विमानको पांग्रामा बसेर घन्टौं यात्रा
मिति : २०७१ बैशाख ९, मंगलबार [604 पटक पढिएको]
अन्नपूर्ण |
वासिङटन : अमेरिकामा १६ वर्षीय एक किशोरले विमानको पांग्रामा लुकेर पाँच घन्टाको यात्रा गरेका छन्। हवाइयन एयरलाइन्सका प्रवक्ताका अनुसार कर्मचारीहरूले आइतबार बिहान विमान क्यालिफोर्नियामा अवतरण भएपछि मात्र ती किशोरबारे थाहा पाए।
अमेरिकाको संघीय जाँच एजेन्सी (एफबीआई) ले किशोरसँग यसबारे सोधपुछ गरेको छ। स्वास्थ्य जाँचमा उनको स्वास्थ्य अवस्था स्थिर पाइएको छ। प्राप्त जानकारीअनुसार किशोर घरबाट भागेर सेन्ट जोन्स विमानस्थल पुगेका थिए र उनी झाँडी नाघेर विमानमा चढेका थिए।
एफबीआईका प्रवक्ता टम साइमनले किशोर बाँचेकोमा आश्यर्च प्रकट गरेका छन्। 'यो समय हाम्रो प्राथमिक चिन्ता किशोरको स्वास्थ्यलाई लिएर रहेको छ, जो असाधारण रूपबाट भाग्यले बाँचेका छन्', उनले भने,'विमान माउइको विमानस्थलमा अवतरण हुँदा किशोर कुदेर बाहिर निस्के र विमानस्थललाई नियाल्न थाले।' ती किशोरसँग एक मात्र सामान थियो, त्यो उसको कपालमा झुन्डिएको काइँयो।
यस उडानका क्रममा १२ हजार मिटरको उचाइमा अक्सिजनको भारी कमी र जमाउने चिसोमा पनि ती किशोर जीवितै रहे। एफबीआईका प्रवक्ताका अनुसार किशोर यात्राका क्रममा अधिकांश समय बेहोस थिए। सन् १९४७ देखि अहिलेसम्म पांग्रामा लुकेर यात्रा गर्ने सयौं प्रयास भइसकेको छ। तीमध्ये करिब तीन चौथाइ मानिसको मृत्यु भएको थियो।
No comments:
Post a Comment