समाज
जबरजस्ती गर्ने बालक पुर्पक्षका लागि बालसुधार गृहमा
मिति : २०७१ बैशाख ८, सोमबार [1382 पटक पढिएको]
छेटु शेर्पा |
बैशाख : जिल्लाको १४ वर्षीया एक बालिकालाई जबरजस्ती बलात्कार गर्ने एक बालकलाई पुर्पक्षको लागि बालसुधार गृह विराटनगर चलान गरिएको छ । दिदिङ गाविस घर भई हाल खाँदबारी नपा–१ मा बसोबास गर्ने १५ वर्षीया दिनेश राईले चैत १७ गते राति बालिकालाई जबरजस्ती गरेका थिए ।
सङ्खुवासभा जिल्ला अदालतका न्यायधीश टिकाराम उप्रेतीको एकल इजलासले सोमबार बालसुधार गृह विराटनगर चलान गर्न आदेश दिएको हो।
पीडितले चैत १८ गते जिल्ला प्रहरी कार्यालय खाँदबारीमा उजुरी दर्ता गराएपछि प्रहरीले आरोपितलाई चैत १८ गते पक्राउ गरेको थियो । प्रहरीले चैत १९ गते जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो। आरोपितले खाँदबारी नपा–१ को देवकोटा चोकबाट जबरजस्ती तानेर एकान्तमा लगेर सहमति बिनै बलात्कार गरेका थिए ।
No comments:
Post a Comment