बगरमा तरकारीखेती लाखौंको आम्दानी
Tuesday, 15 April 2014 07:47:21
New 0 0 0 0
New 0 0 0 0

तुलसीपुर । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका दाङ देउखुरीका राप्ती नदीसँगै आसपासमा बसोबास गर्दै आएका सयौँ किसान अहिले बगरमा गरिएको तरकारीखेतीबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । त्यस भेगका सात गाविसका सयौँ किसान अहिले भने बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका छन् ।
अहिले सो क्षेत्रका गढवा, गगापरस्पुर, सोनपुर, सिसहनिया लगातका सात गाविसका करिब ५०० बढी किसानले बगर तरकारीखेतीबाट राम्रो कमाइ गरिरहेका छन् । राप्ती नदी आसपासका सात गाविसमा ५५७ किसानले बगरखेतीबाटै एक सिजनमा एक जनाले रु ६० हजारसम्म आम्दानी गरेको तरकारीखेती गरिरहेकी प्रमिला चौधरीले बताउनुभयो । उहाँका अनुसार राप्ती नदीले कटान गरेर बगर बनाएको १०० हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यति बेला राम्रो कमाइ गरिरहेका छन् । विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको किसानहरू बताउँछन् । पाँच वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालय दाङको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, करेला, परवर, गाँजर, फर्सी, खरभुजाको व्यवसायिकखेतीको गरेको बताउनुहुन्छ त्यहांँ तरकारीखेती गरेका अर्का किसान नन्दु चौधरी ।
उहाँ भन्नुहुन्छ एकातिर नदीले बगरमा परिणत गरेको जग्गालाई संरक्षण गर्ने सकिएको छ भने अर्कोतर्फ तरकारीखेती गरेर आर्थिक रुपमा पनि सक्षम हुन पाएको हँुदा पहिलाको पीडालाई भुल्न सकिएको छ । उहाँका अनुसार अहिले एक दिनमै प्रतिकिसानले २५ देखि ३० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्ने गरेका छन् । अहिले त्यहाँ उत्पादन गरेको तरकारी जिल्लाका प्रमुख बजारहरू तुलसीपुर, घोराही, लमही, भालुबाङ, नारायणपुरलगायतका बजारमा किसानले बिक्री गर्ने गरेका छन् । त्यसैगरी जिल्ला बाहिर बुटवल, नेपालगन्जलगायतका ठाउँमा पनि लगेर बिक्री गर्ने गरेको किसानहरू बताउँछन् । रासस
- See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=15053&catId=2#sthash.BGFFSBDD.dpuf
No comments:
Post a Comment