Friday, April 25, 2014

ansa ko kuro


काठमाडौं, वैशाख १३ - हाम्रो समाजमा छोरालाई बुढेसकालको लाठी भनिने चलन छ । जन्म दिई, हुर्काइएका छोराहरु एक ८६ बषिर्य बृद्धाको बुढेसकालको लाठ्ठी होइन, उल्टो दुखका कारण बनेका छन् । बृद्धासँग भएको ८७ हजार रुपैयाँ आफुले खानलाई अनेक हत्कण्डा अपनाएका छन् । त्यसो गर्ने मध्ये एक छोरालाई प्रहरीले पक्राउ समेत गरेको छ । काठमाडौं मुलपानीकी नन्दमाया खतिवडा श्रीमानले छाडेर गएको ७५ हजार रुपैयाँ छोराहरु बिच कसले लैजाने भन्ने बिषयमा विवाद भएपछि प्रहरी चौकीसम्म आउन बाध्य भएकी छन् ।
महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जनाए अनुसार नन्द माया खतिवडाका श्रीमानले ५ बर्षअघि गोठाटारका मित्र प्रसाद भण्डारीलाई ७५ हजार रुपैंया ऋण दिएका थिए । त्यसको पछिल्लो एक बर्षको ब्याज जोदा ८७ हजार रुपैयाँ भएको हो । त्यहि बेला खतिवडा बितेपछि उक्त रकम नन्दमायाले पाउने भइन् । भण्डारीले बर्षेनी ब्याज तिर्दै आएका थिए । तर यो पाला पुरै रकम नन्दमायाका छोरा मध्ये माईला बलराम खतिवडाले लिन खोजे । तर भण्डारीले अन्य छोराको सहमति र उपस्थिती बिना दिन नसक्ने बताएपछि उनले आमालाई भण्डारीको घर अघि लगेर छाडिदिए ।
'बुढि मान्छेलाई घर अघि छाडेपछि भण्डारीले प्रहरीलाई खबर गरे' बृतका डिएसपी रेवती ढकालले भने 'बुढि आमालाई बाहिर सडकमा धर्ना दिन छाडेर गएका रहेछन् ।' बृद्धालाई धर्ना दिन छाडेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग पेप्सीकोलाको प्रहरी टोलीले गोठाटारबाट प्रहरी भ्यानमा राखेर बानेश्वर बृतमा ल्याएको थियो ।
उनका अनुसार रकम भण्डारीलाई दिएको कागज नन्दमायाका साहिला छोरा ईश्वर खतिवडासँग छ । माईलाले उक्त कागज ल्याउन नसकेपछि भण्डारीको घर बाहिर धर्ना दिन छाडेका थिए । उनले आमाको रकम राख्नलाई बैङकमा खाता समेत खोलिदिएका छन् । बानेश्वरमा ल्याएर बृद्धालाई साँझ घर पठाइदियो । नन्दमाया ४ वटै छोराको घरमा ३/३ महिना बस्दै आएकी छन् ।  बानेश्वर प्रहरीको हिरासतमा रहेका माईला छोरा बलरामले रकम उठाउन नैतिक दबाब दिनका लागि आमालाई धर्ना दिन घर बाहिर राखिएको दाबी गरे । उनले आमाको पैसा खाने कुनै उद्येश्य नभएको बताएका छन् ।
- See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388163.html#sthash.jVb0FjOj.9X7JESF0.dpuf

chotaa rajan



Chhota-Rajan.jpg
मुम्बई (एजेन्सीहरू), वैशाख १३ - मिर्गौलामा आएको खराबीले कुख्यात भगौडा ग्याङस्टर ५९ वर्षे छोटा राजन (राजेन्द्र सदाशिव निखाल्जे) अस्वस्थ भएका छन् । उनका धेरैवटा अंगहरूले काम गर्न छाडेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको कुनै पनि बेला मृत्यु हुन सक्ने सम्भावनाका खबरहरू सार्वजनिक भएका छन् । भारतविरोधी गतिविधिमा संलग्न दाउद इब्राहिमका उनी कडा प्रतिद्वन्द्वी मानिन्छन् । उनी कुनै बेला दाउदका निकट सहयोगी मानिन्थे । उनको समूहलाई भारतको मुख्य अपराध सिन्डिकेटमध्येको एक मानिन्छ ।
ब्ल्याकमा सिनेमाको टिकट बेच्दै भूमिगत माफियाका नाइके बनेका राजनलाई केही दिनदेखि सिंगापुरको एक निजी अस्पतालमा भर्ना गरिएको छ । समूहका धेरैजसो मारिसकेका हुनाले सहयोगी एवं म्यानेजर अबु साबन्तले राजनको उपचारको जिम्मेवारी सम्हालेका छन् । राजनकै आदेश र प्रतिद्वन्द्वीको आक्रमणमा धेरैजनाको ज्यान गएको हो । उनी सन् १९९० देखि दक्षिण-पूर्वी एसियामा बस्दै आएका छन् ।
स्वास्थ्यलाई लिएर सार्वजनिक भएको विभिन्न खबरबीच भारतका प्रतिष्ठित टीभी च्यानलहरूले गुप्तचर स्रोतलाई उद्धृत गर्दै उनको दुइवटै मिर्गौलाले काम गर्न छाडेको जनाएको छ । उनका विरोधीहरूले मलेसियाबाट सिंगापुर ल्याइएका राजनको अंगहरूले काम गर्न छाडेपछि मृत्यु भइसकेको समेत भनेका छन् । दुई महिनाअघि उनको आमा लक्ष्मीबाई निखाल्जेको पनि मृत्यु भइसकेको छ ।
राजनको सम्भावित अड्डामा अहिले शान्ति छाएको प्रहरी स्रोतले जनाएको छ । सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध विस्फोट गराउने दाउदलाई नमारेसम्म आफू नमर्ने राजनले बताउँदै आएका छन् । सन् १९९१ मा भारतमा बाबरी मस्जिद तोडफोड र सन् १९९२ मा भएको दंगापछि दाउदले बदला लिन विस्फोट गराएका थिए । राजनलाई हिन्दु समर्थक मानिन्छ । उनकै जीवनमा बलिउड फिल्म 'वास्तव' र 'कम्पनी' बनेको थियो । सन् २०११ को जुन ११ मा भारतको लोकपि्रय 'मिड डे' ट्याबुलोइड पत्रिकाका क्राइम रिपोर्टर ज्योतिर्मय दे (जेडी) हत्या पनि उनैले गराएका थिए ।  
सन् २००० को सेप्टेम्बरमा बैंककमा दाउद समूहको गोली लागेपछि भएको संक्रमणकै कारण राजनको मिर्गौलामा समस्या आएको थियो । उनले त्यतिबेला हाम फालेर ज्यान बचाएका थिए । त्यतिबेला थाई सरकारले आफूलाई भारतलाई बुझाउने त्रासले उनी ठीकसँग उपचार नगराई अस्पतालबाट भागेका थिए । उनी लामो समयदेखि डायलोसिसमा थिए ।   
सन् २००६ मा मुम्बई अपराध शाखाले फिरौती असुली र मुद्रा अपचलनमा ऊजुरी दर्ता गरेपछि पेसाले निर्माण ठेकेदार उनको सहयोगी साबन्त भारत छाडेका थिए । यो काण्डमा राजनपत्नी सुजातासहित ६ जना पक्राउ परेका थिए । यो मुद्दा अझै पनि 'महाराष्ट्र कन्ट्रोल अफ अर्ननाईज्ड क्राइम एक्ट (एम सीओसीए)' कोर्टमा विचाराधीन छ । यसमा साबन्तलाई वान्टेड दोषी ठहर गरिएको छ । युरोपमा उच्च शिक्षा प्राप्त गरिरहेकी जेठी छोरी अनितालाई भेट्न राजनपत्नी सुजाताले हालै मुम्बई उच्च न्यायालयबाट अनुमति पाएकी थिइन् ।

प्रकाशित मिति: २०७१ वैशाख १३ १०:१२
- See more at: http://www.ekantipur.com/np/2071/1/13/full-story/388202.html#sthash.5MoJGyBb.PqnAcq4q.dpuf

saa

एमाओवादी कास्कीको छैटौँ जिल्ला सम्मेलनले सीमित व्यक्तिलाई खुशी तुल्याए पनि समग्र कार्यकर्तालाई निराशाबाहेक केही दिन सकेन। ‘खुशी’ एउटा कुरामा मात्र मिल्यो, त्यो हो निर्वाचन। निर्वाचन आफैँमा जायज भयो कि भएन, त्यो बहसकै गर्भमा छ। जेहोस् टिकेप्रथाले निरन्तरता पाएन। परम्परागत टिकेप्रथाले निरन्तरता नपाउनु खुशीको एउटा कारण त होला तर गजवको कुरा, सम्मेलनमा टिकेप्रथाले नयाँ रुप धारण गर्‍यो। पार्टीभित्र संघर्षरत ‘दुई पक्ष’ नै टिकेप्रथालाई नयाँ रुप दिने कारण बन्यो।
 
कम्युनिष्ट पार्टीहरुमा विचारको आधारमा दुईलाइन संघर्ष हुने गर्दछ। तर, माओवादीमा नेताको आधारमा लाइन हुने गरेको छ। कुन नेताको पछाडि को–को छन्? त्यसलाई नै लाईन मान्ने गरिएको छ। त्यहि आधारमा एमाओवादीमा चारवटा लाइन देखिएका छन्। प्रचण्ड, बाबुराम, नारायणकाजी र कृष्ण महराको पछि लाग्नेहरुलाई आफ्नो लाइनको ठान्ने प्रवृत्ति नेतामा पनि देखिइरहेको छ। सतहमै देखिएका तीनवटा लाईन र छद्म भेषमा महराको लाईन एमाओवादीमा देखिएको छ। महराको लाईन विस्तारकै क्रममा भए पनि हाल प्रचण्ड लाइनबाट अभ्यासरत देखिन्छ। तीनवटाको त आवश्यक परे फलानो नेताको भनेर लाइन लगाउन तयार नै बनाइएका छन् कार्यकर्ताहरु।
 
सप्रेको जस लिने र बिग्रेमा अरुमा दोष थोपर्ने प्रचण्ड लाइनको पार्टीभित्र एकछत्र हालिमुहाली नै छ। उनीहरु पार्टीभित्रको सबै स्रोत र साधनको एकल स्वामित्व चाहन्छन्। उनीहरुको समाज रुपान्तरणमा भन्दा समाजको स्रोत साधनको प्रयोगमै ध्यान बढी हुने गरेको छ। त्यसो त सबै लाइनमा वा सबै पार्टीमा यहि प्रवृत्ति हावी हुँदै नगएको भने होइन।
 
पार्टीभित्रको लाईनले कार्यकर्तालाई दृष्टिबिहीन बनाउँदो रहेछ। यतिसम्म दृष्टिबिहीन कि ऊ एउटा लाइनमा लागेपछि अर्को लाइनका नेता तथा कार्यकर्ताको इतिहास, क्षमता, क्रियाशिलता केहि पनि देख्दो रहेनछ। यसको पुष्टि एमाओवादी कास्कीको गत सोमबार सम्पन्न छैटौँ जिल्ला सम्मेलनले गरेको छ। यो सम्मेलनले एमाओवादी भित्र बाबुराम पक्षले राजनीतिको विकल्प खोज्दा हुने देखाउँछ। ‘अति पूर्वाग्रही र जालीहरुको बोलवाला भएको पार्टीमा कमजोर पक्षतिर लागेर कार्यकर्ता रहिरहनु भनेको समय वर्वाद गर्नु मात्र हो।’ कित आज्ञाकारी भई ‘आहारा’ बनिदिनुपर्‍यो होइनभने, कडा संघर्ष गर्न सक्नुपर्‍यो। आफू अन्यायमा परेर अरुको न्यायको निम्ति लड्छु भन्नु आत्माघाती र लाजमर्दो काम मात्र हुनेछ। बेला–बेलामा नौटंकी गर्ने र पुनः प्रचण्डमै विलय हुने बाबुरामको विश्वास गर्नु भ्रम मात्र हो।
 
एमाओवादी कास्कीको अध्यक्षको निम्ति दिपक कोइराला योग्य थिए कि थिएनन् ? यो भोलिले बताउला। हुनत, प्रत्यक्ष निर्वाचनबाट भए सायद उनी अध्यक्षमा आउने थिएनन्। उनले निर्वाचनबाट आएको दावी गरे भने त्यो असत्य हन्छ। किनकी, उनले नियुक्ति नै पाएका हुन् खेलकुद विकास समितिमा जस्तै प्रचण्ड पक्षबाट। उनलाई पूर्व राज्य संयोजक हरि अधिकारी नामक प्रचण्डको अर्को भक्तले टिका लगाइदिएका हुन्।
 
सायद, अधिकारी जिल्ला सम्मेलनको निर्वाचनमा नभएको भए सिक्वएन्स् मिलाउन अरुको अक्कल पुग्ने थिएन, या त समिकरण अर्कै बन्थ्यो। उनले निर्देशन दिए ‘तिमीहरु यो–यो पदमा लड जिताउने जिम्मा मेरो भयो।’ निर्वाचनकै समयमा उनले भने–‘विचारकै कुरा हुँदो रैछ कमरेडहरु !’ विचार कसको फरक थियो र ? प्रतिष्पर्धी अर्को पार्टीका त थिएनन् ! उनको पार्टीमा कति थरी विचार छ र अहिले ? उनले त्यसो भन्नुको अर्थ यो थियो कि बाबुराम पक्षकालाई मत नदिनुस् ! होइनभने, अध्यक्षमा सबै हिसाबले दिपक कोइराला भन्दा गुप्त हमाल नै ठिक थिए। कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमानमा क्रियाशिलता सबै हिसाबले हमाललाई नै अध्यक्ष बनाइनुपर्ने हो। सचिवमा भन्ने हो भने विष्णु पौडेल कुनै पनि दृष्टिले किरण थापा ‘अमोद’ भन्दा उपयुक्त होइनन्। अमोदले त हैसियत र योगदानका आधारमा अध्यक्षका प्रतिष्पर्धी दिपकसँग पो प्रतिष्पर्धा गर्नुपर्ने थियो। तर, विष्णुलाई किन सचिव बनाइयो अमोदलाई हराएर ? यो पनि लाइनकै कारण थियो।
 
विष्णु २०६१ सालतिर पार्टीको पूूर्णकालिन हुन् भने अमोद २०५७ सालदेखिकै। निरन्तरताको कुरा गर्ने हो भने, विष्णु गतबर्षसम्म मोहन वैद्य ‘किरण’ को पार्टीमा थिए। पार्टी फुटेपछि प्रचण्ड र एमाओवादीलाई सत्तोसराप गर्नेमा तमुवानमा सबैभन्दा अगाडि उनै हुन्। त्यति छुुद्र अभिव्यक्ति अरु कसैको थिएन। पछि वैद्य पार्टीबाट पनि वाक्क भएर चितवनतिर कुखुरापाल्न हानिएका थिए। संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारको टिकट पाउने आशाले उनी एमाओवादीमा फिरेका हुन्।
 
तर, अमोद जनयुद्धमा दर्जनौँ व्यारेक र प्रहरी चौकी कव्जा गर्दै, घाइते बन्दै हालसम्म निरन्तर पार्टीमा क्रियाशिल जनताको रोजाईका यूवा नेता हुन्। आखिर अमोदको पराजय र विष्णुको विजय कार्यकर्ताको चाहना होइन, लाइनको कारण मात्र थियो। किनकी, विष्णु कहिले किरण, कहिले बाबुराम भन्दै अहिले प्रचण्ड पक्षमा देखिए तर अमोद शुरुदेखि नै बाबुरामको विचारसँग सहमत थिए। त्यतिमात्र होइन, विष्णुु कट्टर स्थानीयवादी पनि हुन्। चितवनका दिपकलाई उनले कहिलेसम्म साथ देलान् त्यो पनि आउँदो दिनमा नै देखिनेछ।
 
उपाध्यक्षमा सर्वसम्मत भएका गंगा पोखरेल पनि सायद दिपक नै अध्यक्ष बन्ने भए त्यो पदमा रहने थिएनन्। किनकी, उनले कहिल्यै पनि दिपकलाई नेता मानेका होइनन््। कोषाध्यक्षको त झन् के कुरा ? उनलाई सोहि निर्वाचनमा भोट हाल्न समेत कार्यकर्ताले सिकाउनुपरेको थियो। त्यसै त आर्थिक रुपमा अपारदर्शी पार्टीको आरोप खेपेको एमाओवादीले निर्वाचित गरेको कोषाध्यक्षले कसरी पार्टीको हिसाव–किताव राख्लिन् ?
 
चुनाबमा यस्तो दृश्य देखियो जुन, दृश्य पार्टी सिध्याउन पर्याप्त थियो। जिल्ला सम्मेलनका लागि प्रतिनिधी चयन गर्दादेखि नै एउटा पक्षलाई अलग गरी गरिएको निर्वाचनमा लिष्ट बाँडियो। कार्यकर्ताले भोटिङमा चिट नै चोर्नुपर्‍यो। प्रचण्ड पक्षकाले दिएको लिष्ट खोल्तीबाट निकाल्दै जुन–जुन नाम लिष्टमा छन् तिनैलाई मात्र भोट हाल्न प्रचण्ड पक्षका कार्यकर्तालाई निकै अप्ठेरो परेको थियो। यतिसम्म कि पार्टी चलाउन नभई नहुने नेतालाई समेत हराउने रणनीति तय गरिएको थियो तर कार्यकर्ताको ब्रम्हले त्यो मानेन र केहि नेताले निर्वाचन जित्न पुुगे। एमाओवादी कास्कीमा ‘सित उभाउँदै घैला भरेका’ पूर्व इन्चार्जद्वय नेता झलकपाणी तिवारी र रामजी बराल ‘जीवन’, पूूर्व सेक्रेटरी गुप्त हमाल ‘सन्देश’ लगायतलाई चिढ्याएर पार्टीको स्थान कुन होला अब ? धेरैको प्रश्न यहि छ।
 
संसदीय शैलीबाट नेतृत्व छान्ने कार्यविधी भएको एमाओवादीको जिल्ला समितिको निर्वाचनमा यस्ता व्यक्तिले निर्वाचन जिते त्यो चिन्नेलाई मात्र महशुस होला। पार्टीको एउटा पनि कार्यक्रममा सहभागी नहुने, संविधानसभाको दोस्रो निर्वाचनमा मात्र पार्टीमा लागेका र कतिपय त निर्वाचनमा आफ्नैलाई हराउन लागेका, जनयुद्धकालका पार्टीका सुराकी, पार्टी चाहरिरहने र विभिन्न काण्डमा विवादित भएकाले पनि निर्वाचन जिते लाइनकै कारण। जनयुद्धमा घाइते भएका, जेल–नेल र हिरासत खेपेका, अग्रीम मोर्चामा रहि संघर्ष गरेका योद्धाहरु पराजित भए, त्यो पनि लाइनकै कारण।
 
निर्वाचनको माग हुँदै आएपनि निर्वाचनले पार्टी बिग्रन्छ भन्ने बुझाई नेतृत्वमा थियो पहिले–पहिले। सोहि अनुसार नेतृत्व तहबाटै कार्यविभाजन गरी भूमिका दिईँदै आएको थियो। यसले केहि पूर्वाग्रही मानसिकता भएकाहरुलाई सन्तुष्ट नबनाएपनि पार्टीलाई भने हित गरेकै हो। तर, निर्वाचनको नाममा बाबुराम पक्षलाई सिध्याउन गरिएको प्रयत्नले पार्टी बन्ने होइन, विघटनमा जाने सम्भावना निकट नै देखिन्छ। यहि तरिकाले एक÷दुई दिन मात्र होइन, आजिवन गुप्तबास बसेर डकुमेण्ट लेखेपनि पार्टी बचाउन गाह्रो छ।
 
नेताको पुँजी कार्यकर्ता र जनता मानिन्छ। पुँजीको सहि परिचालन गरे मात्र नेता सम्पन्न हुन्छन्। कुनै बेलाका सम्पन्न कुनै बेला बिपन्न पनि हुने गरेका छन्। त्यसो त राजनीति नै यस्तै हो यसमा केहि पनि स्थायी हुँदैन। जनताले पत्याउने बेलासम्म मात्र त्यसको महत्व हुने गर्दछ। जब, जनताले पत्याउन छोड्दछन् तब, राजनीतिकर्मीले काम गर्ने जाँगर नभएको, बोल्न मात्र जानेको, कतै नबिकेको लगायतका उपमा पाउँछन्, जसरी अहिले पाइरहेका छन्। यस्तै कारण नै राजनीतिलाई फोहोरी खेल मानिएको होला।
 
(बराल आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक हुन्।)

Thursday, April 24, 2014

impact of social media

सोसल मिडिया र आमसञ्चारका अन्य माध्यमहरू एक-अर्काका परिपूरक हुन्

     
    299
     
     
    21
     
     
    2
     
     
    1
     
     
    323
     


    Bhupendra-Khanal.jpg
    तस्विर : महेश प्रधान
    अमेरिकाको क्यारोल्टनमा मुख्यालय रहेको सोसल बिजनेस इन्टेलिजेन्स कम्पनी 'सिम्प्लिफाई ३६०' इन्टरनेटको दुनियाँमा चर्चित बन्दै गएको छ । सोसल मिडिया एनालाइसिस तथा अनुसन्धानका लागि एसियाकै अग्रस्थानमा रहेको यो कम्पनीले अमेरिका, मलेसिया, कोरिया एवं नेदरल्यान्डका अन्य कम्पनीहरूसँग साझेदारी गरेको छ । त्यस्तै १ सयभन्दा बढी मुलुकमा आफ्नो उत्पादन तथा सेवाहरूको कारोबार गर्छ । कुनै पनि कम्पनीका उत्पादन तथा कर्पोरेट हाउसको सेवाका सम्बन्धमा बजारमा कस्ता खालका टीका-टिप्पणीहरू हुन्छन्, जिज्ञासा एवं समस्या आइरहेका छन्, सेवाग्राहीहरूलाई कसरी सम्बोधन गर्ने, अबको बजार रणनीति कस्तो बनाउने जस्ता कुरामा 'सिम्प्लिफाई ३६०' ले अनलाइन टुल्समार्फत अध्ययन, अनुसन्धान गरी रिपोर्ट तयार पार्छ । त्यस्तै कुनै सेलिब्रेटी, व्यापारी एवं समाजसेवीले पनि उक्त कम्पनीको सेवा लिन सक्छन् । मोरङको उर्लाबारीका ३० वर्षीय भूपेन्द्र खनाल यही कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । मोरङको पशुपति बोर्डिङ स्कुलबाट एसएलसी, दमक मोडल उमावि, झापाबाट प्लस टु तथा नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी, दुर्गापुर, पश्चिम बंगालबाट कम्प्युटर इन्जिनियरिङमा बिई गरेका खनाल काठमाडौं आएका बेला नरेन्द्र रौलेले गरेको कुराकानी :
    बैंगलोरमा ६ जनाबाट सुरु भएको 'सिम्प्लिफाई ३६०' ले यतिबेला ठूलो आकार लिएको छ । २७ जना स्टाफ छन् । विभिन्न देशमा यसको विस्तार हुने क्रम बढ्दो छ । सन्तुष्ट हुनुहुन्छ ?
    छैन, अहिल्यै किन सन्तुष्ट हुनु ? मलाई त अझै २७ हजार मानिसलाई रोजगारी दिनु छ ।
    त्यसको सम्भावना कत्ति को देख्नुहुन्छ ?
    अवश्य देख्छु । हाम्रो जस्तै अन्य सफ्टवेयर कम्पनी छन् भारतमा, जस्तो टिसिएसमा ४ लाख मानिस काम गर्छन्, त्यस्तै इन्फोसिसमा २ लाखले काम गर्छन् । अरूले त गरेकै छन् भने हामीले किन गर्न नसक्नू ?
    'सिम्प्लिफाई ३६०' नाम कसरी रहन गयो ?
    सुरुमा हाम्राे कम्पनीको नाम इन्रेप सिस्टम थियो भने प्रोडक्टको नाम 'सिम्प्लिफाई ३६०' थियो । पछि ब्रान्ड एउटै हुनुपर्छ भन्ने लाग्यो । हामी बैंगलोरमै मुख्यालय बनाएर काम गर्दै थियौं । पछि अमेरिका सार्‍यौं र कम्पनीको नाम पनि 'सिम्प्लिफाई ३६०' राख्यौं । 
    यसको अर्थ के हो ? उद्देश्यचाहिँ के राख्नुभएको थियो ?
    मानिसले सहज रूपमा जीवन बाँचुन् । कुनै कम्पनीका उत्पादन प्रयोग गर्दा, कम्पनी खोज्दै हिँड्नु नपरोस् । कम्पनीले तपाईंलाई खोज्दै आओस् भन्ने लाग्यो । त्यो कुन बेला मात्र सम्भव छ भने, जब तपाईंले आफ्ना समस्याहरू राख्नुहुन्छ । त्यसका लागि पनि फोन, इमेल चाहियो । कि त कम्पनीमै धाउनुपर्‍यो । हाम्रो उद्देश्यचाहिँ फोन, इमेल खोज्नु नपरोस् । अफिस पनि धाउनु नपरोस् भन्ने हो । जहाँ सजिलो लाग्छ, त्यही समस्या राख्ने हो । हामीले फेसबुक, टि्वटर, युट्युब, ब्लग, फिलिकर र विभिन्न माध्यममा विभिन्न टुल्स प्रयोग गरेर अनुसन्धान गर्न थाल्यौं, जसले गर्दा कम्पनीहरूलाई आफ्नो बजार रणनीति बनाउन तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न सहज भयो ।
    समूहमा को-को हुनुहुन्छ ?
    यो कम्पनी सुरु गर्नुअघि मैले फेयरआइज्याक र मार्केटिलिजेन्ट दुइटा कम्पनीमा काम गरें । दुइटै छोडेपछि मेरो ध्यान सफ्टवेयर प्रोडक्ट कम्पनीतर्फ गयो । एक दिन मार्केटिलिजेन्ट कम्पनीमा काम गर्ने बैंगलोरकै साथी श्वेता शर्माले लन्च गर्न आफ्नो घरमा बोलाइन् । त्यो बेला सफ्टवेयर उत्पादन गर्ने कम्पनीमा काम गर्ने उनका प्रेमी रोहित गुप्ता पनि सँगै थिए । मैले आफ्नो योजना उनीहरूलाई सुनाएँ, दुवैजना सहमत भए । विस्तारै प्रविधिकै क्षेत्रमा संलग्न नेपाली साथी बिनित थापा, दिप शेरचन, लक्ष्मी खतिवडासामु सबै कुरा राखें । सन् २००८ को अन्त्यतिर हाम्रो योजनाले मूर्तरूप लियो ।
    कम्पनी यति छिट्टै चर्चित होला, ठूलो परिमाणमा व्यापार गर्ला भन्ने सोच्नुभएको थियो ?
    सोचेको थिइनँ । सोसल मिडियामा एनालाइसिस गर्ने, कम्पनीलाई बुझाइदिने मात्र सोचेका थियौं । केही न केही गर्दै जाऊँ । पछि विस्तारै केही त होला भन्ने लागेको थियो । सुरुका ६ महिना कामै गरियो । यतिको बजार लिन सकिएला जस्तो लागेको थिएन ।
    सुरुवातमा कस्ता समस्या सामना गर्नुभयो ?
    सुरुवातका केही वर्ष समस्या भयो । तीन वर्षसम्म रिटर्न आएन । आर्थिक मन्दीबीच चुनौतीहरू धेरै थिए । आफूले कमाएको र घरबाट मागेको पैसाकै भरमा चल्नुपर्‍यो । हामीले तयार पारेको प्रोडक्टको क्षमता देखाउन डाटा पाउनै सकेनौं ।
    कम्पनीसँगै व्यापारी, सेलिब्रेटी र समाजसेवीहरूले पनि तपाईंको कम्पनीको प्रोडक्ट प्रयोग गर्न थालेका छन् । कम्पनी र व्यक्तिहरूले तपाईंको उत्पादनबाट कसरी फाइदा लिन सक्छन् ?
    मुख्य कुरा कम्पनीले उपभोक्तालाई सेवा दिने हो । फोनबाट ग्राहकका गुनासाहरू सम्बोधन गर्नुभन्दा सामाजिक सञ्जालबाट गर्नु प्रभावकारी हुन्छ । समय र पैसा पनि बचत हुन्छ । मान्छे कम चाहिन्छ । एउटा इन्टरनेट कनेक्सन भयो भने धेरै काम गर्न सकिन्छ । त्यस्तै व्यक्तिको सन्दर्भमा पनि लागू हुन्छ । व्यक्ति पनि त ब्रान्ड हो । उसका पनि प्रशंसकहरू हुन्छन्, व्यक्तिपिच्छे जवाफ दिन सकिँदैन । एकचोटि फेसबुक, टि्वटरमा लेख्दा त्यो सन्देश सबै मानिससम्म पुग्छ । आममानिसले कुनै व्यक्तिका बारेमा कसले के भन्छन्, जिज्ञासा, धारणा, अपेक्षाहरू के-के छन्, विभिन्न टुल्स प्रयोग गरेर हामीले एनालाइसिस गर्छौं, जसले गर्दा उनीहरूलाई आममानिससम्म प्रभावकारी ढंगमा पुर्‍याउँछ । पहिचान अझ बढाइदिन्छ । गल्ती, कमजोरीहरू सुधार्ने मौका पनि मिल्छ ।
    त्यसका लागि खर्चचाहिँ कति लाग्छ ?
    भारतमा एउटै व्यक्तिले ५ देखि १० लाख भारु खर्च गरेका छन् । मुख्य राजनीतिक पार्टीहरूले यसैपालि १० देखि ५० करोड भारुसम्म खर्चिए । युरोपमा त अझ २० देखि ५० मिलियन डलरसम्म खर्चिएका उदाहरण छन् ।
    त्यस्तो कामका लागि कत्तिको प्रस्ताव आउँछन् ?
    अहिले प्रस्ताव एकदम बढिरहेका छन् । कसैका लागि पैसाभन्दा पहिचान बढी महत्वपूर्ण हुन्छ । पैसा-गाडी आदि भएर के गर्नु ? यदि पहिचान छैन भने । भारतमा नरेन्द्र मोदी र अरबिन्द केजरीवालले पनि त पैसाभन्दा आफ्नो पहिचान बनाउन खोजेका हुन् नि ।
    तपाईंले पहिचानका लागि काम गर्नुभएको हो कि पैसाका लागि ?
    काम गर्ने भनेको पैसाका लागि होइन । सपनाका लागि हो । मेरो उद्देश्य पनि लखपति बनुँ भन्ने होइन । आफ्नो भ्यालु क्रियट गरौं र सकेसम्म धेरैलाई रोजगारी दिउँ भन्ने हो ।
    कुन सिलसिलामा नेपाल आउनुभयो ? उपलब्धि भयो ?
    हाम्रो कम्पनीको बजार प्रवर्द्धन गर्न आएकी हुँ । एनसेल, वाइवाइ, एनटीसी, काल्सवर्गजस्ता ठूला कम्पनीलाई आफ्नो उत्पादन र सेवा दिन आएको हुँ । यसबीच मसँग ३५ वटा नेपाली कम्पनीले आफै सम्पर्क गरेका थिए । हाम्राे सेवाबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा छलफल चलाएका थिए । सफ्टवेयर बेच्ने, साझेदारी गर्ने आदि विषयमा छलफल भयो । सबैजसो कम्पनीले व्यापक चासो लिएको देखेर म उत्साहित भए । मलाई विश्वास छ, अबको एक वर्षभित्र १०/१२ वटा कम्पनीले हाम्रो प्रोडक्ट प्रयोग गर्नेछन् । नेपाल सानो छैन, गरिब छैन । मार्केट भनेको त मान्छे हो नि । मैले यहाँ पनि विशाल सम्भावना देखें ।
    सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । गालीगलौज, आरोप-प्रत्यारोप लगाउनेहरू उत्तिकै छन् । अपराधका घटनाहरू पनि भैरहेकै छन् । यसलाई कसरी लिनुहुन्छ ?
    यसमा माध्यमको दोष छैन । कुनै पनि कुरालाई कसरी प्रयोग गर्ने भन्ने कुरा त आफ्नै हातमा हुन्छ नि । दुरुपयोग त फोन, इमेलको पनि भैरहेकै हुन्छ । प्रविधिमा समस्या छैन, यो कुरा व्यक्तिको प्रयोगमा भर पर्छ । सकारात्मक प्रयोग हुनुपर्‍यो ।  
    सोसल मिडियाहरू शक्तिशाली बन्दैछन् । यसले मुलधारका मिडियालाई विस्थापित गर्दै लगेको हो ?
    होइन, सोसल मिडिया र आमसञ्चारका अन्य माध्यमहरू एक-अर्काका प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुन् । बरु यी दुवैले गर्दा एक-अर्कालाई सहयोग पुगिरहेको छ । जस्तो सामाजिक सञ्जालमा उठ्ने विषय, छलफल, बहसलाई लिएर सञ्चारकर्मीहरूले समाचार तयार पार्न सक्छन् । सम्पादकहरूले आफ्ना पाठकहरू के चाहन्छन्, बुझ्न सक्छन् । आफूले गरेका कामका सम्बन्धमा  छिट्टै प्रतिक्रिया लिन सक्छन् र, थप कस्ता सामग्री दिने योजना बनाउन सक्छन् ।
    मिडियाको बलियो पक्ष भनेको विश्वसनीयता र व्यवस्थित कन्टेन्ट हो । सामाजिक सन्जालमा त जे पनि आइरहेको हुन्छ, सबैले आफ्नो धारणा राखिरहेका हुन्छन्, के गलत, के सही भन्ने कुरा त मिडियाले छुट्याउन सक्नुपर्छ । त्यसकारण सोसल मिडियाले मूलधारका मिडियाको महत्व, दायरा र क्षेत्र बढाइदिएको छ । बढी प्रजातान्त्रिक पनि बनाइदिएको छ ।
    भारतमा चुनावताका राजनीतिक पार्टीहरूले तपाईंको प्रोडक्टबाट फाइदा लिए । सामाजिक सञ्जालबाट पार्टीहरूले चाहिँ कसरी फाइदा लिन सक्छन् ?
    हामी सामाजिक सञ्जालहरूमा जनताले कुन विषयमा बहस गरिरहेका छन्, के चाहिरहेका छन्, कुन मुद्दालाई सम्बोधन गर्न आवश्यक छ, अनुसन्धान गर्छौं । चुनावी रणनीति कस्तो बनाउने, कसरी जनताका मुद्दा सम्बोधन गर्ने, यस्तै विषयमा सल्लाह दिन्छौं, जसले गर्दा उनीहरू सहजै जनतासामु पुग्न सक्छन् । आफ्ना विचारहरू राख्न सक्छन् र, आफ्ना पक्षमा जनमत बटुल्न सक्छन् ।
    अब दलहरूले सामाजिक सञ्जालहरूमार्फत अरूका कुरा पनि सुन्नुपर्छ, छलफल र बहसमा आउनुपर्छ, गलत अफवाह फैलाइएको छ भने, स्पष्टीकरण दिनुपर्छ । आफ्नो महत्व स्थापित गर्न सक्नुपर्छ । लाइक र कमेन्ट बटुलेर मात्र हुँदैन ।
    'सिम्प्लिफाई ३६०' को प्रोडक्टका प्रयोगकर्ता को-को छन् ?
    महिन्द्रा, यामाहा, स्टार टिभी, इकोनोमिक टाइम्स, कफी चेन क्याफे कफी डे, बैंकहरू, रिटेल कम्पनी एवं मिडिया एजेन्सीहरू छन् ।
    अबको बजार रणनीति कस्तो बनाउँदै हुनुहुन्छ ?
    सन् २०१४ भित्र अमेरिकामा अफिस विस्तार गर्ने योजना छ । सिलिकन भ्याली र सिकागोमा थप शाखा खोल्ने छौं । सन् २०१५ मा सिंगापुर र दुबईमा पनि शाखा खोल्ने विचार छ । अन्य कतिपय मुलुकमा अन्य कम्पनीहरूसँग मिलेर साझेदारी गर्ने तयारीमा छौं ।
    सहकार्यमा सोसल नेटवर्किङ, मार्केटिङ आदि विषयमा पुस्तक पनि लेख्नुभयो । कत्तिको बिक्री हुन्छ ?
    धेरै बिक्री नभए पनि सयौं हाराहारीमा बिक्री हुन्छ । कतै हाम्राे क्याम्पेन हुँदा निःशुल्क पनि वितरण गर्छाैं । सभा, सेमिनार र अनलाइनबाट पनि बिक्री हुन्छ । हाम्रो कम्पनीको मार्केटिङमा पुस्तकले पनि ठूलो सहयोग गरेको छ ।
    नेपालमा तपाईंले गर्न चाहे जस्तो सोसल नेटवर्किङ साइटको व्यापार हुने सम्भावना कत्तिको छ ?
    नेपालमा पनि यसको सम्भावना छ । केही सीमित कम्पनीले केही वर्षयता त्यसको अभ्यास गरिरहेका पनि छन् । यहाँ काम गर्ने अनुभवि र दक्ष मानिस देखिनँ । अबको १० वर्षमा यहाँ ठूलो विकास होला भन्ने लागेको छ । जस्तो विनोद चौधरी धेरैका लागि आइकन बनेका छन् । अरू कुरा जे जस्तो भए पनि नेपालमै बसेर पनि अर्बपति बन्न सकिने रहेछ भन्ने कुराको प्रमाण त उनी हुन् नि । मलाई लाग्छ, नेपालमै बसेर ग्लोबल बिजनेस गर्न सकिन्छ ।
    तपाईंको व्यक्तिगत रुचिचाहिँ केमा छ ?
    कविता लेख्नमा रुचि छ । म स्कुल पढ्दा अंग्रेजी तथा नेपाली कविता लेख्थें । कतिपय प्रतियोगितामा पुरस्कार पनि जितेको छु । 
    फेरि कविता लेख्नुभएन त ?
    अहँ, लेखिनँ । जबरजस्ती बन्द गरेको हुँ । किनभने ब्रान्ड क्राइसिस हुनुहुँदैन । पहिचान हराउनु हुँदैन । जे बन्न खोजेको हो त्यही बन्नुपर्छ । अहिले म आफूलाई व्यापारीका रूपमा मात्र चिनाउन चाहन्छु ।
    लक्ष्यचाहिँ के लिनुभएको थियो ?
    डाक्टर बन्ने । बुबा स्वयं व्यापारी हुनुहुन्थ्यो । मेरो औषधि पसल थियो । डाक्टर बनेर धेरैको सेवा गरौंला भन्ने लाग्थ्यो । मैले एमबीबीएसको सिटमा नाम पनि निकालिसकेको थिएँ । तर पठन मन लागेन । फेरि बीचैमा लाग्यो, सूचना प्रविधिको क्षेत्रमा हात हालेर बृहत् रूपमा सेवा दिन सक्छु ।
    आफूले रोजेको पेसामा सन्तुष्ट हुनुहुन्छ ?
    एकदम सन्तुष्ट छु । त्यसैले त तनमन दिएर लागिरहेको छु  ।


    - See more at: http://www.ekantipur.com/np/2071/1/12/full-story/388132.html#sthash.HG1hvFU3.dpuf

    bluee


    Nepal is a beautiful country with beautiful minds living in. Being rich incultural and trational aspects the people living have somehow narrow mind and thinking in terms of entertainment arena. Relationships before marriages among the people is still not allowed in society. Love marriage still is not totally accepted by the families of marrying couples. Unmarried couples are even raid by police if found in the closed room alone. So adult bussiness can't be imagined in this situation. 
    With all these restrictions, courage of the one who tries to do must be praised. There are two Nepalese girls who made huge courage to get into adult bussiness not in Nepal but in foreigh land. 
    Maya Bezin a girl from Bhaktapur who moved to USA for futher study is one of the two girls. Maya Bezin in an interview clearly stated that she is from Nepal and her news and popularity started in Nepal. 
    Bindu Pariyar is another girls who is involved in adult movie bussiness. Bindu Pariyar is from a small villege from Pokhara. She lives in US with her husband and both of them are engaged in adult movie industry. 
    Lets with them luck for their future.
    Maya Bezin
    Bindu Pariyar

    seto pati

    सूर्यनाथसँगको इवी साध्न प्रकाश वस्तीलाई गलहत्ती

    •  
       
       
       
       
       
       
    • GET NEWS ALERTS

    भ्रष्टाचार मुद्दामा नरम चोलेन्द्रशमशेर उदाए, कडा वस्ती अस्ताए
    पुनरावेदन अदालत विराटनगरमा २०५६ सालमा एक न्यायाधीश आए । खातापिता मानिस । लवाइखवाइ खेलबाडमा रुचि। शनिबार वा अरु छुट्टीको दिन म्यारिजमा जमिहाल्ने स्वभाव। 
     
    यही छेकोमा प्रहरीले जुवा खालमा छापा मार्यो । म्यारिज खेलाडी र खालेविरुद्व जुवा ऐनमा मुद्दा चलायो। 
     
    प्रतिवादीहरु पुनरावेदन गए । तिनै मनमौजी न्यायाधीश चोलेन्द्रशमशेर राणासहितको बेञ्चमा मुद्दा पेश भयो। 
     
    राणालाई धर्मसंकट पर्यो‍ । आफैँ म्यारिजमा जम्ने न्यायमूर्तीहरुले फैसला लेखे, ‘म्यारिज दिमागी खेल भएकाले जुवा भन्न मिल्दैन । जुवा ऐन अनुसार मुद्दा चल्दैन ।’
     
    यो फैसलाले न्यायाधीशहरुको अप्ठेरो पनि टर्यो‍ । अघिपछि म्यारिजमा जम्न अब कुनै नैतिक बन्धन भएन ।
     
    विराटनगरका कानुन व्यवसायीले अहिले सम्झिए अनुसार यो फैसला विवादास्पद भयो । न्यायाधीशलाई कारबाही गर्नुपर्छ भन्नेहरु पनि निस्किए । राणाको नेपालगंज सरुवा गरेर थामथुम पारियो । 
     
    विराटनगर पुनरावेदनको यो फैसलाले राणालाई देशभरि न्यायकर्मीहरुबीच चिनायो । हज्जारौं म्यारिज प्रेमीहरुले अहिलेपनि चाडबाड वा खेलबाडमा त्यो फैसलालाई सम्झँदै न्यायाधीशलाई आशिर्वाद दिने गरेका छन् ।  
     
    म्यारिजको फैसला भन्दा धेरै अघि २०५३ साल वैशाखमा पुनरावेदन न्यायाधीश नियुक्ति हुँदा नै राणा चर्चामा थिए ।    
     
    महानगरपालिकामा कानुनी सल्लाहकारमा कार्यरत राणालाई तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको पालामा पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश बनाइएको थियो ।
     
    सिंहलाई ‘ब्ल्याक मेल’ गरेर न्यायाधीश हुन सफल भएको आरोप पनि राणामाथि त्यतिबेला लाग्यो  । 
     
    ‘सुरेन्द्रलाई उमेर ढाँटेको रिट हाल्न लगाए, वकालतनामामा आफ्नो नाम लेखाए,’ सर्वोच्चका एक न्यायाधीशले भने, ‘वहसमा रिटको पक्षमा नबोलेर विपक्षको वकालत गरे ।’
     
    रिट दर्तापछि उनीहरुबिच सहमति बन्यो, ‘राणा चुप वस्ने, सिंहले न्यायाधीश बनाइदिने ।’ 
     
    सामान्य वकिलबाट पुनरावेदनमा फड्को मारेपछिको यो चर्चा म्यारिजवाला फैसलाले फेरि पुनर्ताजगी गराइदियो, न्यायवृत्तमा ।
     
    विभिन्न अदालतको अनुभव हासिल गर्दै २०६२ सालमा राणा विशेष अदालत काठमाडौंका सदस्य भए । भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र उनको टिमले दर्जनौं ‘अकुत संपत्ति’को मुद्दा फैसला गर्यो‍ । 
     
    खुमबहादुर खड्का, जेपी गुप्ता, गोविन्दराज जोशी, पूर्व आइजिपीहरु, जिएमहरु, कर्मचारीहरु सबैजसोले मुद्दा जिते ।  
     
    अख्तियार सर्वोच्च अदालत गयो । भ्रष्टाचार सम्वन्धि यी फैसला धमाधम ‘उल्टी’ हुन थाल्यो । यही क्रममा २०६८ माघ ९ गते सुशीला कार्की र तर्कराज भट्टको बेञ्चले गुप्ताको मुद्दामा फैसला गर्यो‍ । 
     
    गुप्ताले सजाय भोग्नुपर्नै मात्र भएन । विशेष अदालतबाट सबैजसोलाई चोख्याइदिने न्यायाधीशहरुबारे पनि बेञ्चले बोल्यो, ‘न्याय सम्पादनको काममा विचलित भएको प्रष्ट देखिएको छ ।’ राणा सहितले तल्लो अदालतमा गरेको फैसलामा अनेक खोट भएको विवरण कार्की र भट्टको फैसलामा उल्लेख छ ।
     
    इजलासले कारवाहीका लागि न्यायापरिषद्लाई लेखेर पनि पठायो । २०६८ जेठ २ गते सर्वोच्चका न्यायाधीश बलराम केसीको इजलासले पनि यीनै राणा सहितको ‘टिम’लाई कारबाही गर्न प्रधान न्यायाधीश समक्ष सिफारिश गरेको थियो। 
     
    तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीले पनि तीन न्यायाधीशमाथि कारबाही अघि बढाउन न्यायपरिषद्लाई लेखे ।
     
    विशेषका पूर्व न्यायाधीश भूपध्वज अधिकारी छानबिन आदेश हुनुअघि नै अवकाश भइसकेका थिए । अर्का न्यायाधीश कोमलनाथ शर्मा राजिनामा दिएर बाहिरिए । रेग्मीले राणासँग पनि राजिनामा मागे । स्रोतका अनुसार राणाले राजीनामा दिन मानेनन् ।
     
    त्यो अलमलबिच रेग्मी चुनावी मन्त्रिपरिषद्को नेतृत्वमा गए । कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा आएपछि न्यायपरिषद्बाट राणाको केस पनि टुङ्गाइयो । उनले सफाइ पाए । 
     
    तिनै राणाले मंगलवार अर्को बाजी मारे । सर्वोच्चमा लामो अवधि अस्थायी न्यायाधीश भएका र पुनरावेदनकै सिनियरलाई पन्छाउँदै उनी माथि उक्लिन सफल भए । 
     
    वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल र ओमप्रकाश मिश्रसँगै राणा पनि न्यायपरिषद्को रोजाइमा परे । 
     
    संसदीय सुनुवाइको ‘कर्मकाण्ड’ पार गरेपछि उनीहरु बिधिवत रुपमा सर्वोच्चको न्यायमुर्ति हुनेछन् । 
     
    साथीभाइ र व्यक्तिगत शीलस्वभावमा भलाद्मी मानिने राणा अहिलेको रोलक्रम अनुसार तीन वर्ष भन्दा बढी मुलुकको प्रधान न्यायाधीश हुन पाउँछन् । 
     
    सर्वोच्चका इजलास र तत्कालीन प्रधान न्यायाधीशले ‘कमसल’ ठानेको व्यक्ति न्यायपालिका जिम्मा लगाउने यो ‘तजबिज’ न्यायिक क्षेत्रमा ठूलो आलोचनाको विषय भएको छ । 
     
    भलै राणाको नाम अरु पाँच जना ‘करिअर जज’ जस्तै न्यायपरिषद्बाट सर्वसम्मतीले सिफारिस भएको हो । कानुनमा स्नातकको न्यूनतम योग्यता हासिल गरेका राणाले न्यायसम्पादनमा विशेषज्ञतामा ध्यान नदिएको सहकर्मी न्यायाधीशहरुको पिरलो छ । 
     
    २०१४ साल मंसिर २८ गते जन्मेका राणा सर्वोच्चका सबैभन्दा ‘योङ’ न्यायाधीश हुने भएका छन् ।
     
    यही खेपमा सिफारिश भएका न्यायाधिशद्वय दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको नाममा न्याय परिषद् सदस्य एवं सर्वोच्चका वरिष्ठतम् न्यायाधीश रामकुमारप्रसादले साहले असहमति व्यक्त गरेका छन् । ‘दुवै जना सर्वोच्च न्यायाधीश हुन योग्य नभएको’ आरोप उनले लगाएका छन् । 
     
    इलाम पुनरावेदनमा रहँदा लागू औषधको फैसलामा गम्भिर त्रुटि गरेको भन्दै न्यायाधीश बलराम केसीले ‘न्यायिक टिप्पणी’ लेखेको प्रसङ्ग पनि साहले निकटस्थहरुसँग व्यक्त गरेका छन् । 
     
    पुनरावेदनमा राणा भन्दा सिनियर जोशी पनि केही महिनालाई मुलुकको प्रधान न्यायाधीश हुने रोलक्रम तय भएको छ ।
     
    न्यायधीश सिफारिशको आलोचनाको अर्को प्रमुख पाटो पनि छ । सर्वोच्चमा लामो अवधि अस्थायी न्यायाधीश भएर काम गरेका ‘काबिल’हरुलाई छुटाएर आफ्नालाई तानेर टिका लगाएर ल्याउने काम भएको भनी व्यापक आलोचना भइरहेको छ । 
    ...
    अस्थायी न्यायाधीशहरु प्रकाश वस्ती, भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीलाई छुटाउनुले ‘अदालतभित्रै न्याय मरेको’ सन्देश दिएको छ ।  
     
    अस्थायीबाट ‘गलहत्याइएका’ तीनजना मध्ये वस्ती सबैभन्दा ठूलो मारमा परेका छन् । पाँच वर्ष भन्दा लामो अवधि अस्थायी भएर उनलाई विदा दिइएको छ । कार्कीद्वय पनि तीन वर्ष अस्थायी न्यायधीशमा काम गरेर अघोषित ‘पजनी’मा परेका छन् ।  
     
    न्यायपरिषद्को यस्तो निर्णय गैरकानुनी नहोला । कानूनको ठ्याक्कै कुनै दफासँग नबाझ्ला। तर अहिलेको सिफारिशमा न्याय भने हुन सकेको छैन । पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझीले पहिले छटनी गर्नुपर्नेलाई जवरजस्ती सर्वोच्चमा ल्याउन लागिएको भनी सार्वजनिक आलोचना गरेका छन् । 
     
    अर्का पूर्व प्रधानन्यायधीश अनुपराज शर्मालाई परिषद्को यस्तो निर्णय पुरापुर अस्वभाविक लागेको छ । ‘योग्य भनेर पटक पटक अस्थायीमा म्याद थप्दै जाने,’ शर्माले प्रश्न गरेका छन्, ‘अहिले तीनै न्यायधीशहरुलाई के आधारमा अयोग्य ठहर्या‍एर घर जा भनियो ?’
     
    यत्रो लामो अवधि (लगभग अढाई वर्ष) न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको मापदण्ड बनाउन तल्लिन भएको प्रचार र अहिलेको सिफारिशमा शर्माले संगती भेट्टाउन सकेका छैनन् । 
     
    ‘कुन क्राइटेरियाको आधारमा को परेको र को नपरेको भन्ने पारदर्शी परिपाटी हुनुपर्थ्यो,’ उनले भने, ‘खालि हुने बित्तिकै नियुक्ति गर्दै यसरि नखप्ट्याएको भए यस्तो विकृति हुन्नथ्यो कि!’ 
     
    सर्वोच्चमा १५ जाना स्थायी न्यायधीशको दरवन्दी छ । पाँचजनासम्म अस्थायी नियुक्ति गर्न सकिन्छ । ‘फेरि दुईवटा स्थायीकै दरवन्दी किन खाली राखेको, मैले बुझ्न सकेको छैन,’ शर्माले आश्चर्य व्यक्त गरे । 
    ...
    न्याय परिषद्ले ‘अयोग्य’ ठहर्या‍एको प्रकाश वस्ती न्याय सम्पादनको हिसाबले ‘अव्वल’ न्यायाधीश हुन् । चैतमै भएको मुद्दा फैसलाको तथ्याङ्कले वस्तीले सबैभन्दा बढि मुद्दा छिनेको देखाउँछ । 
     
    चैत २८ गते अस्थायी न्यायाधीशको कार्यकाल सकिने तनावबीच उनले त्यो महिना १६६ मुद्दा छिने । दोस्रो धेरै मुद्दा छिन्ने तर्कराज भट्टको संख्या उनको भन्दा झण्डैं आधा ८५ छ । अस्थायीबाट अहिले स्थायी हुन पाएका न्यायाधीश वैद्यनाथ उपाध्यायले जम्मा ४६ वटामा निर्णय दिए । 
     
    वस्तीलाई चैत महिना मात्र फापेको हैन । अदालतको वार्षिक प्रतिवेदनको पाना पल्टायो भने पाँचै वर्षका तथ्याङ्कमा अरु धेरै श्रीमानहरुलाई धेरै पछाडि छाडेर उनले न्याय निरुपण गरेका छन् । 
     
    २०६९/७० को तथ्याङ्क लिने हो भने वस्तीले ११९६ मुद्दा छिने भने कार्की १०१५ निर्णय दिएर दोस्रो भइन्। उपाध्यायको फैसला जम्मा ५३२ छ । 
     
    यति धेरै फैसला गर्दा पनि वस्तीले दिएको फैसला खासै विवादमा परेनन् । अंश, लेनदेन लिखत, फौजदारी प्रमाणको विवेचना, दुषित दर्ता (जग्गा) जस्ता ‘इस्यु’ मा वस्तीले दर्जनौं न्यायिक निर्णय दिए । ती फैसलाबाट नजिर कायम भएका छन् । सबै फैसला नजिर हुँदैनन् । 
     
    फैसलामा एक नम्बर भएरपनि उनले सर्वोच्चको अरु काममा उत्तिकै योगदान पुर्या‍ए । प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठको अगुवाइमा सुरु भएको विृकतीबिहिन न्यायपालिकाको सुधारका एक अभियन्ता वस्ती थिए । 
     
    नेपाल कानून पत्रिका, सर्वोच्चको बुलेटिनको सम्पादन, अंग्रेजी अनुवाद लगायत अतिरिक्त काममा उनकै नेतृत्व थियो । 
     
    सर्वोच्चको न्यायाधीश हुनुअघि सम्पादक भएर पत्रिका निकालेको अनुभवले पनि यी काम फर्स्याउन वस्तीलाई सजिलो भयो । 
    ...       
    वस्तीले सर्वोच्च न्यायाधीश हुनुलाई जीवनको एउटै मात्र लक्ष्य बनाएका थिएनन् । उनको चल्तीको ‘ल फर्म’ थियो । देवानी मुद्दामा विज्ञ वरिष्ठ अधिवक्ता लेखन, अध्ययन, अनुसन्धानमा पनि उत्तिकै सक्रिय थिए। 
     
    २०६५ सालको एक दिन न्यायपरिषद् सदस्य मोतीकाजी स्थापितले सर्वोच्चमा आउन अफर गरे । ‘अस्थायीमा जान्न स्थायी पाए सोचौंला,’ उनले जवाफ दिए ।
     
    मोतीकाजीले अर्को पटक डाकेर फेरि कर गरे । अस्थायी नै भएपनि दुई वर्षभित्र स्थायी हुँदा ‘प्रधान न्यायाधीश’को सम्भावना भएको स्थापितको तर्कले वस्ती पग्लिए  ।
     
    ल क्याम्पसमा २१ वर्ष अध्यापन, ३२ वर्षको सक्रिय वकालतबाट खारिएका कानून व्यवसायी बल्ल न्यायको तराजु समाउन राजी भए । 
     
    २०६५ माघ ८ गते सर्वोच्चको न्यायधीश भए । दुई वर्षभित्रै केहि न्यायधीश स्थायी गर्ने पालो आयो । प्रधान न्यायधीश शर्मा र वरिष्ठतम रामप्रसाद श्रेष्ठले वस्तीलाई स्थायी बनाउन चाहे । 
     
    उनैले दुईजानालाई भेटेर निवेदन गरे, ‘अस्थायी बनाउँदा रोलक्रम तलमाथि गरेर मलाई स्थायी चाहिएन, बरु घर जाउँला ।’
     
    श्रेष्ठ प्रधान न्यायधीशको छोटो कार्यकालमै न्यायपालिका सुधारको छाप छाडेर विदाई भए । खीलरज रेग्मी प्रधान न्यायाधीश भए । रेग्मी न्यायपरिषद् अध्यक्ष हुँदा सर्वोच्चबाट जाने सदस्य (वरिष्ठतम न्यायधीश) मात्र फेरिएनन्, बारबाट आउने दुई सदस्यको पनि बदली भइसकेको थियो ।
     
    रेग्मी बाहेक न्यायपरिषद्को यो ‘टिम’ वस्तीप्रति सकारात्मक थिएन । पहिलो पटक संसदीय सुनुवाईको प्रकृया पार गरेर स्थायी भएका न्यायधीश फेरि त्यहिँ जङ्घार तर्नुप¥यो ।
     
    तैपनि न्यायपरिषद्ले स्थायी गर्ने सुरसार गरेन । आफ्नो कारण यो ‘डेडलक’ भएको वस्तीले बुझिहाले । न्यायपरिषद्ले वस्तीलाई नरुचाउने त्यसको घाटा उनी भन्दा जुनियर अस्थायी न्यायधीशरु तर्कराज भट्ट,
    भरतराज उप्रेती, भरतबहादुर कार्की, ज्ञानेन्द्रबहादुर कार्कीहरुले पनि बेहोर्नुपर्ने भयो 
     
    यतिञ्जेल सर्वोच्चको प्रधान न्यायधीश (कायम मुकायम)को कुर्सीमा दामोदरप्रसदा शर्मा आइसकेका थिए । भट्ट समेत उपस्थित भएको बेला वस्तीले प्रधान न्यायधीशलाई भने, ‘मेरो कारणले साथिहरुलाई अन्याय हुनुभएन, मलाई घर पठाइदिएर अरुलाई स्थायी गर्दिऊ ।’
     
    ‘त्यस्तो हैन, हैन,’ केहि महिना अघिको त्यो भलाकुसारी सम्झिँदै वस्ती भन्छन्, ‘तँपाईलाई स्थायीमा नल्याई कहाँ हुन्छ ।’
     
    प्रधान न्यायाधीश शर्माले पटक पटक दिएका यस्ता अश्वासन खोक्रो सावित भएको छ । स्थायीमा सिफारिश नभएपछि न्यायधीशको रुपमा उनको ‘करिअर’मा विराम लाग्यो।  
    ...
     
    चैत २८ गते वस्ती र कार्कीद्वयको अस्थायी पदावधि सकियो । प्रधान न्यायधीश शर्माको च्याम्बरमा उनीहरु जम्मा भए । 
     
    ‘हाम्रो कोट र किताव लिएर विदावारी हौं की श्रीमान्,’ भरतबहादुर कार्कीले शर्मालाई सोधे । 
     
    ‘म तँपाईहरुलाई नल्याइ छोडुला, विदावारी पनि हुने हैन,’ शर्माले भने, ‘किताब, कोट मात्र हैन तँपाईहरुको अरु सामान पनि यहिँ रहन्छ ।’
     
    हिजो (बुधवार) वस्ती आफ्नो च्याम्बरमा रहेको एक जोर दौरा सुरुवाल, कोट र किताव लिन सर्वोच्च गए । पाँच वर्षसँगै काम गरेका आफ्ना इजलासका कर्मचारी, प्रेसका स्टाफ र अरु सहायकहरुसँग विदा भए । 
     
    आफू सर्वोच्चमा स्थायी हुन पाइन भनेर उनले पिरिएनन् । न त कसैलाई गालीगलौज गरे । आफ्नो कारणले अरु तीनजाना पनि स्थायी हुन नपाएको भन्दै पश्चाताप भने व्यक्त गरे । 
     
    ‘त्यो पीडा मेरो मुटुमा लेखिएको छ,’ वस्तीले सेतोपाटीलाई भने, ‘मलाई जीवनभर यसको अपराधबोध भएको छ ।’
     
    कार्कीद्वय र भट्ट श्रीमानसँग यसबारे वस्तीले माफी मागिसकेका छन् । तपाईँको केहि दोष छैन, हामीले सबै कुरा बुझेका छौं भनेर ती पीडित न्यायधीशहरुले पनि उनलाई सान्त्वना दिएका छन् । 
     
    अहिलेको नियुक्तिको न्यायपालिकाभित्र आलोचित नै बनेको छ । आफ्नालाई ल्याउनलाई कम विवादास्पद र ‘कन्फर्म’ मुख्य न्यायाधीशहरुलाई पाखा लगाइएको छ ।
     
    न्यायपरिषद्को यो रवैयाविरुद्व पुनरावेदन जुम्लाका एकराज आचार्यले सार्वजनिक वक्तव्य दिँदै पदबाट राजीनामा दिए । ‘इमान्दारीपूर्वक काम गरेर परिषद्को कुनै सदस्यको दैलो नचाहरेकोले सर्वोच्च जानबाट वञ्चित गराइयो,’ भन्दै उनले न्यायपरिषद्लाई चुनौती दिएका छन् ।  
    ...
    सर्वोच्चका न्यायधीशले अवकाश पाएको ३५ दिनसम्म मोटर प्रयोग गर्ने प्रचलन छ । वस्तीले मोटरको साँचो बुधवारै बुझाइदिए । सर्वोच्चको गेटबाट पैदलै नयाँबजार घरतिर आए ।  
     
    पाँच वर्ष काम गरेर पनि पेन्सन नपाई विदा हुने पहिलो न्यायधीश पनि सायद वस्ती नै भएका छन् । 
     
    वैशाखको टन्टलापुर घाममा सिंहदरवारबाट नयाँ बजार निवास आइरहँदा वस्तीका मनमा अनेक तर्कना खेले । 
     
    ‘भर्खर ५९ वर्ष भएँ। सुगर, प्रेसर केही छैन । अब काम केही नहुने भयो,’ उनले भने, ‘आफूले जानेको वकालत पनि अब गर्न पाइन्न ।’
     
    सर्वोच्च न्यायधीश भइसकेको व्यक्तिलाई वकालत गर्न संविधानले रोक लगाएको छ । २०४७ को संविधानमा स्थायी न्यायधीशका हकमा रहेको त्यो बन्देज २०६३ को संविधानले अस्थायीका हकमा पनि कायम गरिदियो । 
     
    सर्वोच्चमा अस्थायी न्यायधीश भएको व्यक्ति ‘स्थायी भइहाल्छ’ भन्ने परिकल्पना संविधानले राखेको देखियो । वस्तीले सेवा गरेको यही पाँच वर्ष उनी स्थायी भएका भए पेन्सन पाउँथे । 
     
    उनले जानेको सबै ढोका बन्द भएको जस्तो भएको छ । ‘मप्रति किन दुराग्रह भयो, बुझ्न सकेको छैन,’ उनले सेतोपाटीलाई भने, ‘सबै प्रधान न्यायाधीशले ल्याउने/ल्याउने भने । अहिलेपनि किन लगिएन निर्णयकर्ताले नै जवाफ दिन सक्नुहोला ।’
     
    ...
    नेपालको न्यायपालिकालाई बुझ्न अहिले पुरस्कृत राणा र दण्डित वस्ती दुई प्रतिनिधि पात्र भएका छन् । उनीहरुको गुणदोष केलायो भन्ने कसको पल्लाभारि हुन्छ भन्ने न्याय क्षेत्रका सामान्य कर्मचारीलाई समेत कण्ठस्तै छ ।
     
    किन गलहत्तिनुपर्यो भन्ने कारण वस्तीले पहिल्याउन नसकेपनि सर्वोच्च, पुनरावेदन र जिल्लाका हालवाला र पूर्व न्यायमूर्ती तथा अरु कर्मचारीले यसबारे धारणा बनाइसकेका छन् । 
     
    ‘चोलेन्द्रको उदय र वस्तीको अस्तमा भ्रष्टाचार मुद्दा कारक बनेको छ,’ सर्वोच्चका एक पूर्व न्यायाधीशले भने, ‘एउटाले कांग्रेसीलाई बचाए अर्काले कांग्रेसीलाई मुद्दा हाल्न लगाए भन्ने विश्वासले काम गरेको देखियो।’ 
     
    अख्तियारले २०५९ सालदेखि धमाधम अकुत संपत्तिमा अनुसन्धान गर्न थाल्यो । पूर्व मन्त्री, पूर्व आइजिपी, जिएमहरु, सचिव र अरु कर्मचारीको घरमा छापा मारी अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान थालियो । 
     
    कांग्रेसीले तत्कालीन प्रमुख आयुक्र सूर्यनाथ उपाध्यायले छानीछानी तारो बनाएको आरोप लगाए । त्यतिबेला उपाध्यायलाई अख्तियारमा सहयोग गर्नेमा कानून व्यवसायी वस्ती पनि एक थिए । अख्तियारले तयार गर्ने आरोप पत्रमा वस्तीको पनि ‘इनपुट’ रहन्थ्यो ।  उनी अख्तियारका परामर्शदाता थिए।
     
    ‘सूर्यनाथको त्यो पूर्वाग्रहपूर्ण कारबाहीको मतियार वस्तीलाई कुनै हालतमा स्थायी बन्न नदिने भनेर हामीले प्रधानमन्त्री, कानुनमन्त्री नरहरि आचार्य, न्यायपरिषद् सदस्य उपेन्द्रकेशरी न्यौपाने मार्फत् लविङ गर्‍यौँ,’ कांग्रेसका एक नेताले भने, ‘सफल भइयो ।’
     
    न्यायपरिषद्काे अहिलेको संरचनामा कांग्रेस निकटहरुको प्रभाव छ। न्यायपरिषद् सदस्य न्याैपाने कांग्रेस निकट डमोक्रेटिक लयर्स एसाेसिएशनका पूर्व अध्यक्ष हुन्। अरु कांग्रेसी मन्त्रीहरुले पनि वस्तीलाई रोक्न प्रधानमन्त्रीसँग अनुराेध गरेको दावी स्राेतकाे छ।
     
    अख्तियारले त्यतिबेला मुद्दा चलाएका प्रहरी, कर्मचारी, जिएम पनि कांग्रेसी भएकै कारण तारो भएको धारणा कांग्रेसीजनमा व्याप्त छ।
     
    अख्तियारले मुद्दा चलाएको खुमबहादुर खड्का, गोविन्दराज जोशी, जेपी गुप्ता, पूर्व आइजिपीहरु मोतीलाल बोहरा लगायत दर्जनौंलाई विशेष अदालतले सफाई दियो । 
     
    राणा उनीहरुलाई छुटकारा दिने न्यायाधीशको हिसावले कतिपय कांग्रेसको ‘गुड बुक’ मा छन् ।
     
    इज्जत कमाएका पूर्व प्रधान न्यायाधीश रायमाझी, शर्माहरुले सार्वजनिक आलोचना गर्नुपर्ने गरि वस्तीलाई स्थायी नगरिएकोमा अर्को कारण पनि छ– गोपाल पराजुलीकोको प्रधान न्यायाधीशको रोल सुनिश्चितता । 
    अहिले सिफारिशमा परेका पराजुली वस्ती भन्दा जेठा छन् । वस्तीलाई स्थायीमा लादा उनी प्रधान न्यायाधीश हुन्थे । पराजुली प्रधान नभई घर जानुपर्थ्यो। 
     
    कांग्रेसको पहुँचले २०४८ सालमा पुनरावेदन न्यायाधीश भएका पराजुलीलाई प्रधान न्यायाधीश कुर्सी सुनिश्चत गर्न पनि वस्ती कोपभाजनमा परेको बताइन्छ । 
     
    जबकि  विभिन्न पुनरावेदनको न्यायधीश रहँदा पराजुली पटक पटक विवादमा पर्ने गरेका छन् ।    
    ...
     
    अहिलेको सिफारिशले न्यायपालिकाप्रतिको जनविश्वासमा आँच आउने धारणा यसको नेतृत्व गरिसकेका पूर्व प्रधान न्यायाधीशहरले व्यक्त गरेका छन् । उनीहरुको अभिव्यक्तिको संकेत गम्भिर छ । 
     
    सर्वोच्च न्यायाधीशहरुको ‘वजन’ क्रमश घट्दै गएको अनुभूति भइरहेको बेला यो अर्को धक्का भएको छ । 
     
    न्याय सम्पादनका क्रममा सबैभन्दा आधरभूत चरित्र ‘इमान्दारी’ हो त्यसलाई पनि ‘नोटिस’मा लिन न्यायपरिषद्ले जरुरी ठानेको छैन । 
     
    त्यसैले न्यायक्षेत्र बुझेका ज्ञाताहरुले अहिलेको सिफारिसको स्वागत गर्न सकेका छैनन् ।
     
    ‘न्यायाधीशको मुख्य गुण ‘आर्थिक र बौद्विक’ इमान्दारी हो,’ कानुन सुधार आयोगका पूर्वसचिव मोहन बञ्जाडेले भने, ‘त्यसमा परिषद्को कति ध्यान पुग्यो मूल्यांकनको विषय हुन सक्छ ।’
     
    न्यायमूर्तिहरुको सही र गलत कामको मूल्यांकनको अभिलेख दुरुस्त राख्ने परिपाटीको विकास गर्न उनले सुझाव दिए । 
     
    ‘न्यायपरिषद्को एउटै निर्णयले पुरै पद्धति बन्ने वा भत्किने हुँदेन,’ बञ्जाडेले भने, ‘पारदर्शी अभिलेख पद्धति सुरु भयो भने धेरै समस्याको समाधान आफै हुन्छ ।’
     
    सर्वोच्च अदालतमा कानून र न्यायका नविन आयामहरुलाई बुझेका ‘फ्रेस’हरुको पनि प्रवेश आवश्यक भएको धारणा उनको छ । 
     
    न्यायधीश सिफारिको जुन ढंगले बहस भइरहेको छ त्यसमा अधिवक्ता कुमार रेग्मी पुरापुर सहमत छैनन् । ‘पुनरावेदनको मुख्य न्यायधीश गरिमामय र पावरफुल ओहोदा हो,’ रेग्मी प्रश्न गर्छन्, ‘पुनरावेदनमा नेतृत्व दिइरहेका न्यायाधीश सर्वोच्चका लागि अयोग्य भन्न मिल्ला र?’
     
    सर्वोच्चले कानुनको व्याख्या मात्र गर्दैन । कानुन बनाउँछ पनि । ‘नजिर’ कानुन नै हो । 
     
    कानून व्याख्या वा निर्माणमा भने अहिले सिफारिस भएका न्यायमूर्तीबाट कानून व्यवसायीले ठूलो अपेक्षा गरेका छैनन् । उनीहरु सर्वोच्चको अहिलको सेटिङ्लाई ‘परम्परागत’ मान्छन् । 
     
    ‘कानूनको व्याख्या र नजिर स्थापनामा अब आउने चुनौती सामना गर्ने खालको ठूलो अपेक्षा भने हामीले सर्वोच्च अदालतबाट नगरे हुन्छ,’ रेग्मीले भने । 
     
    प्रजातन्त्रलाई संस्थागत गर्न स्वतन्त्र र सक्षम न्यायपालिका अपरिहार्य हुन्छ । आठ/आठ जाना स्थायी न्यायाधीश एकैपटक सर्वोच्च प्रवेश गर्न लाग्दा उत्पन्न निराशा त्यसको लागि शुभ लक्षण हैन । 

    प्रतिकृया दिनुहोस

    थप समाचार

    अंग्रेजी संस्करणबाट

    विचार

    • कसैको राजिनामा अस्वीकृत गर्नु दासताको निरन्तरताकसैको राजिनामा अस्वीकृत गर्नु दासताको निरन्तरता

      अन्तरिम संविधानले नै राजिनामा स्वीकृति गरिरहनुपर्ने व्यवस्था गरेको छैन। राजिनामा अस्वीकृति गर्नु संविधान अनुकूल होइन। अन्तर्राष्ट्रिय महासन्धिहरु बिरुद्ध हो। राजिनामा दिनेबित्तिकै स्वतः स्वीकृत हुने व्यवस्था हाम्रो संविधानमा छ। कुनै पनि सरकारी वा निजी कम्पनीले कसैको राजिनामा अस्वीकृत गर्नु गैरकानुनी त हो नै, यसलाई सबैले दासताको निरन्तरताका रुपमा बुझ्नुपर्छ।

      रमेश बडाल

    • अबहेलना गर्ने हो भने नेपालमा अदालत नामको संस्थै नराखौंअबहेलना गर्ने हो भने नेपालमा अदालत नामको संस्थै नराखौं

      परमादेशको अबहेलना गर्ने हो भने अदालत किन चाहियो? नेपालमा अदालतविनाको नयाँ राजनीतिक मोडलको प्रयोग गरेर विश्वलाई देखाइदिउ न। ... प्रचण्डले कांग्रेसका रामचन्द्र पौडेल, शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाईे भेटेर अर्न्तराष्ट्रिय मान्यता अनुसारको विधेयक ल्याएमा तिमिहरु प्नि पर्छौ भनेर तर्साइदिएछन्। ... आफ्नो पिता पूर्खा र आफ्नै पौरखले आर्जेको जग्गाजमिन कब्जा हुदाको पीडा पीडितलाई मात्रै थाहा हुन्छ। सिंहदरवार र राजधानीका होटलका हलहरुमा फगत गफ गर्नेहरु जस्को केही गुमेको छैन उनीहरुलाई के थाहा?

      कुलबहादुर गुरुङ

    • विशेष सम्पादकीयः मिडियामा विदेशी लगानीविशेष सम्पादकीयः मिडियामा विदेशी लगानी

      कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने थुप्रै कार्यक्रमहरुमा विदेशी सहयोगमा उत्पादित कार्यक्रम रहने गरेका छन्। विदेशी लगानी वा सहयोग लिने सञ्चार गृहको तटस्थताप्रति प्रश्न उठ्ने तर सिधै विदेशी सहयोगमा उत्पादित कार्यक्रम र विषयबस्तु प्रशारण र प्रकासन हुँदा निष्पक्ष हुने तर्क असंगतिपूर्ण छ। ... हामी जुन सोसल मिडियाको युगमा प्रवेश गरेका छौ त्यहाँ समाचार र विचारमा पत्रकार र सञ्चारगृहको एकाधिकार तोडिएको छ। सञ्चार गृह र पत्रकार मात्र समाचार र विचारको एकतर्फी बहाक हुने जुग फेरिएको छ। अब समाचार र विचारको निर्माण पत्रकार तथा पाठक / दर्शक / श्रोता मिलेर गर्न थालेका छन्। ... अपारदर्शी संस्कृति कायमै रह्यो भने राजनीति र मिडियाको बजारसँगको सम्झौता सिमाहिन हुँदै जाने छ। त्यसले हाम्रो लोकतन्त्रलाई थप क्षति गर्ने छ।

      विशेष सम्पादकीय

    ब्लग

    • ‘चिट’ चोर्नुपर्ने चुनाव‘चिट’ चोर्नुपर्ने चुनाव

      चुनाबमा यस्तो दृश्य देखियो जुन, दृश्य पार्टी सिध्याउन पर्याप्त थियो। जिल्ला सम्मेलनका लागि प्रतिनिधी चयन गर्दादेखि नै एउटा पक्षलाई अलग गरी गरिएको निर्वाचनमा लिष्ट बाँडियो। कार्यकर्ताले भोटिङमा चिट नै चोर्नुपर्‍यो। प्रचण्ड पक्षकाले दिएको लिष्ट खोल्तीबाट निकाल्दै जुन–जुन नाम लिष्टमा छन् तिनैलाई मात्र भोट हाल्न प्रचण्ड पक्षका कार्यकर्तालाई निकै अप्ठेरो परेको थियो। यतिसम्म कि पार्टी चलाउन नभई नहुने नेतालाई समेत हराउने रणनीति तय गरिएको थियो तर कार्यकर्ताको ब्रम्हले त्यो मानेन र केहि नेताले निर्वाचन जित्न पुुगे।

      नवराज बराल

    • अस्पतालमा मैले जे देखेँअस्पतालमा मैले जे देखेँ

      हामीले देख्ने र भोग्ने गरेकै कुरा हो, बिरामीहरुको नाडी तथा निधार नछामी औषधी सिफारिस गर्ने चिकित्सकहरु पनि यही समाजमा छन्। बिरामीहरुको समस्यालाई गहिरो रुपमा नबुझी औषधी सिफारिस गर्दा रोग र औषधी फरक परेका कारण बिरामीहरुको ज्यान नै जोखिममा पर्ने गरेका कतिपय उदाहरणहरु हाम्रा सामु छन्। बिरामी र चिकित्सकका बिचमा सम्वाद नहुंदा एउटा खुट्टा प्लाष्टर गर्नुपर्नेमा अर्को गरिएको र पाठेघरको बिरामी नभएकाको पनि पाठेघरको अप्रेसन गरिएका घटना अझै पनि ताजै छन्।

      भगवती पाण्डे

    • सत्य निरुपणको अनुभवसत्य निरुपणको अनुभव

      पश्चिम अफ्रिकी मुलुक लाइबेरिया सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को प्रयोग गर्ने मुलुकहरु मध्येकोएउटा थप नयाँ अनुभव थियो । यसको प्रयोग कुन रुपमा भयो वा यो प्रयोग सफल भयो कि भएन भन्ने विषयको लेखाजोखा आआफ्नो हिसाबले भएको छ । तर लाइबेरियाको अनुभवबाट के सिक्ने भन्ने बारेमाभने केही दृष्टिकोण बनाउन सकिन्छ ।

      डा. विपिन अधिकारी

    साहित्यपाटी

    • भीमलको आत्महत्याभीमलको आत्महत्या

      भीमल दिनभर झोक्रयायो, अनि रातको अँध्यारोमा उसले आत्महत्या गर्‍यो। बिहान उठेर हेर्दा सबै स्तव्ध भए। भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो। गहिरोसंग धरातलमा गाडिएका उसका जराहरू उखेलिएका थिए, हावामा झुण्डिएका थिए। भीमलका निष्प्राण जराहरू हावामा फिर्फिर हल्लिरहेका थिए।

      ब्रजेश

    • पाठ १. भोलि कण्ठपारेर आउ है !पाठ १. भोलि कण्ठपारेर आउ है !

      संविधान X १ = संविधान  संविधान X २ = अन्तरिम संविधान संविधान X ३ = मस्यौदा नयाँ संविधान संविधान X ४ = सहमतीय नयाँ नेप...

      चट्याङ मास्टर

    • आमा तिम्रो आँसु बग्योआमा तिम्रो आँसु बग्यो

      आमा तिम्रो आँसु बग्यो सगरमाथाको शिर माथि निष्ठुरी रैछ खुम्बु पहिरो चिरयो तिम्रो छाती हिउँ पहिरोले च्यापियर छट पटिदा, आमा भनि बोल्यो होला

      नारायण अधिकारी

    पाठक विचार

    • 'नरहरिजी र मेरोबारे प्रकाशित पत्र काल्पनिक'

      पाठक प्रतिक्रियामा उल्लेख भएजस्तो कुनै पनि पात्र र परिवारसँग मेरो चिनजान छैन। मलाई 'शारदा काकी' का रुपमा उल्लेख गरिएको उक्त पत्रमा लेखिएजसरी मैले कसैको घरमा त्यस्तो किताब छाडेको पनि छैन। त्यस्तो नामको किताब मैले देखेको पनि छैन।

      शारदा शर्मा

    • लोक्तन्त्र जिन्दाबाद !

      सम्झनाहरुले पिरोल्दैछन् खाटा बसेको घाउ फ़ेरि बिथोलिदैछन तर पिडाको अनुभुति शुन्यप्राय छ। केबल रोमान्चकता छ हर्षोल्लास छ सायद एउटा नयाँ बिहानि हुदैछ आज घ...

      सुमित अधिकारी

    लोकप्रिय

    सिफारिस

    सूचनापाटी

    छापाबाट