Monday, April 21, 2014

ज्युँदैमा सम्मान गर्ने परिपाटीको विकास गरौं

ज्युँदैमा सम्मान गर्ने परिपाटीको विकास गरौं

Friday, 07 March 2014 02:49:30
 New  0  0  0  0

जनार्जन पौडेल
बज्र भएर भष्टचारी ध्वस्त पारी देउ 
कमिसन खोरी कालाबजारी आज भगाइदेउ । 
नौजवान आज समाजको लगाम समाइदेउ ।।
यि पंक्तिहरू भद्रकुमारी घलेले लेख्नु भएको जाग जाग नौजवान शिर्षकको कबिता बाट लिइएको हो । उक्त कविता मार्फत भ्रष्टाचार उन्मुलन गर्ने,शिष्ट समाजको निमार्ण गर्न यूवाहरूलाई भद्रकुमारी दिदिले आव्हान गरेकी छिन । तर विडम्वना तिनै भद्रकुमारी घलेलाई आफ्नो सम्पति ट्रस्टमा राखि संस्था दर्ता गर्न लाग्दा घुस खुवाउन परेको सुन्दा हामी जस्ता नवजवानको मन कति कुडियो होला त ? जो कोहिले पनि अनमान लगाउन सक्छन । भद्रकुमारी घलेका प्रकाशित कृति पढने क्रममा यो शिर्षक पढेपछि मेरो मन  पनि एकदमै कँुडियो र वहाँको वारेमा केहि लेख्ने जमर्को गर्दैछु । नेपालमा ,  निति निमार्णको निकाय  देखी लिएर देशका ऐन कानुन एवं समग्र क्षेत्रमा फैलिएको भ्रष्टचार उन्मुलन गर्न नसकेमा भोलिका दिनमा त्यसबाट भद्रकुमारी जस्ता ब्यतिm  मात्र होइन जो कोही  पनि शिकार हन सक्छ । 
भद्रकुमारी  घले यस्तो अनवरत यात्रीको नाम हो जसको शब्दकोषमा थकाई भन्ने शब्द  नै छैन । नेपाली समाजका  सबै जाती वर्गका   समदायका  मानिसको मनमा बस्न सफल घलेका जीवनको महत्पर्ण मोडहरू केबल उनको जीवन दिन दुःखीहरूको सहयोगमै वितेको पाइन्छ । सत्य  र यथार्थका धराताल मा जीवनको परिभाषा  खोज्ने घलेले जीवनलार्ई सुख र दुःखको दोभान मान्दै त्यागमय  सार्वजनिक  भावनाले मात्र जीवनमा सन्तुष्टि  हने बिचार ब्यतm गर्दछिन । भद्रकुमारी घलेका ब्यतिmत्वलार्ई कनै एउटा शब्दले मात्र मापन गर्दा उनीमाथि  अन्याय हन जान्छ । उनलाई  राष्ट्रवादी, मानवतावादी, जीवनवादी, नारीवादी, अध्यामवादीको  रूपमा लिदा पनि अझै कम हन्छ । 
समाजसेवामा  र  नेपाली साहित्यको क्षेत्रमा भद्रकुमारी घलेको योगदान अनुकरण्ीय छ । हमो नेपाली समाजको  परम्परा नै बसिसकेको छ कि ज्युँदामा सम्मान नगर्ने मरेपछि मात्र  सम्मान गर्ने ।  वास्तवमा  राष्ट्रले यस्ताखाले ब्यतित्वहरूलार्ई जिउदैमा सम्मान गर्नु पर्ने हो । यसो गर्न सकेमा मात्र बाचेका अन्य लाई पे्ररणा हुन्थ्यो कि ? भद्रकुमारी घलेको जीवनको अन्तिम इच्छा नै भद्रकुमारी सेवा सदन  मार्फत धेरै दीन दुःखी को  सेवा गर्न हो भन्ने करा उनको सेवा सदनको वार्षिक उत्सवमा बताएकी थिइन । उनी भन्दै थिन व्यक्तिगत रूपमा मलार्ई केही चाहिन मैले मेरो काज किरीया समेत गरी सकेकि छु ।  मात्र मलार्ई भद्रकुमारी घले सेवा सदनलार्ई ब्यवस्थित बनाएर अन्तिम सास लिनु छ  । 
म उनका ति अभिव्यक्ति हरू र उनले समाज सेवामा दिएको अतुलनिय योगदान बाट प्रभावित भए । म पनि भद्रकुमारी घले दिदीको सेवा सदनको लागि लगि आफुले सक्दो सहयोग गर्न चाहन्छु । वास्तवमै भन्नु पर्दा त  समाजसेवाको  अर्को नाम भद कुमारी घले  हो भन्दा अत्युतिm नहोला । आप्mनो जीवनको ८३ आ“ै वसन्त पार गरिसक्दा  पनि समाजसेवामा निरन्तर  लागि रहनु भएका भद्रकुमारी घले बाट नेपाली समाजले धेरै सिक्न पर्नै देखिन्छ । तर, अफसोच तिनै भद्रकुमारी घलेले आफनो व्यक्रिगत सम्पति ट्रस्टलाई दिइ संस्था दर्ता गर्न लाग्दा दुई लाख भन्दा बढि घुस खवाउनु  परेको कुरा  उनको भावबोध  कविता सग्रहको घुस शीर्षकबाट थाहा पाउन सकिन्छ ।  यसरि थाहा पाउदा जो कोहिलाई पनि लाग्न सक्छ कि यो देश साचिकै सतिले सरापेको देश  रहेछ । ‘मैले पनि आज सम्म आफनो लागि बा“चिन कैले पनि केही आजसम्म मैले आप्mनो लागि सोचिन’ यि पंक्तिहरू नेपाली कविता जगतकी स्वनामधन्य कवियात्री सुश्री भद्रकुमारी घलेको ‘सहन्छु म’ नामक कविताका पंतिmहरू हन । वास्तवमा यहाँ भन्नेहरूको केही कमी छैन तर गरेर देखाउनेको कमी छ, सायद  भद्रकुमारी मात्र एउटा त्यस्तो पात्र हुन जसको भनाइ र गराइमा समानता देखेको छु । वास्तवमै भद्रकुमारी घले मात्र समाजसेवामा समर्पित यस्तो पात्र हुन जसले जीवनमा आफना लागि भनेर  केहि सोचिनन ।  आफ्नो सम्र्पुर्ण जीवन दिन दुःखीहरू र समाजसेवामा समपर्ण गरेर पनि अन्तमा आफुसँग बचेको श्री सम्पति सबै सस्थाको नाममा ट्रष्ट खडा गरेर जीवनको विश्राम लिन खोज्दै छिन् । त्यसमा पनि जीवनको अन्तिम समयसम्म पनि केहि गर्छु भन्ने साहशका साथ ।  यस्ता छोरीहरू नेपाली आमाको कोख बाट शयद एक युगमा एक पटक मात्र जन्मलान । 
साच्चिकै आत्मासाथ  गरेर भन्नु पर्दा हामो समाज ब्राम्हणवादमै रुमलिएको छ । केहि वर्ष यता आएर अन्य जाती जनजातीहरूको समाजका केही क्षेत्रमा सहभागिता देखिए तापनि नेपाली समाजको इतिहास ब्राम्हणवादको इतिहासै हो भनेर भन्दा अत्यतिm ह“ुदैन । यस्तो परिस्थितिमा एउटा जनजातिको छोरीले आफनो योग्यता र क्षमताले राष्ट्र र समाजको लागि यति धेरै गर्नु भनेको तारिफ योग्य कुरा हो । भद्रकुमारी दिदी जनजातिबाहेकका अन्य सबै जातीलार्ई उतिकै माया ममता दर्शाउन हन्छ भन्ने कु राको पुष्टि गर्नलाई  वहाको प्रिय पात्र ब्राम्हण जातकी अमगा ढकाल  बाट प्रस्ट हुन्छ । वहार्को  बुढयोैली  गन्थनको’ पहिलो च्याप्टर  अम्विका ढकालबाट के कुरा प्रस्ट हन्छ भने चाहे जुनसकै जातिको  भए तापनि उनी इमानदार र कर्तव्यनिष्ट व्यतिmलार्ई 
माया गछिन् । 
भद्रकुमारी दिदीले जनजातिको वकालत गरेपनि ब्राम्हण जातिलार्ई कहिल्यै हेला गरिनन् भन्ने करा उनका यी शब्दहरूबाट प्रस्ट हुन्छ र्। मैले जनजाति र बाम्हण  मा धेरै धेरै अन्तर पाएकी छु ,  बाम्हण जाति सुसस्कत, तीक्ष्ण बद्घिको र आँ गर्दा अलँकार बुझ्ने हुन्छन् तर हामी जनजातीहरू माटोको मूर्तिजस्तै जति पढेलेखेको भए पनि हामीमा चेतना ढिलो आउने, चन्दन जसरी घिस्दा घिस्दा बल्ल मेहेंदी जस्तो जनजातिमा रङ्गचढने रङ्ग चढेपछि मेटिनै गाहो हन्छ ।  यि पंक्तिहरू भद्रकुमारी दिदीको त्यर्हि बुढयोैली  गन्थन’ बाट लिइएको हो । भद्र दिदीले सबैलार्ई समेटीकी रहिछन, उनी  ब्राम्हण  र जनजातीको ब्यवहार लाई तुलना गर्दै भन्छिन ।  जनजातीहरू नीकै मिहेनती परीश्रमी र इमादार  हुन्छन  तर भोका तिर्खा र नाङ्गाले गर्ने जस्तो काम गर्न आउदैन,  ब्राम्हणका  छोराछोरी इसाराका भरमा हामीले सोचेको भन्दा ज्यादा काम गर्दछन् । यसरी उनले ब्राम्हण र जनजातलिार्ई बझेकी छिन । उनको महानता नै भन्नुपर्दछ कि उनले लेखेका पुस्तकहरूमा जनजातिको वकालात बढि भेटिएता पनि कहि कतैपनि ब्राम्हण क्षेत्रीलार्ई  नराम्रो  भनेर अपमानित गरेर होच्याएर लेखेकी छैनन् । भद्रकुमारी घले दिदीलार्ई जीवनमा धेरैले धेरै करामा धोका दिएका रहेछन तर वहाँ ति झिना मसिना कुराहरूबाट कहिल्यै थाक्नुभएको छैन  ।
भद्रकुमारी नेपाली समाजबाट भ््राष्टचार र कशासन बाट मुतm गर्न चाहान्छिन । त्यसैको लागि राजनीति, चित्रकला , समाजसेवा देखी साहित्यका माध्यमद्वारा अनवरत रूपमा  लागिरहेकी छिन ।  उनका   ती सकरात्मक कदमहरूको स्वागत गदै होस्टेमा हइस्टे गर्नेहरूको खाचो छ । मैले कहिलेकाँहि टेलिभीजन,रेडियो अनि पत्रपत्रिकामा मरणोपरान्त सम्मानका खवरहरू सुन्ने र हेर्ने गरेको छु । त्यस्ता समाचार पढेपछि म मनमनै सोच्न थाल्छु र प्रश्न गर्न थाल्छु । 
हाम्रो यो कस्तो संस्कृति अनि यो कस्तो परम्परा ? ज्यूँदामा सम्मान गर्नुपर्नेमा मरेपछि गर्नुको के अर्थ ? बास्तवमा लडाइमा विरगती प्राप्ती गर्नेबाहेक अन्यलाई यस्तो खालको सम्मान अव्यवहारिक हुन्छ । यथार्थमा भन्ने हो भने विरगति प्राप्त सिपाहीहरू लाई पनि यो त्यति व्यवहारिक हुन सक्दैन किनकी हजारौ सिपाही मध्ये पनि कर्तव्यनिष्ठ र बहादुर सिपाहीको पहिचान गर्नलाई उसको मृत्यु कुरिराख्नु पर्दैन । उनीहरूको कार्यकालमै अर्थात सेवाअवधिमै पनि सम्मान गर्न सकिन्छ खालि इच्छाशक्ति र पारख गर्न सक्ने क्षमताको आवश्यकता मात्र छ । तर के गर्ने नेपालमा हिजोआज यस्तै चलन छ । 
जिउ“दो छ“दा देख्दैनन्, कदर गर्दैनन, सम्मान गर्दैनन, सम्झना गर्दैनन् अनि मरिसकेपछि लासमा फूल चढाउछन्, रुन्छन्, चिच्याउ“छन्, कराउ“छन् अनि सालिक समेत अनावरण गरी सालिकलाई माला लगाइदिन्छन् । यो नै हिजोआजको नेपाली समाजको वास्तविक संस्कृति बन्न पुगेको छ । नेपाली समाजले उनलाई  हाल ज्यूदामा सहयोग र सम्मान नगर्ने अनि मृत्य पश्चात उनको शबमा एक टनको माला चढाए पनि उनको आत्माले भने शान्ती पाउन सक्दैन । तसर्थ ज्युदैमा सम्मान गर्ने परम्पराको थालनी गरौ । यसका लागि मात्र सरकार हैन सम्पूर्ण नागरिक समाज सचेत हुन जरुरी छ ।
- See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=14728&catId=9#sthash.fxATHoRy.dpuf

No comments:

Post a Comment