Wednesday, April 23, 2014

गृहमन्त्रीको विवादित अभिव्यक्ति

गृहमन्त्रीको विवादित अभिव्यक्ति

  • 'मेरा विरुद्ध किन नारा लगाएको ?'

यसपालीको हैजा गृहमन्त्री लैजा भनिरहेका छन्, स्थानिय विकास मन्त्री लैजा पो भन्नुपर्ने
 
2464
 
 
14
 
 
4
 
 
0
 
 
2488
 


bamedev
काठमाडौं, वैशाख १० - उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले 'फुटपाथ' ब्यवसायीले आफ्ना विरुद्ध गरेको नाराबाजी प्रति रोष प्रकट गर्दै स्थानिय विकास मन्त्रालयको समेत जिम्मेवारीमा रहेका अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहविरुद्ध त्यस्तो नारा लगाउन सुझाव दिएका छन् ।
'मानिस हिड्का लागि करौडौको लगानीमा निर्माण भएको सडक पेटि कब्जा गर्न पाउनुपर्छ भन्नेहरुले यसपालिको हैजा गृहमन्त्री लैजा भन्ने नारा लगाइरहेका छन्,' राज्यब्वस्था समितिको बैठकमा उनले भने- 'मेरा विरुद्ध किन नारा लगाएको ? यो त स्थानिय विकास मन्त्रालयको कार्यक्षेत्रमा पर्छ । यसपालिको हैजा स्थानिय विकास मन्त्री लैजा पो भन्नुपर्ने ।'
गृहमन्त्री गौतमले 'असंसदीय' भाषा प्रयोग गरेकोमा आपत्ति जनाउँदै कांग्रेस सांसद अर्जुन जोसीले त्यसलाई रेकर्डबाट हटाउन माग गरेका थिए । 'लैजानुपर्ने भए गृहमन्त्री आफैले लैजानु पर्यो, कानुन कार्यान्वयन गर्ने गृहमन्त्री हो,' उनले भने- 'अर्को मन्त्रीलाई हैजाले लैजा भन्नु अमर्यादित र असंसदीय हो । यसले संसदको गरिमा माथि आच पुर्याएको छ ।'
सांसद जोसीको आपत्तिपछिको प्रष्टिकरणमा पनि मन्त्री गौतमले उस्तै अभिब्यक्ति दोहोर्‍याए । 'मैले लैजा भन्या होइन, उतै लाग्नुपर्ने नारा मतिर किन लाग्या ?' बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य चित्रबहादुर केसीले भने त्यसलाई हटाउने/नहटाउने विषयमा दोहोरो अर्थ लाग्ने अभिब्यक्ति दिए । 'संसदीय मर्यादाका विषयमा बरिष्ठ मन्त्रीहरुलाई हामीले सिकाइरहनु पर्दैन,' बैठकको समापनमा उनले भने- 'त्यस्तो केही आपत्तिजनक भए सचिवालयले रेकर्डबाट हटाउँछ ।' संसदको नियमावले बैठकमा प्रयुक्त अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन आदेश दिने अधिकार सभापतिलाई दिएको छ ।  
बैठकमा गृहमन्त्री गौतमले शान्ति सुरक्षाको अवस्था पहिले भन्दा सुदृढ भएको दावी गरेका थिए । 'राजधानी र सदरमुकामहरुको अवस्था सुधि्रएको छ,' उनले भने- 'अपराधीहरु डराएर भागेका छन् । तीनलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन र दण्डहिनताको अवस्था अन्त्यका लागि सरकार दृढ छ ।' 

प्रकाशित मिति: २०७१ वैशाख १० ०९:००
- See more at: http://www.ekantipur.com/np/2071/1/10/full-story/388041.html#sthash.rV6Hz2fV.hCNAx8Jb.dpuf

No comments:

Post a Comment