Tuesday, April 15, 2014

हत्या आरोपीको रिहाईको माग गर्दै एमाओवादीले देशभर प्रदर्शन गर्ने

हत्या आरोपीको रिहाईको माग गर्दै एमाओवादीले देशभर प्रदर्शन गर्ने

  • राष्ट्रिय सम्मेलनमा विराटनगरमा



Maoist building copy.jpg
काठमाडौ, वैशाख २ - सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि एमाओवादी आन्दोलित बनेको छ । आज बिहान बसेका पार्टीको पदाधिकारी वैठकले मुद्दा लगाइएकाहरुको रिहाईको माग गर्दै प्रदर्शन र कोणसभा गर्ने निर्णय गरेको हो ।
वैठकले मुद्दा लगाइएको विरोधमा आज चितवनमा कोणसभा गर्ने, भोलि बुधबार गोरखामा प्रदर्शन र कोणसभा गर्ने निर्णय गरेको हो । पार्टीले पर्सी बिहीबार देशभर विरोध प्रदर्शनसहित कोणसभा गर्ने जनाएको छ ।
एमाओवादीले फुजेल काण्ड द्वन्द्वकालमा भएको भन्दै घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनेपछि अनुसन्धान गर्नुपर्ने तर्क गरेको छ । एमाओवादीले पक्राऊ परेकालाई रिहाई नगरेसम्म तीन दलको वैठकमा समेत नबस्ने जनाइसेकेको छ ।
चितवन प्रहरीले आइतबार घटनामा संलग्न भएको भन्दै १३ जनाविरुद्ध सर्वस्वसहित जन्मकैदको माग राख्दै अभियोगपत्र दर्ता गरेको छ । कृष्णका वुवा नन्दप्रसादले दिएको किटानी जाहेरीको आधारमा ११ सहित जानुका पौडेल र रुद्र आचार्यविरुद्ध अभियोेग पत्र दायर गरिएको हो ।
उनीहरुविरुद्ध मुलुकी ऐन ज्यान सम्बन्धी महलको दफा १२ को उपदफा १ अनुसार सर्वस्वसहित जन्मकैदको सजाय माग गरिएको हो । प्रहरी हिरासतमा रहेका छविलाल पौडेल र भीमसेन भनिने भीष्मराज पौडेललाई मुद्दा चलाइएको छ । आज दुवैको बयान हुँदैछ ।
२०६१ सालमा एसएलसी परीक्षा सकेर चितवन आएको बेलामा अधिकारीको गोली हानी हत्या भएको थियो । प्रहरीले आरोपी १३ मध्ये चार जनालाई पक्राऊ गरेपछि दुई जना भने छुटिसकेका छन् ।
पार्टीको वैठकले जेठ १८ देखि हुने राष्ट्रिय सम्मेलनमा बिराटनगरमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको संगठन बिभागको बैठकले केन्द्रीय कार्यालयलाई बिराटनगरमा सम्मेलन गर्न प्रस्ताव गरेको थियो । आज बिहानको बैठकले बिभागको सिफारिसअनुसार निर्णय गरेको हो । 
..............................................
यो पनि पढ्नुहोस्,
- See more at: http://www.ekantipur.com/np/2071/1/2/full-story/387548.html#sthash.ayw2xzYV.dpuf

No comments:

Post a Comment