Tuesday, April 15, 2014

विमान अपहरणमा प्रधानमन्त्रीमाथि पनि मुद्दा चलाउने रायमाझीको चेतावनी


Top Bahadur Rayamajhi
काठमाडौं, वैशाख २ - एमाओवादी नेता टोपबहादुर रायमाझीले कृष्णप्रसाद अधिकारी हत्याकाण्डको आरोपमा आफ्ना कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिएर उनीहरुलाई रिहा नगरे विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।
‘कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा ११ जना माओवादी कार्यकर्तामाथि झुठा मुद्दा लगाइएको छ,’ राजधानीमा मंगलबार भएको साक्षात्कारमा उनले भने, ‘उनीहरुवीरुद्धको मुद्दा तत्काल फिर्ता लिएर नछाडे सरकारमा रहेका कुनै पनि दललाई हामि बाँकी राख्दैनौ सबैका विरुद्ध मुद्दा दायर गर्छौं ।’
रायमाझीले २०३० सालमा भएको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइराला, झापा आन्दोलनको बेला एमालेका नेताहरुले गरेको हत्या, राजा र राजका मतियारविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिए ।
साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवादीको धम्किबाट डराएर सरकारले कुनै पनि हालतमा मुद्दा फिर्ता लिन नहुने बताउँदै कांग्रेसले खुट्टा कमाए लोकतन्त्र र विधिको शासनको मुल्य मान्यताबाट च्यूत हुने चेतावनी दिए ।
उनले भने– ‘कांग्रेस माओवादीको धम्किबाट डराउनु हुँदैन, अपराधीलाई कानून अनुसार कारवाही गरेरै छाड्नु पर्छ ।’
एमाले नेता भीम रावलले माओवादीमा अझै पनि द्वन्द्वको धङधगी कायम रहेको भन्दै उनीहरुको धम्किको सरकारले कडा प्रतिबाद गर्नु पर्ने बताए ।
रावलले अनसनमा बसेका नन्दप्रसाद अधिकारी दम्पतीलाई भेटेर अनसन फिर्ता लिन आग्रह गर्ने अनि बाहिर आएपछि आन्दोलनको धम्कि दिने दोहोरो चरित्र ठिक नभएको भन्दै कुनै पनि हालतमा मुद्दा फिर्ता हुन नहुने तर्क गरे । उनले भने– ‘मुद्दा फिर्ता भए अदालतको अपमान हुन्छ ।’
प्रकाशित मिति: २०७१ वैशाख २ ०५:०५
- See more at: http://www.ekantipur.com/np/2071/1/2/full-story/387579.html#sthash.9JzyZmzm.ASZFK150.dpuf

No comments:

Post a Comment