्यक्ति आय दुई हजार दुई सय ४८ अमेरिकी डलर र ग्रामीण क्षेत्रको नौ सय ३६ अमेरिकी डलर छ। यसैगरी, पाँच विकास क्षेत्रमध्ये मध्यमाञ्चल ०.५१० अंकसहित उच्च मानव विकास सूचकांक प्राप्त गर्ने विकास क्षेत्र बनेको छ। त्यसपछि क्रमश: पश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विकास क्षेत्र छन्।
सुदूर पश्चिमाञ्चल ०.४३५ सूचकांकसहित सबैभन्दा कम मानव विकास सूचकांक भएको विकास क्षेत्र भएको छ। यसैगरी, भौगोलिक रूपमा पहाडी क्षेत्रको मानव विकास सूचकांक सबै भन्दा धेरै ०.५२० रहेको छ भने तराईको ०.४६८ र हिमालको ०.४४० अंक छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, राष्ट्रसंघका सहायक महासचिव र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका सहायक प्रशासक र एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक हाओलियाङ झुुले संयुक्त रूपमा सार्वजनिक गरेको 'नेपाल मानव विकास सूचकांक २०१४ - मानवीय सम्भावना : भुगोलभन्दा पर' ले पहिलो पल्ट ७५ वटा जिल्लाको उत्पादकत्वको पनि अध्ययन गरेको छ।
श्रमिकको उत्पादकत्व आधारमा पनि काठमाडौं अगाडि
जिल्लागत प्रतिव्यक्ति आय र आर्थिक रूपमा सक्रिय जनसंख्याको आधारमा पहिलोपल्ट तयार पारिएको उत्पादकत्वको आधारमा काठमाडौं सबैभन्दा उत्पादक देखिएको छ। काठमाडौंलाई पछ्याउँदै मनाङ, बारा, ललितपुर, कास्की, पर्सा, चितवन, मुस्ताङ, धनुषा र बाँके सबैभन्दा बढी उत्पादकत्व भएका जिल्लामा परेका छन्।
विकासको मानवीय अनुहारका रूपमा लिइएको मानव विकास प्रतिवेदनले देशमा रहेका युवाशक्तिको उत्पादकत्वलाई बढाउने र वैदेशिक रोजगारीमा जाने युवाको पनि क्षमता बढाएर बढी भन्दा बढी रेमिटेन्स प्राप्त गर्नुपर्ने पनि सुझाउ दिएको छ। प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता डा. पिताम्बर शर्माका अनुसार आगामी १० देखि १५ वर्षसम्मको लागि 'वैदेशिक रोजगारी बाध्यता हो। त्यसैले तालिमप्राप्त सुरक्षित वैदेशिक रोजगारीमा जोड दिनु जरुरी छ। तर रेमिटेन्सको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने वातावरण बनाउनुपर्छ।
विकासशील राष्ट्रमा स्तरोन्नति सम्भव
नेपाल आगामी सन् २०२२ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति गरी विकासोन्मुख स्थापित हुन उच्च लगानी आवश्यक पर्ने भएको छ। लगानी भए मात्र यो सम्भव हुने देखिएको छ। यसका लागि हालको आय भन्दा तीनगुना आय हुन जरुरी छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्य डा. गोविन्दराज पोखरेलले करिब एक सय ७० खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताए। यस्तै ९.२ प्रतिशतको आर्थिक वृद्धिदर प्रतिवर्ष भयो भने मात्र विकासोन्मुख देशको रूपमा नेपालले स्तरोन्नति गर्न सकिन्छ।

यसै अवसरमा राष्ट्रसंघका सहायक महासचिव, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका सहायक प्रशासक र एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोका निर्देशक समेत रहेका हाओलियाङ झुले नेपालले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न जलविद्युत् विकासलाई नै जोड दिनुपर्ने सुझाउ दिए। 'हालको चार प्रतिशतको आर्थिक वृद्धिदरबाट भने नेपालको स्तरोन्नति हुन गाह्रो छ', उनले भने, 'यसका लागि सरकारी र निजी दुवै क्षेत्रको धेरै लगानी आवश्यक छ।'
यसका लागि कानुनी शासन, श्रम कानुनजस्ता नीतिको अद्यावधिक एवं सुशासनजस्ता विषयमा ध्यान दिएर नेपालले वैदेशिक लगानी आकर्षण गर्नुपर्ने उनको सुझाउ छ।
सम्बन्धित समाचारहरुः

Tuesday, May 13, 2014

निजामती कर्मचारीले पढाउन नपाउने

निजामती कर्मचारीले पढाउन नपाउने

काठमाडौं : सरकारले निजामती कर्मचारीलाई एनजीओ/आईएनजीओको कन्सल्ट्यान्ट बन्नदेखि लोकसेवा आयोगको पूर्वतयारी कक्षामा पढाउनसमेत रोक लगाउने भएको छ। निजामती सेवा ऐन संशोधनको मस्यौदामा प्रतिबन्ध लगाउने प्रावधान राखिएको हो। सरकार निजामती ऐन संशोधनको तयारीमा छ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संशोधन कानुनको मस्यौदा मंगलबार मन्त्रिपरिषद्को विधेयक समितिमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
मन्त्री पण्डितले जेठ पहिलो साता संसद् अधिवेशन सुरु भए त्यहीं लैजाने तर अधिवेशन अन्तिम साता पुगेचाहिँ अध्यादेशमार्फत ऐन संशोधन गरिने जानकारी दिए। सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको संशोधन मस्यौदामा उल्लेख छ, 'कर्मचारीले लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने परीक्षामा सम्मिलित हुन चाहने परिक्षार्थीलाई पढाउने वा प्रशिक्षण दिने निजी प्रशिक्षण संस्थामा पढाउन वा प्रशिक्षण दिन पाइने छैन। निजामती कर्मचारीले अन्यत्र कुनै संस्थाको काम गर्न, आंशिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशिष्ट कुनै विशेषज्ञ सेवा गर्न पाउने छैन।'
मस्यौदामा कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिन नपाउनेछ। मस्यौदामा छ, 'निजामती कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति लिन आवेदन दिन हुँदैन' पीआर लिएको वा त्यसका लागि आवेदन दिएको पाएमा 'भविष्यका लागि सेवाबाट अयोग्य ठहर हुने गरी अवकाश' दिने उल्लेख छ।
निजामती सेवा ऐनमा 'नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर भएमा' र 'भ्रष्टाचार गरेमा' मात्र 'भविष्यका लागि सेवाबाट अयोग्य ठहर हुने गरी अवकाश' दिने व्यवस्था छ। यस विषयमा मस्यौदामा दुईवटा बुँदा थपिएको छ। 'विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएमा वा सोका लागि आवेदन दिएमा' पनि भविष्यमा अयोग्य हुने गरी अवकाश दिने व्यवस्था गरिएको छ। निजामती सेवामा बहाल रहने हिसाबले कर्मचारीले नागरिकता, योग्यता, उमेर वा ढाँटेको प्रमाणित भएमा पनि भविष्यमा सेवाबाट अयोग्य ठहर्ने गरी अवकाश दिने व्यवस्था गरिएको छ।
ऐन संशोधन हुनुअगावै कर्मचारीले विदेशी मुलुकको पीआर लिएको वा आवेदन दिएको रहेछ भने एक महिनाभित्र त्यसको स्वयं घोषणा गरी त्याग्न समय दिने व्यवस्था पनि मस्यौदामा छ। तर त्यो नगरेका कारण अवकाश पाएमा भने सञ्चयकोष र बिमाबाहेक अन्य सुविधा नपाउने उल्लेख छ।
मस्यौदामामा पीआरको परिभाषा गर्दै लेखिएको छ, 'कुनै सर्त तोकी वा नतोकी विदेशी मुलुकमा स्थायी बसोबास गर्न पाउने गरी सम्बन्धित मुलुकले उपलब्ध गराएको 'डाइभर्सिटी इमिग्रेन्ट भिसा' परमानेन्ट रेजिडेन्ट भिसा वा ग्रिन कार्ड वा यस्तै प्रकृतिको जुनसुकै नामको भए पनि विदेशमा स्थायी रूपमा बसोबास गर्न दिइएको आवासीय अनुमति सम्झनुपर्छ'
मस्यौदामा निजामती कर्मचारीका पत्नीले पीआर लिन पाउने कि नपाउने भन्नेबारे कुनै प्रावधान छैन। 'परिवारको पीआरबारे हामी छलफल गर्दैछौं, व्यक्तिगत अधिकार हुन्छ कि भनेर अदालतले सम्पूर्ण विधेयक रोक्छ कि भन्नेबारे हामी सचेत छौं', मन्त्री पण्डितले अन्नपूर्णसँग भने, 'पेन्सन जुन तहसम्म जान्छ, त्यो तहसम्म पीआर लिन रोक लाग्नुपर्छ। विधेयकमा पत्नीको लागि छूट भन्ने कहीं लेखिएको छैन।'
मन्त्री पाण्डितले आफूसँग करिब चार सयजना विदेशी पीआर लिएका कर्मचारीको नाउँ भएको जानकारी दिए। ऐन संशोधन प्रावधानबारे प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, अर्थमन्त्री रामशरण महतलगायतसँ

पढ्ने बानी कसरी बसाल्ने?

पढ्ने बानी कसरी बसाल्ने?

अध्ययन गर्ने बानी विज्ञता प्राप्तिको एउटा आधार हो। बिनाअध्ययन कुनै पनि कुरामा विज्ञ हुन सकिन्न, न त परीक्षामै सफल हुन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा यो युगमा गाँस, बास, कपासजस्तै अध्ययन अर्को आधारभूत आवश्यकताभित्रै पर्न थालेको छ। मान्छेले विद्यालयदेखि विश्वविद्यालयस्तरसम्मको अध्ययन पूरा गर्ने क्रममा जीवनको लामो कालखण्ड पढाइमा बिताउने गर्छ। तैपनि कतिपयमा अध्ययन गर्ने बानी बसेको हुँदैन। अध्ययन गर्ने बानी पनि नशाजस्तै हो। झन पढ्यो झनै पढ्न मन लाग्छ।
कतिपय विद्यार्थी पढ्ने कामलाई बोझ सम्झने गर्छन। त्यो ठूलो भूल हो र गलत प्रवृत्ति पनि। खासगरी विद्यार्थीमा कसरी अध्ययन गर्ने बानी बसाल्ने भन्ने ज्ञान हुन आवश्यक छ। जसका कारण कतिपय विद्यार्थी न धेरै पढ्न सक्छन् न त चाहेअनुसारको सफलता नै पाउन सक्छन्। पढ्ने बानी बसाल्ने केही तरिका यहाँ उल्लेख छ :
- अध्ययन गर्ने बानी बसाउन सुरुका केही दिन वा महिना आफूलाई मन पर्ने पुस्तक, पत्रिका वा अन्य रुचिका सामग्रीमात्रै पढ्नुपर्छ।
- जबरजस्ती धेरै समय वा सामग्री पढ्नु हुन्न। सुरुका केही दिन दैनिक आधा घन्टामात्रै पढे हुन्छ। तर, यो समयलाई विस्तारै बढाउँदै लैजानुपर्छ।
- कुनै पनि पुस्तक, पत्रिका वा अन्य सामग्री पढिसकेपछि यसबाट के ज्ञान वा जानकारी पाएँ भन्ने कुराको हेक्का राख्नुपर्छ। त्यो ज्ञान वा जानकारी कहाँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नुपर्छ। यसले तपाईंलाई बौद्धिक विश्लेषण गर्ने बानीमात्रै होइन, आत्मविश्वास पनि बढाउँछ।
- विद्यार्थीले पाठ्यसामग्री अध्ययन गरिसकेपछि त्यससम्बन्धी कति ज्ञान वा जानकारी पाउन सकेँ भन्ने मूल्यांकन गर्न र त्यसलाई अझ स्मरणीय बनाउन लेख्ने बानी गर्नुपर्छ। कतिपय विद्यार्थीमा पुस्तक पढ्दा बुझिसकेजस्तो लाग्ने तर लेख्ने बेलामा केही पनि नआउने प्रवृत्ति हुन्छ।
- परीक्षाका बेला जबरजस्ती धेरै पढ्ने र अन्य समयमा किताब नै नहेर्ने बानी राम्रो होइन। त्यसले अध्ययन गर्ने बानी बिगार्नुका साथै मानसिक तनाव, अनिद्रा र अनावश्यक बोझ महसुस गराउँछ। त्यसैले परीक्षा आउनुभन्दा अगाडि नै अध्ययन गर्ने बानी बसालिसक्नुपर्छ।
- चिया खाने बेला वा अन्य फुर्सदको समयमा साथीहरूसँग पाठ्यसामग्रीका कुनै विषयमा छलफल गर्नु राम्रो हुन्छ। यसले विषयगत ज्ञान बढाउनुका साथै छलफलमा आफ्नो तर्क सशक्त बनाउन पढ्नुपर्छ भन्ने भावना विकास हुन्छ।
- कतिपयमा अनिद्राको समस्या हुनसक्छ। यदि राति राम्ररी निद्रा लागेन भने छट्पटाउनुको सट्टा उठेर पढ्ने बानी बसाउनुपर्छ। अध्ययनप्रतिको एकाग्रताले निद्रा ल्याउनुका साथै पढ्ने बानी पनि बस्छ।
थापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सभासद् समेत रहेका गगन चर्का भाषण गर्न माहिर छन् ।
काठमाडौं ४ बाट अत्याधिक मतका साथ सभासद् निर्वाचित भएका गगनको काठमाडौंको रातोपुलमा भव्य महल छ । तर, अरुलाई आदर्शको पाठ सिकाउने गगन आफैले गैरकानुनी रुपमा राज्यको सुविधा लिएको बताइएको छ ।
काठमाडौंमा घर हुँदाहुँदै उनले राज्यलाई ढाँट्दै आवासका लागि घरभाडाको सुविधा लिएको संसद सचिवालय स्रोतले जनायो । आफूलाई निकै ‘स्मार्ट’ नेता ठान्ने गगनले मासिक जम्मा ६ हजार पाँच सय रुपैयाँ घरभाडामा र्‍याल काडेका हुन् । जबकि रातो पुलमा उनको चारतले बंगला छ ।
अघिल्लो संविधानसभामा धेरै सभासद्हरूले आवास सुविधा लिएका थिएनन् । गगनसँगै रामनाथ ढकाल लगायतका सभासद्ले अघिल्लोपटक यो सुविधा लिएका छैनन् । तर, गगन जस्ता ‘आशालाग्दा’ नेताहरुले समेत ढाँटेर यो सुविधा लिएको देख्दा संसद सचिवालयकै कर्मचारी दंग परेका छन् ।
चुनाव भएको ६ महिना बित्दा पनि गगनजस्ता सभासद्हरूको ध्यान संविधानलेखन भन्दा बिदेश सयर र सुविधा लिनमै केन्द्रित छ । सुविधा लिनमा सभासद्हरूको कतिसम्म लालचा देखाएका छन् भने राजधानीमा करोडौंका महल भएकाहरूले समेत घरभाडा लिएर पदकै बेइज्जत गरिरहेका छन् ।
संसद सचिवालय स्रोतका अनुसार राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा बाहेक सबै सभासद्हरूले घरभाडा बुझ्दै आएका छन् । जबकि एक सय भन्दा धेरै सभासद्हरूको काठमाडौंमा ठूला महल छन् । खासगरी घरभाडाका लागि भनेर संसद सचिवालयले सभासद्हरूलाई मासिक ६ हजार पाँच सय रुपैयाँ आवास खर्च दिने गरेको छ । तर घर भएकाहरूले पनि त्यो सुविधा लिइरहेका छन् ।
हुन त कानुनमा घर हुने सभासद्हरूले लिन नपाउने भन्ने व्यवस्था छैन । त्यसैको फाइदा उठाउँदै सभासद्हरूले नैतिकता बिर्सेर आफ्नै घरमा बसेर घरभाडा लिइरहेका छन् । ‘सुविधा कसैलाई दिने कसैलाई नदिने कुरो भएन,’ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्मा भन्छन्, ‘त्यसकारण घर भएका कतिपय माननियहरूले लिनुहुन्छ, कसैले लिनुहुन्न ।’
संसदले सभासद्हरूलाई धारा, पानी तथा टेलिफोनको समेत खर्च बहोर्ने गर्दछ । त्यसकारण घर भएकाहरूलाई आवास खर्च भनेर छुट्टै दिइराख्नु आवश्यक नपर्ने संसद सचिवालयका लेखा शाखाका एक कर्मचारीको भनाइ छ । पीएको सुविधासहित सभासद्हरूले मासिक ७४ हजारसम्म तलब बुझ्ने गरेका छन् ।
कांग्रेस नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेलको ठूला ठूला घर छन् । तर ६५ सय घरभाडा छोडेका छैनन् । मन्त्री भएकाहरूले पनि मन्त्रीपरिषद् कार्यालयबाट तलब भत्ता लिने गर्दछन् । एमाले अध्यक्ष झलनान खनाल, नेता माधव नेपालले पनि घर भाडा लिँदै आएका छन् । पुरुष सभासद्ले सुत्केरी खर्च लिने घटनासमेत संसदमा भएका छन् । नक्कली बिलहरू पेश गरी भ्रमण भत्ता लिने प्रचलन त नौलो भएन । तर अझै पनि नेताहरूले पैसाका लागि राष्ट्रिय ढुकुटी लुट्न छाडेका छैनन् ।
- See more at: http://dainiknepal.com/2014/05/2761.html#sthash.YO2c66UL.dpuf

Amrita_Norway.jpg
नर्वे, वैशाख ३० - नेपाली मूलकी अमृता यति बेला खासगरी पश्चिमी दुनियाँका नया पुस्ताका लागि सेलिब्रिटी भएकी छन् । लन्डन स्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स बाट नाटक अभिनय कलामा स्नातक उनी यतिबेला पश्चिमेली अभिनय संसारमा छाएकी छन् । विश्व प्रख्यात अमेरिकी टेलिभिजन (एचबिओ) शृंखला 'गेम अफ थ्रोन' बाट ब्यबसायिक अभिनय यात्रा प्रारम्भ गरेकी अमृताको पछिल्लो नर्वेली फिल्म याई आर दिन ९ म तिम्रो हो ० नर्वे बाट गत बर्ष ओस्कारको लागि मनोनयनमा परेको थियो । नाटक विधाकी तेजस्वी तिनै ग्लामरस नेपाली युवती हाल ४-५ वटा फिल्म अभिनयबाट हलिउडमा स्थापित नायिकाका बन्न संघर्षरत छिन् ।
युक्रेनी मुलकी बरिष्ट आर्किटेक्चर आमा लारिसा आचार्यको कोखबाट २६ बर्ष अघि जन्मिएकी अमृताले आफ्नो बाल्यकाल काठमाण्डौमा बिताएकी थिइन् । उनका पिता डा।गणेश आचार्य युरोपमा स्त्रि तथा प्रसुति रोग विशेषज्ञको रुपमा कहलिएका छन् ।  'काठमाण्डौमा आफन्त र परिवारको साथ बिताएको बाल्यकालको सम्झनाले अझै उत्साहित हुन्छु', आफ्नो बाल्यकालका दिनहरु सम्झदै उनले भनिन् 'त्यो बेला नेपाली गीत,संगीत र फिल्महरु मेरा दिनचर्या थिए तर अहिले भने बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा उपलब्ध नेपाली फिल्महरु रुचिपूर्वक हेर्ने गरेको छु  । 'गेम अफ थ्रोन' मा अमृताले अभिनय गरेकी महारानीकी सुसारे इर्रि को दुखद अवसानसँगै उनको भूमिका अन्त्य भएको छ । उनको अभिनय गेम अफ थ्रोनको दुई भागसम्म देख्न पाइन्छ । तर बास्तविक जीवनमा भने अभिनयको त्यो दुखद घटनापछि अमृता भने अझ चम्किदै गएकी छन् । पर्दा र स्टेज दुवै बाट आफ्नो अभिनय कलाको जादुले दर्शकको मन जित्न सफल अमृताको इर्रि भूमिकाको सो अन्तिम दृश्य यु ट्युबमा ३० लाख भन्दा बढी दर्शकले हेरी सकेका छन् ।
प्रसिद्ध अनलाइन म्यागाजिन आस्कमेनले गरेको एक सर्वेक्षण अनुसार, सन् २०१३ मा विश्वको ९९ जना सबैभन्दा बढी रुचाइएकि महिलाको सुचिमा पर्न अमृता सफल भएकी थइन् । सम्भवत उक्त सुचिमा पर्ने अमृता पहिली नेपाली महिला हुन् । 'सानी छँदा राम्रो नेपाली बोल्न सिकेकी थिएँ ,केही समय नेपाल बस्न पाए बोल्न गाह्रो पक्कै हुन्नँ', अभिनयकै सिलसिला नर्वे ,बेलायत र अमेरिकामा उत्तिकै समय बिताइरहेकी अमृताले भनिन्, 'राम्रो प्रोजेक्ट पाए बलिउड र कलिउड बारे पनि सोच्न सक्छु ।'

प्रकाशित मिति: २०७१ वैशाख ३० ०९:२२
- See more at: http://www.ekantipur.com/np/2071/1/30/full-story/389126.html#sthash.nXdj85k8.dpuf

यौनकाण्ड : पुरुष छुटे, महिला हिरासतमा

यौनकाण्ड : पुरुष छुटे, महिला हिरासतमा

धनगढी : कैलालीको धनगढीमा रहेको एक होटलमा शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका पुरुषलाई प्रहरीले छोडे पनि युवतीलाई भने अहिलेसम्म पनि हिरासतमै राखिएको छ।
श्रीमतीले दिएको सुराकीका आधारमा प्रहरीले धनगढीको अत्तरियास्थित ज्ञानु प्लाजाबाट डोटीको घण्टेश्वर ३ बसन्तपुरका ४५ वर्षीय कमल ओलीलाई र डोटी बुडरकी रमिता बुढा (नाम परिवर्तन) सँग शुक्रबार आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो।
शुक्रबार अपरान्ह साढे पाँच बजे दुवैजना पक्राउ परे पनि पुरुष राजनीतिक दबाबमा छोडिएका छन्। डोटीमा शिक्षक समेत रहेका ओली एमालेको तर्फबाट समानुपातिक सभासद् गौरी ओलीका दाई भएकाले राजनीतिक दबाबका कारण प्रहरीले छोडेको ओलीकी श्रीमती जानकी ओलीले अन्नपूर्णसँग बताइन्।
उनीहरूले होटलको प्रवेश रेकर्डमा आफूहरू श्रीमान श्रीमती भनेर कोठा बुक गराएका थिए। कमल ओलीकी श्रीमती जानकी ओलीले होटलमा पसेको थाहा पाएपछि वडा प्रहरी कार्यालय धनगढीलाई तुरुन्त खबर गरेकी थिइन् र दुवैजनालाई प्रहरीले लजको कोठाबाटै समातेको थियो। प्रहरीले ढोका खोल्न लगाउँदा कमल शरिरमा सामान्य कपडा बेरेको अवस्थामा र रमिता बाथरूमभित्र कपडाविहीन अवस्था फेला परेको वडा प्रहरीले जनाएको छ। ओलीको घरमा श्रीमती जानकी र ६ जना छोराछोरी छन्।
ओलीकी श्रीमती जानकीले आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गर्न गएपनि मुद्दा दर्ता नगरिएको बताइन्। 'प्रहरी उपरीक्षक मोहनराज जोशीले जे पायो त्यही मुद्दा दर्ता हुन्छ ? एक हजार तिर्दैमा मुद्दा दर्ता हुँदैन भनेर हप्काएर पठाए' जानकीले भनिन्।
तर कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले भने ओलीसँगै पक्राउ परेकी महिलालाई प्रहरीले हिराशतमा नराखेको तर उनी आफै नै सुरक्षा कारणभित्रै बसिरहको बताए। ' शिक्षक कमल ओली र उनकी श्रीमतीका बीचमा लामो समयदेखि विवाद थियो, शुक्रबार उनीहरुले खबर गरेपछि नै प्रहरीले पक्राउ पनि गरेको हो, तीन वर्षदेखि श्रीमतीसँग सम्पर्क नभएको बताउँदै ओलीले बुढासँग विवाह गर्ने बताएका छन्, ओलीलाई उधृत गर्दै उपरीक्षक जोशीले भने।

Sunday, May 11, 2014

पीआर-ग्रिनकार्ड प्रकरण: 'कारबाही गर्न नसके मेरो लास फ्यालिदिनु'

पीआर-ग्रिनकार्ड प्रकरण: 'कारबाही गर्न नसके मेरो लास फ्यालिदिनु'

काठमाडौं : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी, पीआर, ग्रिनकार्ड लिने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'डीभी, पीआर, ग्रिन कार्ड लिने कुनै पनि राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने क्रममा आफू प्राणसम्म त्याग्न तयार छु। राष्ट्र र जनताका लागि आफू सगरमाथाझैं अडिग रहेकाले कुनै पार्टी वा नेताबाट आफूलाई जस्तोसुकै निर्देशन आए पनि स्वीकार्दिनँ।'
व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा मन्त्रालयको कामकारबाहीबारे जानकारी दिँदै मन्त्री पण्डितले भने, 'डीभी, पीआर, ग्रिनकार्ड लिने कुनै पनि राष्ट्र सेवक कर्मचारीलाई कारबाही गर्न बनेको निजामती कर्मचारी चौथो संशोधन विधेयक संसद्बाट पारित गराई कार्यान्वयन गर्न म लायक भए मेरो शवमा राष्ट्रिय झन्डा ओढाइदिनु होला अन्यथा मेरो लासै फालिदिनु होला।' विधेयक कार्यान्यन हुन नदिन धेरै चलखेल भइरहेको उनले जानकारी दिए।
उनले अध्यादेशमार्फत विधयेक ल्याउन खोजेको बताए। उनले भने, 'आगामी ५ गतेबाट संसद् बैठक बस्ने हुँदा अध्यादेशबाट नभएर संसद्को नियमित अधिवेशनबाटै विधेयक आउनेछ।' डीभी, पीआर, ग्रिनकार्डलगायतका आवासीय अनुमति लिने कार्यको सर्वत्र विरोध भइहरेकाले तत्काल विधेयक ल्याउनुपरेको दाबी गर्दै मन्त्री पण्डितले भने, 'निजामती सेवा परराष्ट्र सेवा समेत विशिष्टीकृत नगर्दा हाल परराष्ट्र मन्त्रालयअन्तर्गत विशिष्ट श्रेणीको सचिवमा नियुक्ति गर्न नसकिएकाले समस्या आएको हो।'
एमाले सचिव विष्णु पौडेलले मन्त्री पण्डितको अभियान पार्टी नीति निर्णयअनुसार भएको दाबी गरे। डीभी, पीआर, ग्रिन कार्ड लिने राष्ट्र सेवक कर्मचारीलाई कारबाही गर्ने पक्षमा पार्टी रहेको पौडेलले बताए।

Friday, April 25, 2014

ansa ko kuro


काठमाडौं, वैशाख १३ - हाम्रो समाजमा छोरालाई बुढेसकालको लाठी भनिने चलन छ । जन्म दिई, हुर्काइएका छोराहरु एक ८६ बषिर्य बृद्धाको बुढेसकालको लाठ्ठी होइन, उल्टो दुखका कारण बनेका छन् । बृद्धासँग भएको ८७ हजार रुपैयाँ आफुले खानलाई अनेक हत्कण्डा अपनाएका छन् । त्यसो गर्ने मध्ये एक छोरालाई प्रहरीले पक्राउ समेत गरेको छ । काठमाडौं मुलपानीकी नन्दमाया खतिवडा श्रीमानले छाडेर गएको ७५ हजार रुपैयाँ छोराहरु बिच कसले लैजाने भन्ने बिषयमा विवाद भएपछि प्रहरी चौकीसम्म आउन बाध्य भएकी छन् ।
महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जनाए अनुसार नन्द माया खतिवडाका श्रीमानले ५ बर्षअघि गोठाटारका मित्र प्रसाद भण्डारीलाई ७५ हजार रुपैंया ऋण दिएका थिए । त्यसको पछिल्लो एक बर्षको ब्याज जोदा ८७ हजार रुपैयाँ भएको हो । त्यहि बेला खतिवडा बितेपछि उक्त रकम नन्दमायाले पाउने भइन् । भण्डारीले बर्षेनी ब्याज तिर्दै आएका थिए । तर यो पाला पुरै रकम नन्दमायाका छोरा मध्ये माईला बलराम खतिवडाले लिन खोजे । तर भण्डारीले अन्य छोराको सहमति र उपस्थिती बिना दिन नसक्ने बताएपछि उनले आमालाई भण्डारीको घर अघि लगेर छाडिदिए ।
'बुढि मान्छेलाई घर अघि छाडेपछि भण्डारीले प्रहरीलाई खबर गरे' बृतका डिएसपी रेवती ढकालले भने 'बुढि आमालाई बाहिर सडकमा धर्ना दिन छाडेर गएका रहेछन् ।' बृद्धालाई धर्ना दिन छाडेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग पेप्सीकोलाको प्रहरी टोलीले गोठाटारबाट प्रहरी भ्यानमा राखेर बानेश्वर बृतमा ल्याएको थियो ।
उनका अनुसार रकम भण्डारीलाई दिएको कागज नन्दमायाका साहिला छोरा ईश्वर खतिवडासँग छ । माईलाले उक्त कागज ल्याउन नसकेपछि भण्डारीको घर बाहिर धर्ना दिन छाडेका थिए । उनले आमाको रकम राख्नलाई बैङकमा खाता समेत खोलिदिएका छन् । बानेश्वरमा ल्याएर बृद्धालाई साँझ घर पठाइदियो । नन्दमाया ४ वटै छोराको घरमा ३/३ महिना बस्दै आएकी छन् ।  बानेश्वर प्रहरीको हिरासतमा रहेका माईला छोरा बलरामले रकम उठाउन नैतिक दबाब दिनका लागि आमालाई धर्ना दिन घर बाहिर राखिएको दाबी गरे । उनले आमाको पैसा खाने कुनै उद्येश्य नभएको बताएका छन् ।
- See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388163.html#sthash.jVb0FjOj.9X7JESF0.dpuf

chotaa rajan



Chhota-Rajan.jpg
मुम्बई (एजेन्सीहरू), वैशाख १३ - मिर्गौलामा आएको खराबीले कुख्यात भगौडा ग्याङस्टर ५९ वर्षे छोटा राजन (राजेन्द्र सदाशिव निखाल्जे) अस्वस्थ भएका छन् । उनका धेरैवटा अंगहरूले काम गर्न छाडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको कुनै पनि बेला मृत्यु हुन सक्ने सम्भावनाका खबरहरू सार्वजनिक भएका छन् । भारतविरोधी गतिविधिमा संलग्न दाउद इब्राहिमका उनी कडा प्रतिद्वन्द्वी मानिन्छन् । उनी कुनै बेला दाउदका निकट सहयोगी मानिन्थे । उनको समूहलाई भारतको मुख्य अपराध सिन्डिकेटमध्येको एक मानिन्छ ।
ब्ल्याकमा सिनेमाको टिकट बेच्दै भूमिगत माफियाका नाइके बनेका राजनलाई केही दिनदेखि सिंगापुरको एक निजी अस्पतालमा भर्ना गरिएको छ । समूहका धेरैजसो मारिसकेका हुनाले सहयोगी एवं म्यानेजर अबु साबन्तले राजनको उपचारको जिम्मेवारी सम्हालेका छन् । राजनकै आदेश र प्रतिद्वन्द्वीको आक्रमणमा धेरैजनाको ज्यान गएको हो । उनी सन् १९९० देखि दक्षिण-पूर्वी एसियामा बस्दै आएका छन् ।
स्वास्थ्यलाई लिएर सार्वजनिक भएको विभिन्न खबरबीच भारतका प्रतिष्ठित टीभी च्यानलहरूले गुप्तचर स्रोतलाई उद्धृत गर्दै उनको दुइवटै मिर्गौलाले काम गर्न छाडेको जनाएको छ । उनका विरोधीहरूले मलेसियाबाट सिंगापुर ल्याइएका राजनको अंगहरूले काम गर्न छाडेपछि मृत्यु भइसकेको समेत भनेका छन् । दुई महिनाअघि उनको आमा लक्ष्मीबाई निखाल्जेको पनि मृत्यु भइसकेको छ ।
राजनको सम्भावित अड्डामा अहिले शान्ति छाएको प्रहरी स्रोतले जनाएको छ । सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध विस्फोट गराउने दाउदलाई नमारेसम्म आफू नमर्ने राजनले बताउँदै आएका छन् । सन् १९९१ मा भारतमा बाबरी मस्जिद तोडफोड र सन् १९९२ मा भएको दंगापछि दाउदले बदला लिन विस्फोट गराएका थिए । राजनलाई हिन्दु समर्थक मानिन्छ । उनकै जीवनमा बलिउड फिल्म 'वास्तव' र 'कम्पनी' बनेको थियो । सन् २०११ को जुन ११ मा भारतको लोकपि्रय 'मिड डे' ट्याबुलोइड पत्रिकाका क्राइम रिपोर्टर ज्योतिर्मय दे (जेडी) हत्या पनि उनैले गराएका थिए ।  
सन् २००० को सेप्टेम्बरमा बैंककमा दाउद समूहको गोली लागेपछि भएको संक्रमणकै कारण राजनको मिर्गौलामा समस्या आएको थियो । उनले त्यतिबेला हाम फालेर ज्यान बचाएका थिए । त्यतिबेला थाई सरकारले आफूलाई भारतलाई बुझाउने त्रासले उनी ठीकसँग उपचार नगराई अस्पतालबाट भागेका थिए । उनी लामो समयदेखि डायलोसिसमा थिए ।   
सन् २००६ मा मुम्बई अपराध शाखाले फिरौती असुली र मुद्रा अपचलनमा ऊजुरी दर्ता गरेपछि पेसाले निर्माण ठेकेदार उनको सहयोगी साबन्त भारत छाडेका थिए । यो काण्डमा राजनपत्नी सुजातासहित ६ जना पक्राउ परेका थिए । यो मुद्दा अझै पनि 'महाराष्ट्र कन्ट्रोल अफ अर्ननाईज्ड क्राइम एक्ट (एम सीओसीए)' कोर्टमा विचाराधीन छ । यसमा साबन्तलाई वान्टेड दोषी ठहर गरिएको छ । युरोपमा उच्च शिक्षा प्राप्त गरिरहेकी जेठी छोरी अनितालाई भेट्न राजनपत्नी सुजाताले हालै मुम्बई उच्च न्यायालयबाट अनुमति पाएकी थिइन् ।

प्रकाशित मिति: २०७१ वैशाख १३ १०:१२
- See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388202.html#sthash.5MoJGyBb.PqnAcq4q.dpuf

saa

एमाओवादी कास्कीको छैटौँ जिल्ला सम्मेलनले सीमित व्यक्तिलाई खुशी तुल्याए पनि समग्र कार्यकर्तालाई निराशाबाहेक केही दिन सकेन। ‘खुशी’ एउटा कुरामा मात्र मिल्यो, त्यो हो निर्वाचन। निर्वाचन आफैँमा जायज भयो कि भएन, त्यो बहसकै गर्भमा छ। जेहोस् टिकेप्रथाले निरन्तरता पाएन। परम्परागत टिकेप्रथाले निरन्तरता नपाउनु खुशीको एउटा कारण त होला तर गजवको कुरा, सम्मेलनमा टिकेप्रथाले नयाँ रुप धारण गर्‍यो। पार्टीभित्र संघर्षरत ‘दुई पक्ष’ नै टिकेप्रथालाई नयाँ रुप दिने कारण बन्यो।
 
कम्युनिष्ट पार्टीहरुमा विचारको आधारमा दुईलाइन संघर्ष हुने गर्दछ। तर, माओवादीमा नेताको आधारमा लाइन हुने गरेको छ। कुन नेताको पछाडि को–को छन्? त्यसलाई नै लाईन मान्ने गरिएको छ। त्यहि आधारमा एमाओवादीमा चारवटा लाइन देखिएका छन्। प्रचण्ड, बाबुराम, नारायणकाजी र कृष्ण महराको पछि लाग्नेहरुलाई आफ्नो लाइनको ठान्ने प्रवृत्ति नेतामा पनि देखिइरहेको छ। सतहमै देखिएका तीनवटा लाईन र छद्म भेषमा महराको लाईन एमाओवादीमा देखिएको छ। महराको लाईन विस्तारकै क्रममा भए पनि हाल प्रचण्ड लाइनबाट अभ्यासरत देखिन्छ। तीनवटाको त आवश्यक परे फलानो नेताको भनेर लाइन लगाउन तयार नै बनाइएका छन् कार्यकर्ताहरु।
 
सप्रेको जस लिने र बिग्रेमा अरुमा दोष थोपर्ने प्रचण्ड लाइनको पार्टीभित्र एकछत्र हालिमुहाली नै छ। उनीहरु पार्टीभित्रको सबै स्रोत र साधनको एकल स्वामित्व चाहन्छन्। उनीहरुको समाज रुपान्तरणमा भन्दा समाजको स्रोत साधनको प्रयोगमै ध्यान बढी हुने गरेको छ। त्यसो त सबै लाइनमा वा सबै पार्टीमा यहि प्रवृत्ति हावी हुँदै नगएको भने होइन।
 
पार्टीभित्रको लाईनले कार्यकर्तालाई दृष्टिबिहीन बनाउँदो रहेछ। यतिसम्म दृष्टिबिहीन कि ऊ एउटा लाइनमा लागेपछि अर्को लाइनका नेता तथा कार्यकर्ताको इतिहास, क्षमता, क्रियाशिलता केहि पनि देख्दो रहेनछ। यसको पुष्टि एमाओवादी कास्कीको गत सोमबार सम्पन्न छैटौँ जिल्ला सम्मेलनले गरेको छ। यो सम्मेलनले एमाओवादी भित्र बाबुराम पक्षले राजनीतिको विकल्प खोज्दा हुने देखाउँछ। ‘अति पूर्वाग्रही र जालीहरुको बोलवाला भएको पार्टीमा कमजोर पक्षतिर लागेर कार्यकर्ता रहिरहनु भनेको समय वर्वाद गर्नु मात्र हो।’ कित आज्ञाकारी भई ‘आहारा’ बनिदिनुपर्‍यो होइनभने, कडा संघर्ष गर्न सक्नुपर्‍यो। आफू अन्यायमा परेर अरुको न्यायको निम्ति लड्छु भन्नु आत्माघाती र लाजमर्दो काम मात्र हुनेछ। बेला–बेलामा नौटंकी गर्ने र पुनः प्रचण्डमै विलय हुने बाबुरामको विश्वास गर्नु भ्रम मात्र हो।
 
एमाओवादी कास्कीको अध्यक्षको निम्ति दिपक कोइराला योग्य थिए कि थिएनन् ? यो भोलिले बताउला। हुनत, प्रत्यक्ष निर्वाचनबाट भए सायद उनी अध्यक्षमा आउने थिएनन्। उनले निर्वाचनबाट आएको दावी गरे भने त्यो असत्य हन्छ। किनकी, उनले नियुक्ति नै पाएका हुन् खेलकुद विकास समितिमा जस्तै प्रचण्ड पक्षबाट। उनलाई पूर्व राज्य संयोजक हरि अधिकारी नामक प्रचण्डको अर्को भक्तले टिका लगाइदिएका हुन्।
 
सायद, अधिकारी जिल्ला सम्मेलनको निर्वाचनमा नभएको भए सिक्वएन्स् मिलाउन अरुको अक्कल पुग्ने थिएन, या त समिकरण अर्कै बन्थ्यो। उनले निर्देशन दिए ‘तिमीहरु यो–यो पदमा लड जिताउने जिम्मा मेरो भयो।’ निर्वाचनकै समयमा उनले भने–‘विचारकै कुरा हुँदो रैछ कमरेडहरु !’ विचार कसको फरक थियो र ? प्रतिष्पर्धी अर्को पार्टीका त थिएनन् ! उनको पार्टीमा कति थरी विचार छ र अहिले ? उनले त्यसो भन्नुको अर्थ यो थियो कि बाबुराम पक्षकालाई मत नदिनुस् ! होइनभने, अध्यक्षमा सबै हिसाबले दिपक कोइराला भन्दा गुप्त हमाल नै ठिक थिए। कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमानमा क्रियाशिलता सबै हिसाबले हमाललाई नै अध्यक्ष बनाइनुपर्ने हो। सचिवमा भन्ने हो भने विष्णु पौडेल कुनै पनि दृष्टिले किरण थापा ‘अमोद’ भन्दा उपयुक्त होइनन्। अमोदले त हैसियत र योगदानका आधारमा अध्यक्षका प्रतिष्पर्धी दिपकसँग पो प्रतिष्पर्धा गर्नुपर्ने थियो। तर, विष्णुलाई किन सचिव बनाइयो अमोदलाई हराएर ? यो पनि लाइनकै कारण थियो।
 
विष्णु २०६१ सालतिर पार्टीको पूूर्णकालिन हुन् भने अमोद २०५७ सालदेखिकै। निरन्तरताको कुरा गर्ने हो भने, विष्णु गतबर्षसम्म मोहन वैद्य ‘किरण’ को पार्टीमा थिए। पार्टी फुटेपछि प्रचण्ड र एमाओवादीलाई सत्तोसराप गर्नेमा तमुवानमा सबैभन्दा अगाडि उनै हुन्। त्यति छुुद्र अभिव्यक्ति अरु कसैको थिएन। पछि वैद्य पार्टीबाट पनि वाक्क भएर चितवनतिर कुखुरापाल्न हानिएका थिए। संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारको टिकट पाउने आशाले उनी एमाओवादीमा फिरेका हुन्।
 
तर, अमोद जनयुद्धमा दर्जनौँ व्यारेक र प्रहरी चौकी कव्जा गर्दै, घाइते बन्दै हालसम्म निरन्तर पार्टीमा क्रियाशिल जनताको रोजाईका यूवा नेता हुन्। आखिर अमोदको पराजय र विष्णुको विजय कार्यकर्ताको चाहना होइन, लाइनको कारण मात्र थियो। किनकी, विष्णु कहिले किरण, कहिले बाबुराम भन्दै अहिले प्रचण्ड पक्षमा देखिए तर अमोद शुरुदेखि नै बाबुरामको विचारसँग सहमत थिए। त्यतिमात्र होइन, विष्णुु कट्टर स्थानीयवादी पनि हुन्। चितवनका दिपकलाई उनले कहिलेसम्म साथ देलान् त्यो पनि आउँदो दिनमा नै देखिनेछ।
 
उपाध्यक्षमा सर्वसम्मत भएका गंगा पोखरेल पनि सायद दिपक नै अध्यक्ष बन्ने भए त्यो पदमा रहने थिएनन्। किनकी, उनले कहिल्यै पनि दिपकलाई नेता मानेका होइनन््। कोषाध्यक्षको त झन् के कुरा ? उनलाई सोहि निर्वाचनमा भोट हाल्न समेत कार्यकर्ताले सिकाउनुपरेको थियो। त्यसै त आर्थिक रुपमा अपारदर्शी पार्टीको आरोप खेपेको एमाओवादीले निर्वाचित गरेको कोषाध्यक्षले कसरी पार्टीको हिसाव–किताव राख्लिन् ?
 
चुनाबमा यस्तो दृश्य देखियो जुन, दृश्य पार्टी सिध्याउन पर्याप्त थियो। जिल्ला सम्मेलनका लागि प्रतिनिधी चयन गर्दादेखि नै एउटा पक्षलाई अलग गरी गरिएको निर्वाचनमा लिष्ट बाँडियो। कार्यकर्ताले भोटिङमा चिट नै चोर्नुपर्‍यो। प्रचण्ड पक्षकाले दिएको लिष्ट खोल्तीबाट निकाल्दै जुन–जुन नाम लिष्टमा छन् तिनैलाई मात्र भोट हाल्न प्रचण्ड पक्षका कार्यकर्तालाई निकै अप्ठेरो परेको थियो। यतिसम्म कि पार्टी चलाउन नभई नहुने नेतालाई समेत हराउने रणनीति तय गरिएको थियो तर कार्यकर्ताको ब्रम्हले त्यो मानेन र केहि नेताले निर्वाचन जित्न पुुगे। एमाओवादी कास्कीमा ‘सित उभाउँदै घैला भरेका’ पूर्व इन्चार्जद्वय नेता झलकपाणी तिवारी र रामजी बराल ‘जीवन’, पूूर्व सेक्रेटरी गुप्त हमाल ‘सन्देश’ लगायतलाई चिढ्याएर पार्टीको स्थान कुन होला अब ? धेरैको प्रश्न यहि छ।
 
संसदीय शैलीबाट नेतृत्व छान्ने कार्यविधी भएको एमाओवादीको जिल्ला समितिको निर्वाचनमा यस्ता व्यक्तिले निर्वाचन जिते त्यो चिन्नेलाई मात्र महशुस होला। पार्टीको एउटा पनि कार्यक्रममा सहभागी नहुने, संविधानसभाको दोस्रो निर्वाचनमा मात्र पार्टीमा लागेका र कतिपय त निर्वाचनमा आफ्नैलाई हराउन लागेका, जनयुद्धकालका पार्टीका सुराकी, पार्टी चाहरिरहने र विभिन्न काण्डमा विवादित भएकाले पनि निर्वाचन जिते लाइनकै कारण। जनयुद्धमा घाइते भएका, जेल–नेल र हिरासत खेपेका, अग्रीम मोर्चामा रहि संघर्ष गरेका योद्धाहरु पराजित भए, त्यो पनि लाइनकै कारण।
 
निर्वाचनको माग हुँदै आएपनि निर्वाचनले पार्टी बिग्रन्छ भन्ने बुझाई नेतृत्वमा थियो पहिले–पहिले। सोहि अनुसार नेतृत्व तहबाटै कार्यविभाजन गरी भूमिका दिईँदै आएको थियो। यसले केहि पूर्वाग्रही मानसिकता भएकाहरुलाई सन्तुष्ट नबनाएपनि पार्टीलाई भने हित गरेकै हो। तर, निर्वाचनको नाममा बाबुराम पक्षलाई सिध्याउन गरिएको प्रयत्नले पार्टी बन्ने होइन, विघटनमा जाने सम्भावना निकट नै देखिन्छ। यहि तरिकाले एक÷दुई दिन मात्र होइन, आजिवन गुप्तबास बसेर डकुमेण्ट लेखेपनि पार्टी बचाउन गाह्रो छ।
 
नेताको पुँजी कार्यकर्ता र जनता मानिन्छ। पुँजीको सहि परिचालन गरे मात्र नेता सम्पन्न हुन्छन्। कुनै बेलाका सम्पन्न कुनै बेला बिपन्न पनि हुने गरेका छन्। त्यसो त राजनीति नै यस्तै हो यसमा केहि पनि स्थायी हुँदैन। जनताले पत्याउने बेलासम्म मात्र त्यसको महत्व हुने गर्दछ। जब, जनताले पत्याउन छोड्दछन् तब, राजनीतिकर्मीले काम गर्ने जाँगर नभएको, बोल्न मात्र जानेको, कतै नबिकेको लगायतका उपमा पाउँछन्, जसरी अहिले पाइरहेका छन्। यस्तै कारण नै राजनीतिलाई फोहोरी खेल मानिएको होला।
 
(बराल आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक हुन्।)

Thursday, April 24, 2014

impact of social media

सोसल मिडिया र आमसञ्चारका अन्य माध्यमहरू एक-अर्काका परिपूरक हुन्

     
    299
     
     
    21
     
     
    2
     
     
    1
     
     
    323
     


    Bhupendra-Khanal.jpg
    तस्विर : महेश प्रधान
    अमेरिकाको क्यारोल्टनमा मुख्यालय रहेको सोसल बिजनेस इन्टेलिजेन्स कम्पनी 'सिम्प्लिफाई ३६०' इन्टरनेटको दुनियाँमा चर्चित बन्दै गएको छ । सोसल मिडिया एनालाइसिस तथा अनुसन्धानका लागि एसियाकै अग्रस्थानमा रहेको यो कम्पनीले अमेरिका, मलेसिया, कोरिया एवं नेदरल्यान्डका अन्य कम्पनीहरूसँग साझेदारी गरेको छ । त्यस्तै १ सयभन्दा बढी मुलुकमा आफ्नो उत्पादन तथा सेवाहरूको कारोबार गर्छ । कुनै पनि कम्पनीका उत्पादन तथा कर्पोरेट हाउसको सेवाका सम्बन्धमा बजारमा कस्ता खालका टीका-टिप्पणीहरू हुन्छन्, जिज्ञासा एवं समस्या आइरहेका छन्, सेवाग्राहीहरूलाई कसरी सम्बोधन गर्ने, अबको बजार रणनीति कस्तो बनाउने जस्ता कुरामा 'सिम्प्लिफाई ३६०' ले अनलाइन टुल्समार्फत अध्ययन, अनुसन्धान गरी रिपोर्ट तयार पार्छ । त्यस्तै कुनै सेलिब्रेटी, व्यापारी एवं समाजसेवीले पनि उक्त कम्पनीको सेवा लिन सक्छन् । मोरङको उर्लाबारीका ३० वर्षीय भूपेन्द्र खनाल यही कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । मोरङको पशुपति बोर्डिङ स्कुलबाट एसएलसी, दमक मोडल उमावि, झापाबाट प्लस टु तथा नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी, दुर्गापुर, पश्चिम बंगालबाट कम्प्युटर इन्जिनियरिङमा बिई गरेका खनाल काठमाडौं आएका बेला नरेन्द्र रौलेले गरेको कुराकानी :
    बैंगलोरमा ६ जनाबाट सुरु भएको 'सिम्प्लिफाई ३६०' ले यतिबेला ठूलो आकार लिएको छ । २७ जना स्टाफ छन् । विभिन्न देशमा यसको विस्तार हुने क्रम बढ्दो छ । सन्तुष्ट हुनुहुन्छ ?
    छैन, अहिल्यै किन सन्तुष्ट हुनु ? मलाई त अझै २७ हजार मानिसलाई रोजगारी दिनु छ ।
    त्यसको सम्भावना कत्ति को देख्नुहुन्छ ?
    अवश्य देख्छु । हाम्रो जस्तै अन्य सफ्टवेयर कम्पनी छन् भारतमा, जस्तो टिसिएसमा ४ लाख मानिस काम गर्छन्, त्यस्तै इन्फोसिसमा २ लाखले काम गर्छन् । अरूले त गरेकै छन् भने हामीले किन गर्न नसक्नू ?
    'सिम्प्लिफाई ३६०' नाम कसरी रहन गयो ?
    सुरुमा हाम्राे कम्पनीको नाम इन्रेप सिस्टम थियो भने प्रोडक्टको नाम 'सिम्प्लिफाई ३६०' थियो । पछि ब्रान्ड एउटै हुनुपर्छ भन्ने लाग्यो । हामी बैंगलोरमै मुख्यालय बनाएर काम गर्दै थियौं । पछि अमेरिका सार्‍यौं र कम्पनीको नाम पनि 'सिम्प्लिफाई ३६०' राख्यौं । 
    यसको अर्थ के हो ? उद्देश्यचाहिँ के राख्नुभएको थियो ?
    मानिसले सहज रूपमा जीवन बाँचुन् । कुनै कम्पनीका उत्पादन प्रयोग गर्दा, कम्पनी खोज्दै हिँड्नु नपरोस् । कम्पनीले तपाईंलाई खोज्दै आओस् भन्ने लाग्यो । त्यो कुन बेला मात्र सम्भव छ भने, जब तपाईंले आफ्ना समस्याहरू राख्नुहुन्छ । त्यसका लागि पनि फोन, इमेल चाहियो । कि त कम्पनीमै धाउनुपर्‍यो । हाम्रो उद्देश्यचाहिँ फोन, इमेल खोज्नु नपरोस् । अफिस पनि धाउनु नपरोस् भन्ने हो । जहाँ सजिलो लाग्छ, त्यही समस्या राख्ने हो । हामीले फेसबुक, टि्वटर, युट्युब, ब्लग, फिलिकर र विभिन्न माध्यममा विभिन्न टुल्स प्रयोग गरेर अनुसन्धान गर्न थाल्यौं, जसले गर्दा कम्पनीहरूलाई आफ्नो बजार रणनीति बनाउन तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न सहज भयो ।
    समूहमा को-को हुनुहुन्छ ?
    यो कम्पनी सुरु गर्नुअघि मैले फेयरआइज्याक र मार्केटिलिजेन्ट दुइटा कम्पनीमा काम गरें । दुइटै छोडेपछि मेरो ध्यान सफ्टवेयर प्रोडक्ट कम्पनीतर्फ गयो । एक दिन मार्केटिलिजेन्ट कम्पनीमा काम गर्ने बैंगलोरकै साथी श्वेता शर्माले लन्च गर्न आफ्नो घरमा बोलाइन् । त्यो बेला सफ्टवेयर उत्पादन गर्ने कम्पनीमा काम गर्ने उनका प्रेमी रोहित गुप्ता पनि सँगै थिए । मैले आफ्नो योजना उनीहरूलाई सुनाएँ, दुवैजना सहमत भए । विस्तारै प्रविधिकै क्षेत्रमा संलग्न नेपाली साथी बिनित थापा, दिप शेरचन, लक्ष्मी खतिवडासामु सबै कुरा राखें । सन् २००८ को अन्त्यतिर हाम्रो योजनाले मूर्तरूप लियो ।
    कम्पनी यति छिट्टै चर्चित होला, ठूलो परिमाणमा व्यापार गर्ला भन्ने सोच्नुभएको थियो ?
    सोचेको थिइनँ । सोसल मिडियामा एनालाइसिस गर्ने, कम्पनीलाई बुझाइदिने मात्र सोचेका थियौं । केही न केही गर्दै जाऊँ । पछि विस्तारै केही त होला भन्ने लागेको थियो । सुरुका ६ महिना कामै गरियो । यतिको बजार लिन सकिएला जस्तो लागेको थिएन ।
    सुरुवातमा कस्ता समस्या सामना गर्नुभयो ?
    सुरुवातका केही वर्ष समस्या भयो । तीन वर्षसम्म रिटर्न आएन । आर्थिक मन्दीबीच चुनौतीहरू धेरै थिए । आफूले कमाएको र घरबाट मागेको पैसाकै भरमा चल्नुपर्‍यो । हामीले तयार पारेको प्रोडक्टको क्षमता देखाउन डाटा पाउनै सकेनौं ।
    कम्पनीसँगै व्यापारी, सेलिब्रेटी र समाजसेवीहरूले पनि तपाईंको कम्पनीको प्रोडक्ट प्रयोग गर्न थालेका छन् । कम्पनी र व्यक्तिहरूले तपाईंको उत्पादनबाट कसरी फाइदा लिन सक्छन् ?
    मुख्य कुरा कम्पनीले उपभोक्तालाई सेवा दिने हो । फोनबाट ग्राहकका गुनासाहरू सम्बोधन गर्नुभन्दा सामाजिक सञ्जालबाट गर्नु प्रभावकारी हुन्छ । समय र पैसा पनि बचत हुन्छ । मान्छे कम चाहिन्छ । एउटा इन्टरनेट कनेक्सन भयो भने धेरै काम गर्न सकिन्छ । त्यस्तै व्यक्तिको सन्दर्भमा पनि लागू हुन्छ । व्यक्ति पनि त ब्रान्ड हो । उसका पनि प्रशंसकहरू हुन्छन्, व्यक्तिपिच्छे जवाफ दिन सकिँदैन । एकचोटि फेसबुक, टि्वटरमा लेख्दा त्यो सन्देश सबै मानिससम्म पुग्छ । आममानिसले कुनै व्यक्तिका बारेमा कसले के भन्छन्, जिज्ञासा, धारणा, अपेक्षाहरू के-के छन्, विभिन्न टुल्स प्रयोग गरेर हामीले एनालाइसिस गर्छौं, जसले गर्दा उनीहरूलाई आममानिससम्म प्रभावकारी ढंगमा पुर्‍याउँछ । पहिचान अझ बढाइदिन्छ । गल्ती, कमजोरीहरू सुधार्ने मौका पनि मिल्छ ।
    त्यसका लागि खर्चचाहिँ कति लाग्छ ?
    भारतमा एउटै व्यक्तिले ५ देखि १० लाख भारु खर्च गरेका छन् । मुख्य राजनीतिक पार्टीहरूले यसैपालि १० देखि ५० करोड भारुसम्म खर्चिए । युरोपमा त अझ २० देखि ५० मिलियन डलरसम्म खर्चिएका उदाहरण छन् ।
    त्यस्तो कामका लागि कत्तिको प्रस्ताव आउँछन् ?
    अहिले प्रस्ताव एकदम बढिरहेका छन् । कसैका लागि पैसाभन्दा पहिचान बढी महत्वपूर्ण हुन्छ । पैसा-गाडी आदि भएर के गर्नु ? यदि पहिचान छैन भने । भारतमा नरेन्द्र मोदी र अरबिन्द केजरीवालले पनि त पैसाभन्दा आफ्नो पहिचान बनाउन खोजेका हुन् नि ।
    तपाईंले पहिचानका लागि काम गर्नुभएको हो कि पैसाका लागि ?
    काम गर्ने भनेको पैसाका लागि होइन । सपनाका लागि हो । मेरो उद्देश्य पनि लखपति बनुँ भन्ने होइन । आफ्नो भ्यालु क्रियट गरौं र सकेसम्म धेरैलाई रोजगारी दिउँ भन्ने हो ।
    कुन सिलसिलामा नेपाल आउनुभयो ? उपलब्धि भयो ?
    हाम्रो कम्पनीको बजार प्रवर्द्धन गर्न आएकी हुँ । एनसेल, वाइवाइ, एनटीसी, काल्सवर्गजस्ता ठूला कम्पनीलाई आफ्नो उत्पादन र सेवा दिन आएको हुँ । यसबीच मसँग ३५ वटा नेपाली कम्पनीले आफै सम्पर्क गरेका थिए । हाम्राे सेवाबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा छलफल चलाएका थिए । सफ्टवेयर बेच्ने, साझेदारी गर्ने आदि विषयमा छलफल भयो । सबैजसो कम्पनीले व्यापक चासो लिएको देखेर म उत्साहित भए । मलाई विश्वास छ, अबको एक वर्षभित्र १०/१२ वटा कम्पनीले हाम्रो प्रोडक्ट प्रयोग गर्नेछन् । नेपाल सानो छैन, गरिब छैन । मार्केट भनेको त मान्छे हो नि । मैले यहाँ पनि विशाल सम्भावना देखें ।
    सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । गालीगलौज, आरोप-प्रत्यारोप लगाउनेहरू उत्तिकै छन् । अपराधका घटनाहरू पनि भैरहेकै छन् । यसलाई कसरी लिनुहुन्छ ?
    यसमा माध्यमको दोष छैन । कुनै पनि कुरालाई कसरी प्रयोग गर्ने भन्ने कुरा त आफ्नै हातमा हुन्छ नि । दुरुपयोग त फोन, इमेलको पनि भैरहेकै हुन्छ । प्रविधिमा समस्या छैन, यो कुरा व्यक्तिको प्रयोगमा भर पर्छ । सकारात्मक प्रयोग हुनुपर्‍यो ।  
    सोसल मिडियाहरू शक्तिशाली बन्दैछन् । यसले मुलधारका मिडियालाई विस्थापित गर्दै लगेको हो ?
    होइन, सोसल मिडिया र आमसञ्चारका अन्य माध्यमहरू एक-अर्काका प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुन् । बरु यी दुवैले गर्दा एक-अर्कालाई सहयोग पुगिरहेको छ । जस्तो सामाजिक सञ्जालमा उठ्ने विषय, छलफल, बहसलाई लिएर सञ्चारकर्मीहरूले समाचार तयार पार्न सक्छन् । सम्पादकहरूले आफ्ना पाठकहरू के चाहन्छन्, बुझ्न सक्छन् । आफूले गरेका कामका सम्बन्धमा  छिट्टै प्रतिक्रिया लिन सक्छन् र, थप कस्ता सामग्री दिने योजना बनाउन सक्छन् ।
    मिडियाको बलियो पक्ष भनेको विश्वसनीयता र व्यवस्थित कन्टेन्ट हो । सामाजिक सन्जालमा त जे पनि आइरहेको हुन्छ, सबैले आफ्नो धारणा राखिरहेका हुन्छन्, के गलत, के सही भन्ने कुरा त मिडियाले छुट्याउन सक्नुपर्छ । त्यसकारण सोसल मिडियाले मूलधारका मिडियाको महत्व, दायरा र क्षेत्र बढाइदिएको छ । बढी प्रजातान्त्रिक पनि बनाइदिएको छ ।
    भारतमा चुनावताका राजनीतिक पार्टीहरूले तपाईंको प्रोडक्टबाट फाइदा लिए । सामाजिक सञ्जालबाट पार्टीहरूले चाहिँ कसरी फाइदा लिन सक्छन् ?
    हामी सामाजिक सञ्जालहरूमा जनताले कुन विषयमा बहस गरिरहेका छन्, के चाहिरहेका छन्, कुन मुद्दालाई सम्बोधन गर्न आवश्यक छ, अनुसन्धान गर्छौं । चुनावी रणनीति कस्तो बनाउने, कसरी जनताका मुद्दा सम्बोधन गर्ने, यस्तै विषयमा सल्लाह दिन्छौं, जसले गर्दा उनीहरू सहजै जनतासामु पुग्न सक्छन् । आफ्ना विचारहरू राख्न सक्छन् र, आफ्ना पक्षमा जनमत बटुल्न सक्छन् ।
    अब दलहरूले सामाजिक सञ्जालहरूमार्फत अरूका कुरा पनि सुन्नुपर्छ, छलफल र बहसमा आउनुपर्छ, गलत अफवाह फैलाइएको छ भने, स्पष्टीकरण दिनुपर्छ । आफ्नो महत्व स्थापित गर्न सक्नुपर्छ । लाइक र कमेन्ट बटुलेर मात्र हुँदैन ।
    'सिम्प्लिफाई ३६०' को प्रोडक्टका प्रयोगकर्ता को-को छन् ?
    महिन्द्रा, यामाहा, स्टार टिभी, इकोनोमिक टाइम्स, कफी चेन क्याफे कफी डे, बैंकहरू, रिटेल कम्पनी एवं मिडिया एजेन्सीहरू छन् ।
    अबको बजार रणनीति कस्तो बनाउँदै हुनुहुन्छ ?
    सन् २०१४ भित्र अमेरिकामा अफिस विस्तार गर्ने योजना छ । सिलिकन भ्याली र सिकागोमा थप शाखा खोल्ने छौं । सन् २०१५ मा सिंगापुर र दुबईमा पनि शाखा खोल्ने विचार छ । अन्य कतिपय मुलुकमा अन्य कम्पनीहरूसँग मिलेर साझेदारी गर्ने तयारीमा छौं ।
    सहकार्यमा सोसल नेटवर्किङ, मार्केटिङ आदि विषयमा पुस्तक पनि लेख्नुभयो । कत्तिको बिक्री हुन्छ ?
    धेरै बिक्री नभए पनि सयौं हाराहारीमा बिक्री हुन्छ । कतै हाम्राे क्याम्पेन हुँदा निःशुल्क पनि वितरण गर्छाैं । सभा, सेमिनार र अनलाइनबाट पनि बिक्री हुन्छ । हाम्रो कम्पनीको मार्केटिङमा पुस्तकले पनि ठूलो सहयोग गरेको छ ।
    नेपालमा तपाईंले गर्न चाहे जस्तो सोसल नेटवर्किङ साइटको व्यापार हुने सम्भावना कत्तिको छ ?
    नेपालमा पनि यसको सम्भावना छ । केही सीमित कम्पनीले केही वर्षयता त्यसको अभ्यास गरिरहेका पनि छन् । यहाँ काम गर्ने अनुभवि र दक्ष मानिस देखिनँ । अबको १० वर्षमा यहाँ ठूलो विकास होला भन्ने लागेको छ । जस्तो विनोद चौधरी धेरैका लागि आइकन बनेका छन् । अरू कुरा जे जस्तो भए पनि नेपालमै बसेर पनि अर्बपति बन्न सकिने रहेछ भन्ने कुराको प्रमाण त उनी हुन् नि । मलाई लाग्छ, नेपालमै बसेर ग्लोबल बिजनेस गर्न सकिन्छ ।
    तपाईंको व्यक्तिगत रुचिचाहिँ केमा छ ?
    कविता लेख्नमा रुचि छ । म स्कुल पढ्दा अंग्रेजी तथा नेपाली कविता लेख्थें । कतिपय प्रतियोगितामा पुरस्कार पनि जितेको छु । 
    फेरि कविता लेख्नुभएन त ?
    अहँ, लेखिनँ । जबरजस्ती बन्द गरेको हुँ । किनभने ब्रान्ड क्राइसिस हुनुहुँदैन । पहिचान हराउनु हुँदैन । जे बन्न खोजेको हो त्यही बन्नुपर्छ । अहिले म आफूलाई व्यापारीका रूपमा मात्र चिनाउन चाहन्छु ।
    लक्ष्यचाहिँ के लिनुभएको थियो ?
    डाक्टर बन्ने । बुबा स्वयं व्यापारी हुनुहुन्थ्यो । मेरो औषधि पसल थियो । डाक्टर बनेर धेरैको सेवा गरौंला भन्ने लाग्थ्यो । मैले एमबीबीएसको सिटमा नाम पनि निकालिसकेको थिएँ । तर पठन मन लागेन । फेरि बीचैमा लाग्यो, सूचना प्रविधिको क्षेत्रमा हात हालेर बृहत् रूपमा सेवा दिन सक्छु ।
    आफूले रोजेको पेसामा सन्तुष्ट हुनुहुन्छ ?
    एकदम सन्तुष्ट छु । त्यसैले त तनमन दिएर लागिरहेको छु  ।


    - See more at: http://www.ekantipur.com/np/2071/1/12/full-story/388132.html#sthash.HG1hvFU3.dpuf

    bluee


    Nepal is a beautiful country with beautiful minds living in. Being rich incultural and trational aspects the people living have somehow narrow mind and thinking in terms of entertainment arena. Relationships before marriages among the people is still not allowed in society. Love marriage still is not totally accepted by the families of marrying couples. Unmarried couples are even raid by police if found in the closed room alone. So adult bussiness can't be imagined in this situation. 
    With all these restrictions, courage of the one who tries to do must be praised. There are two Nepalese girls who made huge courage to get into adult bussiness not in Nepal but in foreigh land. 
    Maya Bezin a girl from Bhaktapur who moved to USA for futher study is one of the two girls. Maya Bezin in an interview clearly stated that she is from Nepal and her news and popularity started in Nepal. 
    Bindu Pariyar is another girls who is involved in adult movie bussiness. Bindu Pariyar is from a small villege from Pokhara. She lives in US with her husband and both of them are engaged in adult movie industry. 
    Lets with them luck for their future.
    Maya Bezin
    Bindu Pariyar