पुस्तकसँग मित्रता
Saturday, 24 August 2013 01:07:22
New 0 0 0 0
New 0 0 0 0
हिमाल थापा (अनुभूति)
मनहरू कति तीता हुन्छन्, कति मीठा । जतिसुकै मीठा किन नहुन् वा दुःखित् नै तिनीहरू कलमबाट ओकल्न कत्ति गाह्रो हुन्छ । मनका उकुसमुकुस तरल अनुभूतिलाई ठोस शब्दमा व्यक्त गर्नु कत्ति अप्ठ्यारो कुरा । मनमा पनि कति भावना असरल्ल छरिएका छन्, जसरी बन्द कलमभित्रको मसीका कणहरू जो मनभित्रै ओहोरदोहोर गर्न बाध्य छन् । त्यसैले मसँग जिन्दगीका तरल उकाली–ओरालीको एक अव्यक्त पोको छ । भावना मनभित्रै गाँठो परेका छन् । कहिले त भ्रम हुन्छ भावनाहरू एक ढिक्का हुन्छन् ? अझ ठोस हुन्छन् ? हो, त्यही भ्रम मेटाउन कलमरूपी मन छिटोछिटो रगड्न चाहन्छु, कसैलाई सुनाउन चाहन्छु, ता कि मेरा भावना शान्तरूपमा पर–परसम्म यात्रा गरुन् र समतल सतहमा आफ्ना स्वरूप कायम गरुन् ।
म कलाकार होइन आफ्ना भावभङ्गी र अभिनयद्वारा भावना पोख्न । र, म साहित्यकार पनि होइन, कि म यौटा कविता लेखुँ र दुनियाँसामु पस्कन सकुँ वा अन्य कुनै साहित्यिक विधामा कलम चलाउँ । यो कस्तो पीडा ! यो कस्तो बाध्यता । म कहाँ पोखिउँ एक शान्त गतिमा ? विष्फोट हुनुपूर्व नै । मेरा भावना आयतन लिन चाहन्छन् । म अब यही मनमा अरु अनुभूति अटाउन सक्दिनँ । त्यसैले म ठाउँ खोज्दैछु ।
धेरै शब्दहरू पढेको छु जसलाई लेखकहरू शब्द–सूत्रमा तिनीहरूको विशेष स्वरूपमा पाठकसमक्ष पस्किन्छन् । पुस्तकका प्रत्येक शब्दमा लेखक आफ्नो अनुभूति, भावना र कल्पनशीलतालाई पाठकमाझ पस्कन्छन् । सायद त्यसपछि उनीहरू केही हलुका महसुस गर्छन् । तर म ! म त उनीहरूका समेत अनुभवले आफूलाई पूर्ण पारिरहेछु । किनकी जीवन कहाँ त्यत्तिका अनुभवहरू सँगाल्न लामो छ र ? सायद त्यसैले होला देवकोटाले किताबलाई संसार चिहाउने आँखिझ्यालको संज्ञा दिएका ।
म त्यस्ता पुस्तक विषेश ध्यान दिएर पढ्ने गर्दछु, जसले मेरो मनका पोकासँग साइनो लगाउन सक्छन् । कत्ति त आफ्नै जीवनका भोगाइसँग मिल्दाजुल्दा पात्र अनि परिवेश वर्णित किताब छन् । जस्तै कर्णाली ब्लुजले मेरो बाल्यकालको झ–झल्को दिन्छ । सुकरातको पाइलाको अनन्तले आफ्नो विगत सम्झेर आगतका लागि सोच्न पर्ने समय, अझ त्यसमा पनि आफ्नो अहिलेको उच्च शिक्षातर्फको भागदौडसँग मितेरी गाँस्छ । कहिले त हरिभक्तलेझैँ आफ्नो जिन्दगीलाई फुटिरहने साइकलको ट्युबसँग तुलना गर्न मन लाग्छ । र, अन्य पनि धेरै स्रष्टाका कृतिमा आफूलाई पाएको छु । अर्कातर्फ भने आफ्नो समाजमा भइरहने घटनासँग मिल्ने सन्दर्भका पुस्तक पनि प्रशस्तै पाइन्छन् । बसाईँका बैदार बुढा र धनजीते जस्ता पात्र नेपाली ग्रामीण समाजमा सहजै भेट्न सकिन्छ । बाँच्ने एउटा जिन्दगीमा जस्तै आफ्नो विगत बिर्सिने छोराहरू समाजमा छरिएकै छन्, जो आफूलाई ‘बाईप्रोडक्ट’ सम्झन्छन् । अनि सम्मानान्तर आकाशकी सुस्मिता हाम्रो नेपाली समाजकी एक प्रतिनिधि पात्रमात्र हुन्, जो पितृसत्तात्मक समाजको उत्पीडनमा आफ्नो भाग्यलाई दोष दिन बाध्य छन् । जवाहरलालको छोरीलाई चिठ्ठी पढेर हामीले पृथ्वीको उत्पत्तिदेखिका घटनाक्रम बुझ्न सकिन्छ । अरु धेरै पुस्तक छन्, जसमा हामी आफ्नै परिवेशलाई धेरै नजिकबाट चिहाउन सक्छौँ । यो निश्चित छ कि किताबहरूले त आफ्नो मनका गाँठाहरू फुकाउन धेरै मद्दत गर्दा रहेछन् । किनकी यी आँखिझ्यालले त हामीलाई भाव र भोगाई पोख्ने अनगिन्ति उपायको दर्शन दिँदा रहेछन् ।
सोचेँ, बढी भन्दा बढी पुस्तकको अध्ययन आवश्यक छ । किन मेरा मनका कुराले विषेश आयतन लिँदैनन् ? यिनीहरू त सधैँ आवारा बादलका टुक्राजस्ता छरपस्ट छन् । जति सक्यो बढी किताब पढ्ने निर्णयसहित मैले लीलबहादुर क्षेत्रीको उपन्यास बसाईँबाट आफ्नो नटुंगिने यात्रा आरम्भ गरेँ । हुन त यो उपन्यास स्कुले विद्यार्थी छँदै पढेको थिएँ । फेरि दोहो¥याएँ । एक बसाइमा पढेर पनि सकियो । आफ्नो परिवेश सजीव भएर आयो । पढ्दाखेरि शब्दहरू सजीव हुन्छन् र कथावस्तु सचित्र मनका आँखामा नाँच्न थाल्छन् । सामान्यतया यस्तो तब हुन्छ, जब पाठकको भोगाइ र शब्दचित्रको तालमेल हुन्छ । त्यसपछि यात्रा जारी राख्ने क्रममा नेपाली साहित्याकाशका चम्किरहने केही ताराका कृतिहरू नजिकबाट चिहाउने प्रयास गरेँ । यिनीहरूमध्ये महाभारतलाई आफ्नो लेखनको आधार मान्ने सरुभक्तका कृति बढी पढेँ ।
अब केही आशा पलायो । यिनीहरू जस्तै पोखिन्छु, अठोट गरेँ । आजसम्म मैले ममाथि जबर्जस्ती नहुन्जेल कलम लिएकै छैन । विद्यार्थी हुनुका नाताले परीक्षामा पास हुने हैसियतका निबन्ध लेख्ने अवसरबाट अछुतो पनि रहन सकेको छैन । आरम्भ गरेँ, कविताबाट । एउटा कविता कोरेँ प्रियसीलाई सम्बोधन गर्दै । कविता प्रियसीलाई सुनाएपश्चात् आफूलाई केही हलुका महसुस भए झैँ भयो । सायद उनीले बुझिन् कि मेरो जिन्दगीमा बिहानी र साँझ हुनुको एउटै कारण छ, मेरी प्रियसी । म उनकै प्रेममा कविताभरि निदाएँ र व्युँझिएर सपना पूरा गर्न तल्लीन हुने अठोट गरेँ । वाह् ! यति थोरै शब्दमा प्रियसीले मेरो उनीप्रतिको पे्रमको गहिराई अनुभव गरिन् रे । अब भए न त कमाल ! निश्चय गरेँ, अब मन हलुका पार्नुपर्छ । बोझ बोक्न सकिँदैन । किताब पढ्ने यात्रामा विश्राम लिएको छैन । अन्य लेखकसँग पनि उनीहरूका पुस्तकको माध्यमबाट बातचित गर्ने काम भइरहेकै छ । केही देशी लेखकहरूसँग पनि साइनो लगाइयो, उनीहरूका पुस्तक पढेर ।
मनमनै सोचेँ, ‘हाम्रो देशका युवायुवती आफ्ना मनका कुरा पोख्न त्यति सफल छैनन् । उनीहरू पनि म जस्तै कुण्ठाका शिकार छन् ।’ त्यसमा पनि अझ म जस्ता विद्यार्थी, जो दूरदराजबाट उच्चशिक्षासँगै दुई छाकका लागि यो अस्तव्यस्त राजधानीे सहरमा संघर्ष गरिरेका छन् । कोही आफ्ना आफन्तसँग बस्छन्, कोही आफूमात्र । तर, यहाँ कसैको आडमा बस्नुले केही फरक पार्दैन । काठमाडौंमा जन्म भएको मात्र सात वर्ष भयो । यो अवधिमा मैले आफ्नो दाईसँग साप्ताहिक बिदाका दिन भेट्ने गरेको छु । सबैजस्तै म पनि वर्षको एक पटक आफ्नो घर जाने गर्छु । वडादशैँका अवसर पारेर । त्यो क्षण बहुत सुखी हुन्छु । आमाबुबासँगको सामीप्यले वर्षौँका पीडा भुलाउने गर्छ । यस्तो अवसर बारम्बार आइराखोस् जस्तो लाग्दछ । तर खुसी चाँडै सकिन्छ ।
फेरि उही व्यस्तता, एक्लोपन र बाध्यताले भरिएको सानो कोठमा आफूलाई अटाउन विवश छु । एक्लोपन हटाउन कहिले पशुपति पुग्छु त कहिले रत्नपार्क । कहिले सडकेका जादु हेर्छु र फेरि उनै पुस्तकसँग वार्ता गर्छु । सस्वर पुस्तक वाचनले आफ्ना मनका तरेली ओकले जस्तो महसुस हुन्छ । सहर त गाउँ भन्दा भिन्न छ । यो सहरका सडक दिनरात सजीव छन् । यहाँ सबै व्यस्त छन् । यहाँ चौतारी देख्दिनँ । जहाँ बसेर विचार आदानप्रदान गर्न सकियोस् । अपरिचितसँग पनि बोल्न पाइयोस् । तर यहाँ यस्तो कुरा गर्नु हाँस्यास्पद हुन जान्छ ।
त्यसैले हिलोबाट कमल फुलाउने प्रयास गर्नु हामीजस्ता युवा मन र मष्तिस्कको कर्तव्य हुन जान्छ । तर यस्ता खुम्चिएका मन यदि सूत्रात्मक रूपमा पोखिएनन् भने यिनीहरूको परिणाम भयावह हुने प्रायःनिश्चित हुन्छ । आजका युवा मन र मष्तिस्कले कर्तव्यबाट विमुख भएको अनुभव जो कसैले पनि गर्न सक्छन् । गलत साथीको संगत एउटा यस्तो खतरनाक मोड हो, जसले जो कोहीलाई आफ्नो कर्तव्यबाट च्युत गर्दछ । र, यो कुराले देशका विभिन्न भूभागबाट अध्ययन तथा रोजगारीको सिलसिलामा उपत्यका भित्रिने युवायुवतीलाई बढी प्रभाव पार्ने गरेको सत्यलाई नकार्न सकिँदैन । त्यसैले पुस्तक त्यसमा पनि असल पुस्तकको संगतमा नै हाम्रो भविष्य फुल्नेछ, मौलाउने छ । कला, सहित्य, इतिहास, भूगोल, विज्ञान तथा आविष्कार, व्यवस्थापन विषयक पुस्तकसँग तादाम्यता मिलाउन सके हाम्रो ज्ञानको क्षितिज अझ फराकिलो हुनेछ । आजको युगलाई सूचना र प्रविधिको युग भनिन्छ । प्रविधिको उचित प्रयोग गर्न नसक्नु त खराब साथीको संगत जस्तै हो । त्यसैले घण्टौँ फेसबुक, च्याट, मोबाइल लगायत भर्चुअल सोसाइटीमा आफ्नो मन बहलाउनु भन्दा त सानो बन्द कोठाभित्र पुस्तकसँग मित्रता गर्नु बुद्धिमानी हुन्छ । त्यसैले पुस्तक मेरो साथी ।

No comments:
Post a Comment